(घ) ओझेलमा परेका साहित्यकारहरू

भारतका अरू पनि धेरै लेखकहरू जस्तै दार्जीलिङका कृष्णदास प्रधान, शेषमणि प्रधान, शिलाङका मणिसिंह गुरूङ, कवि पद्मप्रसाद ढुङ्गाना, सिक्किमका रश्मिप्रसाद आले, आसामका जगनाथ गुरागाईं, नित्यानन्द उपाध्याय, देहरादुनका ठाकुरचन्दन सिंह, भाग्सू (धर्मशाला) का बहादुरसिंह बराल, मित्रसेन थापा, मगन पथिक इत्यादि हुन् । दार्जीलिङ, कालेबुङकाअच्छा राई रसिक, युवा कवि नरेन्द्रप्रसाद कुमाई, विकाश गोतामे, सिक्किमका जीवन थिङ इत्यादि समेत धेरैको उल्लेख कतै पाइदैन । यिनीहरू सबैको युवा अवस्थामै निधन भएको हो ।

कृष्णदास प्रधानको सम्पादनमा प्रकाशित “नेबुला” परिवर्तित नाउँ ‘परिवर्तन’(१९३६-३७) अनि शेषमणि प्रधानको सम्पादनमा ‘गाउँ सुधार पत्रिका’(१९३९)  र ‘आदर्श’ (१९३०) मा प्रकाशित भएका हुन्  । उनीहरूका केही फुटकर रचना सन् १९१८ को ‘चन्द्रिका’र सन् १९४३ को ‘गोर्खा’ मा पनि पाइन्छन् । कवि नरेन्द्रप्रसाद कुमाई रोगग्रस्त भएर २२ वर्षको कलिलो उमेरमा सन् १९४८ मा दिवंगत भएका हुन् । साहित्य अकादमीले भारतीय साहित्यका निर्माता श्रृंखलामा उनको पनि जीवनी प्रकाशित गरेको छ । भारतमा ‘गोर्खेखबर कागत्’बाट सुरू भएको पत्रकारिताको आफ्नै एउटा गौरवमय इतिहास छ । भारतबाट प्रकाशित अन्य पत्रपत्रिकाहरूको ऐतिहासिक विवरण हीरा छेत्रीले आफ्नो कृतिमा सविस्तार दिएका छन् । (३)

( ङ) भारतमा नेपाली सन्तकवि परम्परा

भारतेली सन्त परम्पराका कवि ज्ञानदिल दास र अञ्जना देवी हुन् । यिनिहरूका बारेमा विभिन्न पत्रपत्रिकाहरूमा केही लेखहरू प्रकाशित भएका छन् । ज्ञानदिल दासको बारेमा डा.कुमार प्रधानले एउटा परिचयात्मक लेख लेख्नुभएको छ (४) भने अञ्जना देवीको बारेमा इन्द्र सुन्दासले पनि उनको जीवनी लेखेर धेरै तथ्यहरू प्रकाश पार्नुभएको छ ।(५) साथै डा.कवीर बस्नेतले लेख्नुभएको अञ्जना देवी र मीराबाईको तुलनात्मक अध्ययन निक्कै खोजपूर्ण छ ।(६) भारतमा अरू पनि विभिन्न धार्मिक सम्प्रदाय र सन्तहरू छन् । कति कबीरपन्थी, जोसमनि  र प्रणामीहरू छन् उनीहरूमध्ये पनि कति सन्त कविहरू होलान् । यस दिशामा अझ राम्ररी खोजी हुन आवश्यक छ ।

(च) अवधारणा र काव्यिक प्रयोग

नरबहादुर दाहाल

आयामिक साहित्य र लीला लेखनपछि भारतीय नेपाली साहित्यमा देखा परेका काव्यिक प्रयोग र कतिपय अवधारणाहरू पनि छन् । यस्ता काव्यिक प्रयोगहरूमध्ये कवि कालूसिंह रनपहेंलीको दुइ हरफे कविताको ‘युग्मक’पनि एउटा हो । यो भारतेली नेपाली साहित्यको मौलिक सृजना हो । यो आफ्नो अलग चिनारी र परिभाषा लिएर देखा परेको छ । यसको साहित्य सिद्धान्तबारेमा दिपक सुवेदी ‘युग्मक लेखनको २५ वर्ष’मा भन्नुहुन्छ, “साहित्यका विभिन्न विधाहरूमध्ये कविताको एउटा नवीन स्वरूप युग्मक हो । युग्मकलाई प्रतिपादन गर्ने काम प्रयोगवादी स्रष्टा कालूसिंह रनपहेंली (२ मई सन् १९५४) ले गरेका हुन् । एउटा युग्मकमा दुई हरफ हुन्छन् । दुई हरफ एकाअर्कामा सम्बन्धित रहेका हुन्छन् । त्यसैले दुई हरफमा एउटा युग्मक रहे पनि यी आफैँमा पूर्ण हुन्छन्। यी दुई हरफका विषयवस्तुमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ।

संरचना

युग्मकलाई अस्तित्वमा ल्याउने वा निश्चित संरचना प्रदान गर्ने कारक वा अवयवलाई युग्मकका संरचनात्मक तत्व भनिन्छ । संरचनात्मक तत्वहरूको योगहरूबाट नै सिङ्गो संरचना निर्माण हुन्छ । युग्मक पनि एउटा सिङ्गो संरचना भएकोले यसका पनि आफ्नै प्रकारका संरचक घटकहरू रहेका छन्। यिनै संरचक तत्व वा घटकबाट युग्मकको निर्माण हुन्छ ।

कालूसिंह रनपहेंलीका ६०० भन्दा अधिक युग्मकहरू एउटै कृतिका रूपमा पनि  प्रकाशित छन् (७)। नेपाल बाहिरका साहित्यका पाठकहरूमा यो खुबै जनप्रिय भएर गइरहेको छ । युग्मकका अनुयायी तथा युग्मक लेख्नेहरूको संख्यामा पनि दिनदिनै वृद्धि भइरहेको  छ । सिक्किमबाट पनि युग्मकका केही कृतिहरू प्रकाशमा आएका छन् ।(८)।

योबाहेक ‘धमारी’पनि हालमा देखा परेको एउटा काव्यिक प्रयोग हो । यसलाई  नेपाली साहित्य संस्थानले केही वर्षदेखि सञ्चालन गर्दैआएको छ। सिलिगढीको नेपाली साहित्य संस्थान डा.कुमार प्रधान, डा.घनश्याम नेपाल, डा.रेमिका थापा, प्रा.वासुदेव पुलामी, प्रा.देवचन्द्र सुब्बा, बिर्ख खडगा डुवर्सेली इत्यादिद्वारा स्थापित संस्था हो । प्रतियोगिताको रूपमा प्रतिवर्ष हुने ‘धमारी’को कार्यक्रममा विश्वविद्यालय र महाविद्यालयका छात्र छात्राहरूमा धेरै उत्साहपूर्ण सहभागिता देखिएको छ । यो कविता वाचनसँगै कवितालाई अझ प्रभावशाली र सम्प्रेषणीय बनाउन अभिनय र  संगीतको प्रयोग गरिने एउटा नौलो प्रयोग हो। यसलाई व्यवहारिक रूपमा कवि पवित्रा लामाले धेरै निरन्तरता दिइरहेकी छन् ।

समावेशी  सन् १९१५ देखि सुरू भएको अवधारणा  हो । यो पनि केही युवा जमातद्वारा  प्रवर्तन गरिएको अवधारणा हो ।

सिलगढीको नेपाली साहित्य संस्थानले गत वर्षदेखि आफ्नो स्थापना दिवसमा कवि अगमसिंह गिरी जयन्ती पालन गर्दै दीर्घकालीन साहित्य सेवाको निम्ति एक जना साहित्यकारलाई ’दान खालिङ पुरस्कार’ परिवारको सहयोगमा प्रदान गर्दैआइरहेको छ । यीबाहेक किनारीकृत, समावेशी, सल्वर्टन, विचलन, हस्तक्षेप, सिर्जनावृत्त, संक्रमण  इत्यादि यस्तै अरू पनि कति काव्यिक प्रयोग र अवधारणाहरू प्रचलनमा आएका छन् । हस्तक्षेप ,सिर्जनावृत्त ,विचलन र समावेशीहरूले आफ्ना आफ्ना मुखपत्रहरूमा यसका सिद्धान्तहरूलाई स्प्रष्ट पारेका छन् । हस्तक्षेप दार्जीलिङ, कालेबुङ,सिलिगुडी इत्यादि ठाँउका युवाहरूका एउटा समूहद्वारा प्रतिष्ठापित साथै सञ्चालित अवधारणा हो। यसले आफ्नो मुखपत्र ’हस्तक्षेप’को ’मोटो’ (motto) मा भनेको छ, “समाजको, समाजबाट, समाजलाई ।” यस समूहमा आजका अत्यन्त उर्जाशील केही  कवि लेखकहरू पर्छन् । यसमध्ये राजा पुनियानी, मनोज बोगटी, टीका भाइ, भूपेन्द्र सुब्बा, निमा शेर्पा, लेखनाथ छेत्री इत्यादि। ती युवाहरूको जमात हो, जसद्वारा यो सञ्चालित भइरहेको छ। यसले आफ्नो मुखपत्र ’हस्तक्षेप’ को पहिलो अंकमा घोषणा गरे अनुसार हस्तक्षेप लेखनले अभिव्यक्तिको नयाँ भाषा, नयाँ वाग्धारा, नयाँ मुडको प्रस्तावना गरेको छ। यसमा लोकलवज मुख्य तत्व मानिएको छ । त्यसपछि यथार्थीय एप्रोच, वस्तुवादी आदर्श, ऐतिहासिक चैतन्य,व्यवहारिक दार्शनिकता, घुलनशील दार्शनिकता, प्रस्तुतिको काँचोपन, लचिलो संरचना, उत्पीडित सौन्दर्यमान, वाञ्छित तत्व मानिएको छ। यसले अझ भनेको छ, ’हस्तक्षेप लेखन भनेको कालबोध विहीन इतिहास चेतविहीन शब्द, उक्ति चातुर्य, समाज अस्पृश्य बिम्बजालले आजसम्म लेखिएका वा भोलिपर्सि लेखिने साहित्यको प्रतिध्रुवमा उभिने प्रतिलेखन हो ।’(९)

नाटककार डा.इन्द्रमान राई

समावेशी  सन् १९१५ देखि सुरू भएको अवधारणा  हो । यो पनि केही युवा जमातद्वारा  प्रवर्तन गरिएको अवधारणा हो । यसमा मुख्य रूपमा बासुदेव पुलामी, ज्ञानेन्द्र याक्सो, प्रवीण खालिङ, सदीप प्रधान, सूरज धडकन, निरज थापा, योगेश पन्थ, सपन प्रधान, डा.रेमिका थापा इत्यादि सामेल छन् । यसले ’समावेशी’को प्रवेश अंक समावेशी प्रस्तावकमा भनेको छ, ’हाम्रा साहित्य, कला र चिन्तनमा अब हाम्रै लोकदर्शन, मिथक, प्रतीक र बिम्बहरूको समावेशीकरण आवश्यक छ । यसले नेपाली साहित्यमा विविध सौन्दर्यका रूपकहरू निर्माण गर्नेछ ।’(१०)

’सिर्जनावृत्त’ सन् २०१५ देखि आफ्नो अस्तित्व प्रकाशमा आएको यसको मुखपत्र ’स्याही’बाट थाहा लाग्दछ । यसमा पनि केही युवाहरूको जमात देखा परेका छन् । मुख्य रूपमा राजा पुनियानी, लक्ष्मण दाहाल, सूरज रोसूरी यसमा देखा पर्छन् । यसले सिर्जनाको प्रक्रियालाई  हरसम्भव गति दिने अनि गतिशील साहित्य, कला, संस्कृति, ज्ञान विज्ञान आदिको प्रचार प्रक्रियालाई पृष्ठपोषण गर्ने कुरामा जोडदिएको छ । आफ्नो उद्देश्य प्राप्तिको निम्ति यसले विचारको आदान प्रदान, अन्तर्क्रिरया , कृति विमोचन, कर्मशाला आदि अयोजन गर्ने योजनाहरूलाईअघि राखेको छ । अहिलेसम्म सिर्जनावृत्तले  दार्जीलिङका युवाकवि केवलचन्द्र लामामाथि ’कविता र चित्रमा केवल’,युग पाठकको चर्चित उपन्यास ’उर्गेनको घोडा’माथि अन्तर्क्रिरया, दीपा राई र लेखनाथको चित्र र कवितामा जुगलबन्दी, कवि भूपिनको कविता संग्रह ’सुप्लाको हवाईजहाज’ को भारत लोकार्पण र साहित्यिक यात्रामा अर्द्धशताब्दी पार गरेका अथक साहित्यसेवी नरबहादुर दाहाललाई सम्मान कार्यक्रम गरिसकेको छ ।(११)

प्राज्ञहरूको सम्मति र सिस्नु पानी, सर्जकहरूको सिर्जना सचेतता र सहचर्य अनि पाठकीय अभिरूचिको उपस्थितिले ’विचलन’ क्रमिक रूपले प्रचलन बन्न गइरहेको सत्य सबै सामु खुइलिँदै गइरहेछ ।’

भारतीय नेपाली साहित्यमा ’विचलन’ पनि एउटा साहित्यिक समूहद्वारा अवतरित अवधारणा हो। यो २००७ देखि प्रचलनमा आएको हो । विचलनको यस समूहमा सुधीर छेत्री, उज्जवल बमजन, जय क्याक्टस इत्यादि देखापर्छन्। यसको मुखपत्र ’विचलन’का लगभग आठ वटा अंकहरू प्रकाशमा आइसकेका छन् । विचलन बारेको एउटा लेखमा समालोचक जय ’क्याकट्स’ ले लेखेका छन्, ’१ अप्रेल२००७ को दिन विमोचन पत्रिकाको विमोचनसँगै एउटा विचार विस्फोटन हुन्छ, समावेशी र अभिष्टहरूसितै। अनाम हुर्किरहेको नयाँ कविता वा अत्याधुनिक कविता वा नव्य कविताले न्वारानको नाम पाउककछ, ’विचलन’। समकालीन अथवा उत्तरआधुनिक कविता भनिनु भारतेली नेपाली कविताको निम्ति अतिरञ्जना जस्तो भइरहेको र अलिक असुहाउँदिलो भइराखेको समयमा ठ्याक्क जुर्यो- नाम, विचलन। नाम अनुसारको काम लिएर सात अंकसम्म आइपुग्दा विचलन, खिच्यो कविताको अर्को स्वरूपको धाम । अहिले यो काव्यधाममा झलमल्ल लागेकोछ घाम।यही घाम ताप्दै हिँड्ने तीर्थयात्रीको निक्कै बढेको छ, लाम । कविताको उच्चता उक्लन नसकी आधा बाटोबाटै फर्कने कविता पाठक, कविता आदर्श छुनै नसकिने रापिलो रवाफदेखि तर्सिएका पाठक र कवितालाई हाउगुजी बनाउने कवि समालोचकदेखि विरक्तिएका पाठक,सबै उत्सुकताले विचलनको सरलता,समायोजना, समीकरण र सन्तुलनलाई नियालिरहेका छन्। प्राज्ञहरूको सम्मति र सिस्नु पानी, सर्जकहरूको सिर्जना सचेतता र सहचर्य अनि पाठकीय अभिरूचिको उपस्थितिले ’विचलन’ क्रमिक रूपले प्रचलन बन्न गइरहेको सत्य सबै सामु खुइलिँदै गइरहेछ ।’(१२) यस लेखमा लेखकले त्यस समयसम्म प्रकाशित ’विचलन’ का रचनाहरू अध्ययन गरेर विचलन के हो भन्नु भन्दा के होइन, भन्ने स्पष्ट पारेका छन् ।(१३)

किनारीकृत रेमिका थापा र मनप्रसाद सुब्बाबाट प्रवर्तन गरिएको अवधारणा हो। यसका सैद्धान्तिक पक्षलाई’किनारा विमर्श’ कृतिमा भएका सम्पादक द्वयको विमर्श १ का विचार, विमर्श २ (क) का १५ वटा नेपाली, अंग्रेजी, हिन्दी लेखहरूसाथै सिर्जना, पठन र सिर्जनाले स्पष्ट पारेका छन् ।(१४) संक्रमण कविता आन्दोलन सन् १९९३ मा काशी हिन्दू विश्वविद्यालयका युवा विद्यार्थीहरूद्वारा सुरू गरिएको आन्दोलन हो। संक्रमणकालीन समयमा दिशाबोध हुन आवश्यक छ, भन्दै यो आन्दोलन आरम्भ भएको पाइन्छ ।

आसामको ’कोलाज’ आन्दोलन एक समय त्यहाँ खुबै लोकप्रिय भएको थियो। यसलाई अविनाश श्रेष्ठले मुख्य रूपमा नेतृत्व दिएका थिए ।

यस समूहको मुखपत्र ’संक्रमण’ पत्रिका प्रकाशित छ ।  यस समूहद्वारा आफ्नो आन्दोलनको तथ्यलाई प्रष्ट पार्दै भनिएको छ, ’क्रमिकता, एकपछि अर्को दिशा र प्रवृत्ति उठ्दछ । सम्बद्धहरू एकै ती समयरूपमा क्रमिकताको विभाजन हुन सक्दैन। त्यसको व्याप्ति अखण्ड हुन्छ। समयको प्रयोगशील परिस्थितिमा कविताको क्रमिक विकाश हुन सकेको अथवा हुन नसकेको हेर्ने कार्य यो वर्तमान पिंढीको हो।(१५) यस समूहमा संक्रमण समयबाट मुक्त हुन  काव्यिक आन्दोलन गर्ने कविहरूमा सञ्जय वान्तवा, सञ्जय विष्ट, परशुराम पौड्याल, कविता लामा र सरिता लामा मुख्य रूपमा रहेका छन्।(१६) यस बारेमा डा.घनश्याम नेपाल भन्नुहुन्छ, ’वर्ग विशेषको वर्ग स्वार्थको साहित्यलेखन सभ्यता  अब थोत्रो भइसक्यो। आज वर्ग निरपेक्ष , सार्वभौम जीवन सापेक्ष लेखनको आग्रह छ। हरियाली कविता,पर्यावरण कविता,आशा, आस्था,वैषम्य, भातृत्व कविता त्यस्तै हाम्रा अध्ययनशील तन्हेरी कविहरूका यी संक्रमण कविता।’(१७)

यीबाहेक भारतीय काव्य लेखनमा गजल, बिम्ब कविता, तीहक, काव्याणु इत्यादि र जापानी हाइकू, ताङ्का इत्यादि समेत प्रचलनमा आएका छन् । आसामको ’कोलाज’ आन्दोलन एक समय त्यहाँ खुबै लोकप्रिय भएको थियो। यसलाई अविनाश श्रेष्ठले मुख्य रूपमा नेतृत्व दिएका थिए । अहिले यो आन्दोलन निस्कृय छ ।