(यो आलेख मेरो बन्दुक साहित्यको बारेमा होइन । तर मैले कमाण्ड सम्हालेको अफगानिस्तानको भूमिमा भएकाे युद्धका विषयमा भने हो । साहित्यपोस्टमा नियमित स्तम्भ लेख्ने योजना बन्नुअघि नै यो लेखका विषयमा अनुसन्धान गरेर ड्राफ्ट गरिसकेको थिएँ । लेखिसकेको यो कुरालाई अन्यतिर दिनुभन्दा यही आलेखबाट आफ्नो स्तम्भ सुरु गरौँ कि भन्ने लागेर आजको दिनमा यो लेख पस्केको छु । यसपछि भने म सिलसिलेबाररुमपा ब्रिटिस गाेर्खाले बाेकेकाे बन्दुक र याेसँगै जाेडिएकाे साहित्यको बारेमा लेख्दै जानेछु । यसमा मेरा व्यक्तिगत संस्मरण त अाउने नै छन्, साथमा संसारभर बन्दुक र साहित्यका कुरा पनि पस्कदैँ जानेछु ।  अहिलेलाई स्वीकार गर्नुहोस्, अफगानिस्तानको दुर्दान्त इतिहास र आजको अवस्था । इतिहासका कुरा भएका कारणले यसमा सबैको रुचि नहुन सक्छ तर मानव इतिहासमा हुने युद्धको सानो नजर भने यसले दिनेछ भन्ने विश्वास लिएको छु– केदार )

म जहाँ उभिएको छु, त्यहाँबाट म देख्न सक्छु, यो देश युद्धले जर्जर मैसकेको छ । अफगानिस्तान एसियाकै मुटु अनि हिन्दुकुश पर्वतमालाको काखका अवस्थित एउटा भूपरिवेष्टित देश हो । यो देशको सिमानालाई जम्मा छ वटा राष्ट्रहरुले छोएका छन् । ती हुन् पाकिस्तान, चाइना इरान, ताजिकिस्तान उज्बेकिस्तान र तुर्किस्तान भने काबुल यस्को राजधानी हो । अफगानलाई सार्कको आठौं सदस्य राष्ट्रको रुपमा पनि चिनिन्छ ।

यो देशको इतिहासलाई हेर्ने हो भने छैठौ शताब्दी देखिनै यो देशमाथी बाह्य राष्ट्रहरुले आक्रमण गरेको पाइन्छ । हाल यो देशमा नेटो राष्ट्रहरुका हजारौ सैनिकहरू तैनाथमा छन् । तालीवान तथा अलकाइदाका उग्रवादीहरूको उपस्थितीलाई विनाश गर्दै यो देशमा विकासका पूर्वाधारहरुकालागी करोडौँको धनरासी खर्च भैरहेको छ । स्मरण रहोस यो भन्दा अगाडि तत्कालिन सोभियत संघले सन् १९७९ डिसेम्बर २४ देखि सन् १९८९ फेब्रुअरी १४ सम्मका नौ वर्ष त्रीपन्न दिनसम्म लडाई लडिसकेको थियो । यो समयमा चारलाख भन्दा बढि मानिसहरू मारिएका थिए । धनको क्षति अकल्पनीय भएको थियो । विन लादेन यो समयमा कट्टर जिहाद समर्थक भएर रसिया उपर लडेका थिए । मे १९९८ मा जिहादका नेता जावाहिरि र अल–काएदाका लिडर विनलाडेन एउटै सँगठनमा गाभिएको कुरा यिनीहरुले एक प्रेस विज्ञप्ती गरी सार्वजनिक गरे । फलस्वरुपः यो देश भने पूनः शीत यूद्धतिर होमिन पुग्यो । सन १९९६ अर्थात, केहि वर्षमानै तालीवान लडाकुहरुको सक्रियताले काबुल लगाएत अफगानिस्तानको अन्य प्रमुख प्रान्तहरूपनि अस्त व्यस्त हुन पुग्यो ।
जव १९८९ मा रसिया गएपछि १९८९–१९९४ सम्म यहाँका प्रान्तीय शासकहरूको लडाई शूरु भयो । त्यसपछि १९९६–२००१ मा मुजाहिद्विन पछि तालीवान लडाकुहरूले अफगान आफ्नो कब्जामा लिने अभियान चलाए । तालीवानले ९ सेप्टेम्वर २००१ मा महमद साँ मासोदको हत्या गर्यो । त्यसैगरी ११ सेप्टेम्वर २००१ अमेरीकाको टूइनटावरको बिध्वङ्सकारी घटनाको जिम्मेवार अल–काएदाको मास्टर माइण्ड लिडर विनलादेनले लिए । उक्त घटनामा जम्मा तीनहजारको ज्यान गएको थियो । त्यो भन्दा अगाडि अल–काएदाले ७ अगस्ट १९९८ मा केनियाको राजधानी नाइरोवीमा अमेरिकी राजदुतावासमा एक बम हमलाको कारवाहीमा २१३ मारिए भने हजारौँ घाइते हुनको साथै १५० जना सिसाको धुलोले नेत्र विहिन बन्न पुगे । त्यसको लगतै ९ मिनेट पश्चात तान्जेनियाको अमेरिकी राजदुतावासमा पनि हमला भयो जहाँ ११ जना मारिनुको साथै ८५ जना घाइते भएका थिए । यो श्रृखला बद्ध आँतङ्क हेरेर अमेरिका चुपचाप बस्न सकेन । विनलादेनको खोजी धुइधुइती हुन थाल्यो ।

केदार सङ्केत

अमेरिकाको बुश सरकारले आतंङ्ककारिहरुको चलखेल गर्ने प्रायः आगानिस्ताका सबै अखडाहरुमा सैनिक कारवाही गर्ने घोषणा ह्वाइटहाउसको क्याविनेटबाट सर्वसम्मतीमा पारित भयो । तदनूरुप त्यो घटनाभएको एक महिना बित्न नपाउदै ७ अक्टोवर २००१ मा बाह्य देशका स्थल सेनाहरुको पनि यो देशमा भकाभक प्रवेश हुन थाल्यो । जस्मा अमेरिका, बेलायत, अस्ट्रेलिया र अफगानको युनाइटेड फ्रन्ट मिलेर “अपरेशन इन्डुरिङ् फ्रिडम” नामकको सैनिकी कारवाही गर्न थाल्यो तालीवानको मुख्य अखडाहरुमा ।
त्यो बेलाको अमेरीकी अर्थात बेलायतको मूख्य मिसन भनेको तालीवानहरुले प्रयोग गरेका ट्रेर्नीङ क्याम्प अर्थात उनीहरुको पकडमा भएका सबै भू–भागमा कब्जा जमाउनु थियो जस्मा धेरैजसो पाकिस्तानको भू–भाग पनि पर्दथ्यो, तर यो सैनिक कारवाही सोचे जस्तो सजिलो भने थिएन । २ मे २०११ मा विनलादेनको हत्या भएयता पछि पनि आज सम्म हजारौँको ज्यान गैसकेको छ ।

लडाई सुरुगरेको एक हप्तामा नै तालीवानको मुख्य पकड भएका ठाँउहरू काबुल लगाएत अन्य भागहरुमा अमेरिकी तथा बेलायतको स्पेशल फोर्स र हवाई कारवाहीबाट तालीवानहरुले ठूलो क्षती खेप्नु पर्याे । उक्त कारबाही बाट बाँचेका प्रायः सबै तालीवानका मुख्य लिडरहरू पाकिस्तानतिर भागेको अमेरिकीहरूले दावी गरे ।

यता राजधानी कावुलमा भने हामिद कार्जाइको अघुवाइमा अफगानको इस्लामीक गणतन्त्र पार्टीबाट कामचलाउ सरकारको स्थापना गरियो । उक्त सरकार नै अफगानीस्ताका जनताबाट २००४ सालको प्रजातान्त्रीक चुवाउबाट चुनिएका थिए । ७ अक्टोवर २००१ मा बाह्य सेनाको प्रवेश भएतापनि इसाफ अर्थात The International Security Assistance Forceयोद्धाहरुको समूह डिसेम्बर २००१ सालमा स्थापना भयो । तर नाटो अर्थात The International Security Assistance Force ले भने २००३ सालमा मात्र आफ्नो अधिनमा लियोे । जस्मा अहिले सम्ममा जम्मा ४२ वटा राष्ट्रहरूको सहभागिता रहेको देखिन्छ । अफगानिस्तानमा नाटोको उपस्थिति भएपछि तालेवान लगायत विभिन्न आतंकवादीको सहभागीता झन बढेकोे देखिन्छ । जसमध्ये हाक्वीनी नेटवर्क पनि एक हो । यो लडाई अमेरीकाको १६ वर्षे भियतनाम सँगको लडाई पछिको अर्काे दोश्रो लामो लडाई हो ।

यो देशमा विदेशीहरूको कालन्तर देखी पाइला टेक्नुमा मुख्यत खनिज पदार्थकै पछि दौडनु हो भन्दा कुनै फरक नपर्ला । यहाँ विश्वमै नपाईने महङ्गा प्रकृतिक खनिज पदार्थहरूपाइन्छन् । यहाँ मूख्यत ग्याँस, पेट्रोल, सुन, चाँदी, तामा, कोइला, र विशेष गरी महँङ्गा महँङ्गा ढुङ्गाहरू मानिन्छन् । नेपाल सरकारले पानीको सदुपयोग गर्न नसक्नु जस्तै यहाँको सरकारले पनि आफ्नै देशमा भएको निजी सम्पतीलाई प्रयोग गर्न नसक्नु अर्का ठूलो विडम्वना हो भन्न सकिन्छ । पर्यटकको ठूलो आसालाग्दो अफगानको भू–भागहरूर अन्य एतिहासिक ठाँउहरू प्रशस्त भएता पनि २००१ मा हिन्दुकुश प्रान्तको बाम्यानमा अवस्थित विश्वकै अग्लो (५५ मीटर) बुद्धको मूर्ती भत्काइनाले अफगानका सरकार तथा तालेवान प्रती नकारात्मक दृष्टीले हेर्न थालेका थए ।

अफिमको खेती गर्नेमा अफगानिस्तान विश्वको नंवर एकमानै पर्दछ भने बर्मा दोश्रोमा । यहाँका १० प्रतिशत जनताहरू बिभिन्न २८–३४ प्रान्तहरूमा अफिमकै खेती गर्ने गरेको पाइन्छ । अफिम खेतीबाट ३००–५०० अरब अमेरीकी डलरको वर्षेनी कारोबार गरिन्छ यो देशमा । यहाँका कृषकहरको भनाई अनुसार गहुँ खेती भन्दा १७ प्रतिशत बढी अफिम खेतीबाट नाफा हुने भएको हुनाले यहाँका जनताहरूयो व्यवसायतीर आकर्षित भएको देखिन्छ । युरोपका एक ड्रग एजेन्सीको तथ्याङ्क अनुसार १० वर्ष यता अफगाननै युरोपमा सबैभन्दा बढि लागुऔषधी निर्यात गर्ने देश हो भनेका थिए । यहाँबाट सिमाना पारी पुर्याउने साधनमा भने घोडा, गधा देखी लिएर विभिन्न सवारी साधनहरुको प्रयोग गरिन्छ, तत्पश्चात युरोप र अमेरीको बजार सम्म पुर्याइन्छ ।

एक घरमा छापा मार्दा भेट्टाइएको चरेस
यो देशको सिमानालाई केही शक्तिशाली राष्ट्रहरुको सीमा जोडिएको कारणले पनि अरु मुलुकहर विशेष गरेर अमेरिका र पश्चिमी देशहरूलाई चासो बढेको कुरा युद्ध विज्ञहरूको तर्क छ ।
यहाँका नारीहरूप्रति पनि विशेषत बढि भेदभाव गरिन्छ । यहाँका प्रायः नारीहरुले बुर्का (मुख ढाक्ने) लगाएर सधै घरकै हाताभित्र मात्र काम गर्ने चलन अझै पनि छँदैछ । मुजाहिद्दिनको शासकाल देखि लिएर कारजाइको शासनकाल सम्म आइपुग्दा पनि नारी प्रति हेरीने दृष्टीकोण उस्तै अवस्थामानै छ । न यहाँ त्यो बेला मानवीय वेवहार गरिन्थ्योे, न अहिलेनै गरिन्छ ।

बुर्काले छोपिएका अफगानी नारीहरु

एसियामानै यो राष्ट्र भष्टाचारको सूचिमा अग्रपंक्तिमा पर्दछ । विदेशी राष्ट्रहरुले जति सहयोका लागी डलरको खोला बगाएपनि विकासका लहर बगेको भने पटक्कै नदेखेको यहाँका जनताको दुखेसो छ । यहाँका सरकार र व्यापारीहरूको मिलोमतोमा विशाल भष्टा«चारको हुनेगरेको यहाँका स्थानीय वासीहरू बताउँछन् । यहाँका गाउँहरूमा अझै पनि आधुनिक जीवनको नौलो घामको किरण सम्म ताप्न पाएका छैनन् । विश्वका धेरै गरीव गाँउहरूमध्य अफगानका अधिकांश ग्रामीण गाँउहरूगरीविको रेखामुनी पर्दछन् ।

यो देशको साक्षरता हेर्ने हो भने पुरुषहरू४३ र नारीहरू१५ प्रतिशत सात्क्षरता छन् । १९९६–२००१ म लालीवानको शासनकालमा नारीहश्रलाई हरेक क्षत्रमा ज्यादै दवाव दिइएको थियो । हाल यहाँ झण्डैँ ८ लाख विद्यार्थीहरूमा ३७ प्रतिशत नारीहरूको सहभागीता भएको छ, जुन विगतका वर्षहरूका दाँजोमाा धेरै सहभागीता भएको मानिन्छ ।

यहाँ नेपालीहरूको सहभागीता भन्नाले तीन छुट्टाछुट्टै तवरले हेर्नु पर्ने देखिन्छ ।

क.बेलायती सैनिक – गोर्खालीहरू
ख.अर्ध सैनिक–सेकुरीटिमा नेपाल आर्मी, पुलिस, इण्डियन गोर्खाली आर्मी
ग.अन्य कामदारहरू–लेवर, पेट्रोल पम्प आदीका कामदारहरू

सेनामा कार्यरत नेपालीहरूसवैलाई गोर्खाली भनेतापनि ब्रिटिस, इण्डिया र नेपालमा कार्यरत यी तीनै आर्मीहरूलाई भिन्ना भिन्नै दृष्टिकोणले हेर्ने गरिन्छ । प्रायः अफगानमा बेलायती सेनमा कार्यरत जो छन उनीहरुमात्र यहाँ कार्यरत छन् । अरु देशका सेनाहरूभन्दा छिटो, छरितो र चतुरे पाराको देखिन्छन् यिनीहरू । गोर्खालीहरूले यो भूमिमा २००१ साल यता धेरैले ज्यान गुमाईसकेका छन् भने केहीले बहादुरीता प्रदर्शन गरेर गोर्खालीको शीर विश्व मानचित्रमानै उँचो बनाएका छन् । आज सम्ममा धेरैले ज्यान गुमाएपनि गोर्खालीहरूले विभिन्न बहादुरीका मेडलहरू प्राप्त गरेका छन् जुन हामी सबै नेपालीकोहरुको लागी गौरवको कुरा हो । तर बर्षेनी ब्रिटिस सेनामा सैनिक कटौतीका कारणले गर्दा भविस्यमा यो व्यवसाय पनि धारासाही नहोला भन्न सकिन्न ।

सैनिकमा कार्यरत गोर्खालीहरूको होस वा यिनीहरुको पूर्व इतिहास सुनेका कारणले होस हरेक विदेशी सेकुरेटी कम्पनीहरुमा गोर्खालीहरूकै डिमाण्ड बढि छ यहाँ तर यो शाखामा ढाँटीछली आउनेहरूको सँख्या पनि त्यती नै बढि भएका कारणले गर्दा विभिन्न घटिया कामहरूपनि नभएको भने हैनन् । अफगानको विभिन्न भू–भागमा कार्यरत नेपाल आर्मी तथा पुलिस फोर्सका केहि कामदारहरुले पनि नेपालमा जस्तै अत्यन्तै छल–कपट तथा ठगी कार्यहरूगरेकाले हालसालै धेरै कम्पनीबाट बाहिरिएको कुरा अनेक मिडिया मार्फत सुन्नमा आएको छ । तथापी, अहिले पनि गोर्खालीहरूकै मागले गर्दा विभिन्न सेकुरिटी कम्पनीमा सेकुरिटीको माग बढ्दो छ । तर यहाँ भिसाको कारणले गर्दा नेपालको सैनिक भन्दा भारतका भु.पू सैनिकहरूबढि कार्यरत रहेको अनुमान गर्न सकिन्छ । खासै नेपाल सरकारले श्र्रम मन्त्रालयलको तर्फबाट इराक र अफगानिस्तानमा कामको इजाजत पत्र सानातिना कम्पनीलाई नदिएता पनि विभिन्न कंपनिहरूले अनेक उपाय रचेर यहाँ ल्याउनेगरेको कुरो भने नौलोे हैन । यसै क्रममाः नेपाल तथा ब्रिटिस आर्मीका भु.पूहरूपनि बिभिन्न तलव भत्तामा आएका छन् । यिनीहरू सबैको एकैखालको तलव भने छैन । भिन्ना भिन्नै कंपनीको भिन्ना भिन्नै ओहदा अनुसारको तलव भत्ता र छुट्टीको व्यवस्था रहने गरेको पाइन्छ । घटीमा ७०० डलर मासिक तलव देखी लिएर १०,००० सम्म भएको बुझिएको छ । क्याम्प भित्र सेकुरेटी गार्ड दिनेहरुको मासिक तलव भत्ता भने अलिक कमिनै छ । सैनिकहरुको जस्तै यिनीहरूफ्रन्टलाइनमा काम नगरे पनि भिभिन्न ठाँउमा बिभिन्न सँङ्गठनका आतङ्ककारीको आक्रमणबाट ज्यान गुमाएको कुरोत नौलो भएन । अनुमानीत काम गर्नेहहरुको संख्या जम्मा १००० को इर्दागिर्दा हुन सक्ने पूर्व अनुमान लगाउन सकिन्छ ।

नेपाली कामदार लगाएत भारत, पाकिस्तान, फिलिपिन्स राष्ट्रका कामदारहरूको पनि उत्तिनै सहभागीता छ । यिनीहरुले गर्ने काम भने खासै यो त्यो भन्ने छैन । प्रायजसोको काम विदेशी सैनिकको क्याम्प भित्रनै हुने भएकोले यिनीहरूको लाइफ सैनिक र अर्ध सैनिको जस्तो रिक्सभने हुदैन । यिनीहरुले गर्ने कामहरूभनेको ड्राइभर, इलेक्ट्रिसिएन, प्लम्बर, क्लिनर, वेटर, किचेन हेन्ड, कफी मेकर हुन् । यिनीहहरुको तलव पनि आ–आफ्नो कंपनी हेरेर पाउने गर्दछन् । घटीमा २०० डलर मासिक तलव पाएता पनि ओ.टी गर्दा सन्तोष जनकनै तलव पाउने एकजना नेपाली कामदारले बताए । यस्ता काममा फाट्ट फुट्ट महिला कामदरहरूको पनि सहभागिता रहेको देखिन्छ । 

हाल आएर अफगानी सरकारले भिसामा नेपालीहरूलाई प्रतिवन्ध लगाएको छ । विभिन्न दलाल मार्फत मोटो रकम तिरेर विगतका दिनहरुमा आएता पनि यो वर्तमान स्थितीमा भने कोही पनि आउन सकेका छैनन् । यो देशकै जनताहरू बेरोजगारी भएको कारले गर्दा अफगान सरकारले विशेष नेपालीहरुलाई भिसामा प्रतिवन्ध लगाइएको बुझिएको छ ।

हरेक समय कालमा भिन्ना भिन्नै देशहरुको हैकमवाद र विभिन्न गुट बन्दिको सिकारको सामना बन्न पुगेको यो देशले आफ्नै खुट्टामा आत्म निर्भर रहन भने आजको मिती सम्म सकिरहेको छैन । यहाँका जनतालाई यो पनि विश्वास लाग्न छाडिसक्योकि “जुनै जोगी आएपनि कानै चिरेका” भन्ने चरितार्थ यिनीहरुले राम्रै सँङ्ग बुझिसके । जति पहिला आउने आए र कमाएर गए त्यो अर्कै कुरा हो तर आजका दिनहरुमा विभिन्न दलालहरूमार्फत कोही पनि नेपालीहरूलाई आउन अभिप्रेरित गर्नु उचित ठानिन्न । यहाँ आएर यहाँको विश्वकै नाजुक तथा अवेवस्थित जेलखानामा भोक भोकै विभिन्न खालका यातना सहेर छनखन्दाको सग्लो जिन्दगीलाई जखम बनाएर मर्नु या स्वदेश फर्किनु भन्दा आफ्नै पाखा पखेरुमा खोर्सिएर एक गाँस एक पेट खानुनै बेस भन्छु म भने ।