सारा जीवित-उद्भिददेखि लिएर वस्तुहरू परमाणुभन्दा पनि सूक्ष्म स्तरमा ऊर्जाका स्वरूपहरू मात्र हुन् । ती स्वरूपहरूलाई ‘मौलिक स्वरूप’ मान्न सकिन्छ । त्यो मौलिक स्वरूपभित्र एउटा अद्भुत एकरूपता हुन्छ । प्रत्येक वस्तुका सूक्ष्म परमाणु तत्त्वहरूमाझमा एउटा विशेष प्रकारको परस्पर सम्बन्ध हुन्छ । त्यस्तो सूक्ष्म परमाणुको ऊर्जा प्रत्येक सजीव\निर्जीव वस्तुबाट निस्कन सक्छ । हामी अवस्थित जगतदेखि (हाम्रो जगतलाई केन्द्र मानेर) चारैतिर फैलिएका ब्रह्माण्डहरूको एउटा अनन्त विशाल सञ्जाल छ । यसरी सूक्ष्म परमाणुहरूभन्दा सूक्ष्म स्तरमा हाम्रा सम्बन्धहरू सिमानाहीन (कल्पनातित) छन् ।
एउटा सानो किरादेखि लिएर सूक्ष्म जीवाणुसम्म (भाइरससम्म) अनि एउटा मानिसको जीवनदेखि लिएर ब्रह्माण्डसम्म एउटा अदृश्य सम्बन्ध हुन्छ । यहाँ ‘अदृश्य’ भन्नले के बुझिन्छ भने कि हाम्रा चक्षु र अरू ज्ञानेन्द्रियहरूले तिनीहरूलाई प्रत्यक्ष बोध गर्न सक्दैनन् । मानिसका बाहिरी संसार बुझ्ने र जान्ने इन्द्रियहरू सीमित छन् । तर मानिसले विज्ञान र टेक्नोलोजीको सहायताले संसार र ब्रह्माण्ड बुझ्नलाई निरन्तर कोसिस गरिरहेका छन् । हामीले जल चक्र, प्राणी अनि वनस्पतिको प्रजनन चक्र, पुनर्जन्म चक्र अनि पृथ्वीको परिक्रमा साथै ब्रह्माण्डको फैलावटदेखि ब्ल्याक होलको कथनलाई हेर्यौँ भने त्यो अदृश्य अनि अनन्त विशाल सञ्जालको कल्पनालाई बुझ्दछौँ । वर्तमान मानव जगत मानवद्वारा मात्र होइन ।
समयको अनन्तभित्र हामी वर्तमान मात्रै होइनौँ । हाम्रो वर्तमानको सम्बन्ध भूत र भविष्यसित पनि छ । त्यसैले मानव जीवन जगतलाई भौतिक, मनोवैज्ञानिक, वैज्ञानिक अनि आध्यात्मिक व्याख्याहरूले मात्र पुग्दैनन् । यसलाई दर्शन, इतिहास, संस्कृति, खेल, कला, साहित्य, संगीत, मिथक, लोक\विश्वास आदिको पनि आवश्यक पर्दछ । यी कुराहरू हाम्रा आनुवंशिक विशेषताहरूमा अङ्कित हुन्छन् । यस सन्दर्भको आधारमा जीवन दुवै ‘माइक्रो’ अनि ‘म्याक्रो’ स्तरमा सापेक्षिक छ भन्न सकिन्छ । यस विशाल सञ्जालभित्र ऊर्जाको स्तरमा सम्बन्ध हुन्छ । यही विशाल सञ्जालभित्र एउटा अनन्त विशाल एकरूपताको स्वरूप हुन्छ । उदाहरणको रूपमा वनस्पति अनि जैविक घडीहरूलाई लिन सकिन्छ । जसरी हामीसित समय नाप्ने भित्ते घडी अनि हाते घडीहरू (अथवा वस्तु घडीहरू) हुन्छन् त्यसरी नै हामी प्रत्येकको शरीरका अङ्ग अनि इन्द्रियहरूका आफ्नै प्रकारका मौलिक घडीहरू हुन्छन्, फेरि त्यसरी नै प्रत्येक इन्द्रियका कोशाणुहरूमा एक|एकवटा घडीहरू हुन्छन् । तर यी भिन्न-भिन्न प्रकारका घडीहरूले एकअर्कासित समक्रमण (सिन्क्रोनाइज) गरेर एउटा एकरूपताको निर्माण गरिरहेका हुन्छन् । शरीरका कुनै पनि कोशाणुलाई (जीवकोषलाई) क्षति पुराएमा त्यसले त्यो एउटा विशेष इन्द्रियको मात्र नभएर पूरा शरीरका घडीहरूको एकरूपतालाई परिमाणअनुसार (म्याक्निट्यूडको हिसाबले) असर गर्दछ । यसरी प्रत्येक जीवित वस्तु त्यो अनन्त विशाल घडीसित जोडिएको हुन्छ । त्यति मात्र होइन, प्रत्येक चेत(अचेत वस्तु त्यो अति सूक्ष्म तत्त्वको ऊर्जा स्तरमा एकअर्कासित जोडिएको हुन्छ । हामीले आफ्नो मस्तिष्कको सहायताले त्यस्तो मौलिक ऊर्जालाई शरीरबाट निकालेर कुनै पनि वस्तुमाथि चाहिँदो प्रभाव (असर) बनाउन सक्छौँ । त्यस्ता सम्भवनाहरूका पुष्टि विज्ञान र आध्यात्मिकवाद दुवैले गरिरहेका छन् । यही अनन्त विशाल चेतनाबाट ईश्वरको परिकल्पना गर्न सकिन्छ । त्यो कसरी भन्दा, ती अनन्त विशाल समय र स्पेसभित्रको सञ्जाल अनि एकरूपताभन्दामाथि एउटा यस्तो ऊर्जा(स्रोत छ जसको कल्पना मात्र गर्न सकिन्छ ।
हामी यहाँ किन र कसरी छौँ रु भन्ने प्रश्नले हामीलाई हाम्रो स्रोतको खोज गर्न कर लगाउँछ । हाम्रो सृष्टि कसरी भयो रु अनि हामी कसरी कुनै कुराको सिर्जना गर्दछौँ रु भन्ने प्रश्नहरूका उत्तरहरू विज्ञानले खोज गरिरहेका छन् । जीवनसित सम्बन्धित अन्य बौद्धिक विषयहरू पनि अप्रत्यक्ष रूपमा ती प्रश्नहरूका पछि लागिरहेका हुन्छन् । क्वान्टम फिजिक्समा जस्तो कुनै सृष्टि, सिर्जना अनि कलाको वर्णन फलाङ्गीय, अनिर्धारित अनि आकस्मिक हुन्छ । कुनै सिर्जनालाई कुनै पनि सिद्धान्तबाट हेर्न र विश्लेषण गर्न सकिन्छ तर सिर्जनाले कहिले पनि निश्चित रूपमा नियमलाई अवलम्बन गर्दैन । कला अनि साहित्यले सीधा प्रकारले कहिले भन्दैनन् त्यसैले त्यहाँ एउटा मौलिक अर्थ लुकेको हुन्छ । त्यो अर्थको गर्भचाहिँ स्वतन्त्र हुन्छ । त्यसको प्रक्रिया यस्तै हुन्छ भनेर निर्धारण गर्न मिल्दैन । यस्तै अदृश्य, अनिश्चित, अनिर्धारित अनि आकस्मिकताभित्र मानिसको जीवन सापेक्षिक हुन्छ । यही सापेक्षिकताको कारणले गर्दा प्रत्येक सजीव(निर्जीव वस्तुदेखि लिएर ग्रह, नक्षत्र अनि बह्माण्डसमेत त्यो एउटा अनन्त विशाल एकरूपताको भागेदारी बन्न पुगिरहेको हुन्छ ।
हामीले हाम्रो ब्रह्माण्डको मात्र पाँच प्रतिशत अध्ययन गर्न सकिरहेका छौँ । अझै पनि वैज्ञानिकहरूले मानिसको चेतना केले बनिएको छ भन्न सकिरहेका छैनन् साथै वस्तु(आफै(आफमा के हो भन्न सकिरहेका छैनन् । मानिसका चेतना अनि वस्तु माझको फाटोलाई मेटाएर एउटै बनाउन सकिरहेका छैनन् । त्यसैले मानिसका जीवन, जगत अनि ब्रह्माण्ड सापेक्षिक छन् साथै तिनीहरू त्यो अनन्त विशाल एकरूपताको स्वरूपका अंशहरू हुन् भन्नु आफैँमा एउटा सैद्धान्तिक व्याख्या (स्पष्टीकरण) पनि हो । हामीले प्रत्यक्ष बोध गर्न नसकेका वस्तुहरूको यथार्थको व्याख्या गर्नु पनि हो । यसरी अबोधगम्य वस्तु, संसार, ब्रह्माण्डका वर्णन र व्याख्या गर्दा भ्रम सिर्जना भइरहेको हुन्छ । जति पनि यथार्थका कुराहरू गरिन्छ ती सबै मानव यथार्थका कुराहरू हुन्, तर हामीदेखि बाहिरका अन्य प्राणी, वनस्पति अनि वस्तुहरू (साथै एलियनहरू) आफैको निम्ति यथार्थ के कस्तो हुन्छ त्यो भन्न सकिँदैन । अन्त्यमा के भन्न चाहन्छु भने कुनै पनि एउटा थ्योओरी अन्तिम थ्योओरी हुन सक्दैन तर हामीलाई मानव जीवन, संसार र ब्रह्माण्ड बुझ्नलाई थ्योओरीहरू चाहिन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।