
‘इन्द्रेनी प्रकाशन’ सन् २०२१ मार्च १४ मा निजी क्षेत्रबाट असममा स्थापना भएको प्रकाशन हो । यस प्रकाशनले सन् २०२१ मा पहिलो प्रकाशनको रूप फागुन (संयुक्त कवितासङ्ग्रह- २०२१) प्रकाशन गरेको थियो । यसपछि साहित्यका विभिन्न विधाका १८ वटा कृति प्रकाशन गरिसकेको छ । यस प्रकाशनको बोर्ड अफ डाइरेक्टर्सका सदस्यहरूमा रुद्र बराल, कृष्णनील कार्की, ढाकाराम काफ्ले, ज्योति हुमागाईं, नैना अधिकारी रहेका छन् भने बोर्ड सदस्यहरूमा अर्जुन निरौला, पूजा उपाध्याय, निलीमा आचार्य, अमित अधिकारी र पूजा आचार्य रहेका छन् ।
यो प्रकाशनले असमेली नेपाली साहित्यको बजारमा हालै ७ वटा कृति बजारमा ल्याएको छ ।
० ० ०
इन्द्रेनीका रङ
इन्द्रेनीका रङ संयुक्त कवितासङ्ग्रह हो । यसमा राष्ट्रिय कविता प्रतियोगितामा भारतका विभिन्न राज्यबाट प्राप्त कविता मध्येबाट छनोटमा परेका र केही अग्रज कविका कविताहरू रहेका छन् । यसको सम्पादक त्रयमा अर्जुन निरौला, नैना अधिकारी र ज्योति हुमागाईं रहेका छन् ।
यस इन्द्रेनीका रङ संयुक्त कवितासङ्ग्रहमा अजय खड्का, अनन्त श्रेष्ठ, अनमोल निती, अनुपमा देवी, अनुप सुब्बा, अमित अधिकारी, अर्जुन निरौला, इन्दिरा गौतम, इन्दुप्रभादेवी, उषाकिरण सत्यदर्शी, एन.बी.घिमिरे, ऋषि राई, कमल भट्टराई, कमल शर्मा, कविता शर्मा, कुञ्जदेवी उपाध्याय, कृष्णनील कार्की, कृष्णबहादुर राउत, खगेन्द्र दाहाल, खड्गबहादुर कौशिक, गिरिधारी अधिकारी, गोपाल ढकाल, गोपालसिंह विश्व, गोविन्द शाण्डिल्य, घनश्याम सुवेदी, चन्दन छेत्री, चेवन शर्मा, छत्रमान सुब्बा, जमुना दाहाल, जय क्याक्टस, जयन्त कृष्ण शर्मा, ज्योति हुमागाईं, ज्योत्स्ना घतानी, टेकनाथ सुवेदी, डिल्लीराम खनाल, डुक्छिरिङ लेप्चा, तीर्थराज फुयाँल, दिलिप शर्मा घिमिरे, दीपक गजुरेल, देविका मङ्ग्रान्ती राई, देवेन सापकोटा, दुलुमणि देवी, दुर्गा राई, द्वारिका छेत्री, धर्मराज लिम्बू, धर्मेन्द्र उपाध्याय, नगिता लेप्चा, नव सापकोटा, नवप्रभा अधिकारी, नरबहादुर दर्जी, नारद निरोला, नारायण शर्मा अधिकारी, नितेश राई, निर्दोषिका तामाङ, निलीमा आचार्य, निरु शर्मा पराजुली, नीलम गुरुङ, नैना अधिकारी, पद्मा देवी, पद्मावती देवी ढुङ्गाना, परिस्मिता बाँस्तोला, पुकार राई, पुरुषोत्तम उपाध्याय दाहाल, पुष्पधर शर्मा, पूजा आचार्य, पूजा उपाध्याय, पूणर्कुमार शर्मा, पूरण भण्डारी, प्रदीप शर्मा, प्रशान्ति राई, प्रज्ञा दाहाल, प्रवीण खालिङ, प्रवीण राई जुमेली, प्रीतम आचार्य, प्रेम विश्वकर्मा, फिफिप राई, फिराक गोर्खाली, विकाश दुलाल, बिलोक शर्मा, बीनादेवी मिश्र, भक्तराज सुनुवार, भीष्म अधिकारी, मनीषा दाहाल, ममता राई, महिम आचार्य, माधव सुवेदी, मिङमा दोर्जी शेर्पा, मीनादेवी फुएँल, मोहन सुवेदी, मुन्नी सापकोटा, युवराज बाँस्कोटा, युवा बराल अनन्त, रजनी अधिकारी, रश्मिता गिरी, रविन खवास, राजु कार्की छेत्री, राजु नेउपाने, रोजल थापा मगर, रुकसाना सार्की, रुद्र बराल, रुक्मिणी शर्मा, रोशन दियाली, लव गोर्खा पौड्याल, लक्ष्मण अधिकारी, लक्ष्मण प्रधान, लुबिना कृतिका दाहाल, लक्ष्मी सुवेदी, लक्षिमा उपाध्याय, विमल प्रधान, विष्णु निरोला, शबनम भुजेल, शारदाबैनी गामनाङ, श्रवणकुमार प्रधान, सङ्गम सुधा, सन्तोष सुवेदी, समीर पाखरिन, सागर शर्मा, सीता देवी, सीतादेवी छेत्री, सुरज गजुरेल, हिरण्य पौडेल र हिरनमयी आचार्य शर्मा गरी एक सय २२ जना कविका कविता रहेका छन् ।
दुई सय ६४ पृष्ठको यस कवितासङ्ग्रहको मूल्य दुई सय रहेको छ ।
० ० ०
असमेली नेपाली समालोचना (खण्ड- १)
‘असमेली नेपाली समालोचना (खण्ड- १)’ संयुक्त समालोचना सङ्ग्रह हो । सम्पादक द्वय रुद्र बराल र कृष्णनील कार्की अनि सहयोगी सम्पादनमा ढाकाराम काफ्ले रहेका छन् ।
यसमा डा. दैवकीदेवी तिम्सिना, धर्मेन्द्र उपाध्याय, दीपक गजुरेल, डा.भक्तप्रसाद गौतम, लक्ष्मण अधिकारी, ढाकाराम काफ्ले, पद्मा देवी, पूजा उपाध्याय, अञ्जन बाँस्कोटा, डा.ढुण्डिराज उपाध्याय (राज), तीर्थ फुँएल, कल्पनादेवी आत्रेय, छत्रमान सुब्बा, अविकेशर शर्मा, मोहन सुवेदी, डा.खगेन शर्मा, रन्जिता देवी, निलीमा आचार्य, अर्जुन निरौला, डा.गोमा अधिकारी, डा.तिलक शर्मा, झर्ना भट्टराई, नवप्रभा अधिकारी, रुद्र बराल, नैना अधिकारी, युवराज काफ्ले, डा.गायत्री नेवार, जय क्याक्टस, नवीन पौड्याल, जनार्दन थापा, डा.सञ्जीव उपाध्याय, रिजु देवी, चेवन शर्मा, डा.सुकराज दियाली, अनुपमा कट्टेल, प्रेम विश्वकर्मा, अनुराधा उपाध्याय, डा.सीताराम अधिकारी, कृष्णनील कार्की, बिनोद आत्रेय, डा.इन्दुप्रभा देवी, रामप्रसाद दाहाल र देवीका मंग्राती राईको गरी ४३ वटा समालोचनाहरू रहेका छन् । यी मध्ये असमबाहिरका जय क्याक्टस, नवीन पौड्याल, जनार्दन थापा, डा.सुकराज दियाली, देवीका मंग्राती र युवराज काफ्लेका समालोचनाहरू रहेका छन् ।
चार सय चार पृष्ठको यस समालोचना सङ्ग्रहको मूल्य चार सय रहेको छ ।
० ० ०
असमेली नेपाली समालोचना (खण्ड- २)
‘असमेली नेपाली समालोचना (खण्ड- २)’ संयुक्त समालोचना सङ्ग्रह हो । सम्पादक द्वय रुद्र बराल र कृष्णनील कार्की अनि सहयोगी सम्पादनमा ढाकाराम काफ्ले रहेका छन् ।
यसमा ज्ञानबहादुर छेत्री, नारायण शर्मा अधिकारी, डा.दैवकी देवी तिम्सिना, रन्जिता देवी, रेवतीरमण सापकोटा, हेमन्त भट्टराई, निलीमा आचार्य, दुलुमणि देवी, एकदेव अधिकारी, रमाकान्त पौडेल, अविकेशर शर्मा, पूणर्कुमार शर्मा, अर्जुन निरौला, ज्योति हुमागाईं, रिजु देवी, विपुल उपाध्याय, धर्मेन्द्र उपाध्याय, पद्मा देवी, डम्बर दाहाल, डा.गायत्री नेवार, रामप्रसाद दाहाल, नवप्रभा अधिकारी, मनालिसा देवी, प्रदीप शर्मा, डा. भक्तप्रसाद गौतम, कृष्णनील कार्की, ढाकाराम काफ्ले, डा.सृजना शर्मा, तीर्थराज फुएँल, अनुप शर्मा, प्रेम विश्वकर्मा, लक्ष्मण प्रधान, गायत्री भट्टराई, कल्पना देवी आत्रेय, मोहन सुवेदी, झर्ना मिश्र भट्टराई, चन्द्रप्रसाद घिमिरे, डा.इन्दुप्रभा देवी, इन्दिरा गौतम, नारद निरोला, नैना अधिकारी, रुद्र बराल, बद्री गुरागाईं र डा.धरणी ढुङ्गेलको गरी ४४ वटा समालोचनाहरू रहेका छन् ।
चार सय चौध पृष्ठको यस समालोचना सङ्ग्रहको मूल्य चार सय पचास रहेको छ ।
० ० ०
आक्रोशका झिल्काहरू
‘आक्रोशका झिल्काहरू’ प्रदीप शर्माको गजलसङ्ग्रह हो । आक्रोशका झिल्काहरू गजलसङ्ग्रह विभिन्न विषय र सन्दर्भका ८६ वटा गजलहरू रहेका छन् । सन् २०२१ मा असम नेपाली साहित्य सभाको स्मारिका ‘उमाटुमनि’ मा पहिलो गजल प्रकाशन गरेर गजल लेखनमा प्रवेश गरेका विश्वनाथ जिल्लाअन्तर्गत गेलापोखरीका गजलकार शर्माको यो पहिलो गजल सङ्ग्रह हो । शर्माको यस अघि मलाई नसोध मेरो परिचय (कवितासङ्ग्रह- २०२१) प्रकाशित छ ।
एक सय पृष्ठको यस गजलसङ्ग्रहको मूल्य एक सय रहेको छ ।
० ० ०
कविताको सिमसिमे झरी
कविताको सिमसिमे झरी कृष्णनील कार्कीको कवितासङ्ग्रह हो । यसमा ६२ वटा कविताहरू रहेका छन् ।
असमेली नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका विश्वनाथ जिल्ला, कुमलीयाका स्रष्टा कार्कीको यस अघि भाग्यवान (एकाङ्कीसङ्ग्रह- २०१३), छहारीको आडमा मनोरम सपना (कवितासङ्ग्रह- २०१४), सत्यमेव जयते (एकाङ्कीसङ्ग्रह- २०१५), समयको भाग्यरेखा (कविता एवम् गजल सङ्ग्रह- २०१९) र जन्मदिनको उपहार (कथासङ्ग्रह- २०२२) प्रकाशित छन् ।
८८ पृष्ठको यस कवितासङ्ग्रहको मूल्य एक सय पचास रहेको छ ।
० ० ०
अमूर्त कारागार
अमूर्त कारागार नैना अधिकारीको कवितासङ्ग्रह हो । यसमा ४१ वटा कविताहरू रहेका छन् ।
असमेली नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएकी कामरूप मेट्रो जिल्ला, बाँहतलाकी स्रष्टा अधिकारीको यस अघि घात- प्रतिघातका उद्गारहरू (कवितासङ्ग्रह- २०२१) र साहित्य सिर्जनाका बान्कीहरू (समालोचना सङ्ग्रह- २०२३) प्रकाशित छन् । साहित्य अकादेमीले प्रत्येक वर्ष प्रदान गर्ने युवालेखन पुरस्कार नेपाली भाषाका निम्ति वर्ष २०२३ मा अधिकारीको घात- प्रतिघातका उद्गारहरू (कवितासङ्ग्रह- २०२१) मार्फत प्राप्त गरेकी छन् ।
८६ पृष्ठको यस कवितासङ्ग्रहको मूल्य दुई सय रहेको छ ।
० ० ०
विज्ञापन
विज्ञापन खड्गबहादुर कौशिकको कथासङ्ग्रह हो ।
विगतमा चार दशक निरन्तर साहित्य साधनामा लागेका तेजपुरका कथाकार खड्गबहादुर कौशिकको यस कथासङ्ग्रहमा २७ वटा कथाहरू रहेका छन् । कौशिकका गिनीपिग (कवितासङ्ग्रह- १९८५), औँसीका रातहरू, पूर्णिमाका रातहरू (कवितासङ्ग्रह- १९९२), रिमालनी घाट (कथासङ्ग्रह- २००२), मदेखि मसम्म (लेखसङ्ग्रह- २०१२), हेङदाङ (कथासङ्ग्रह- २०१८), घामको छाता (कवितासङ्ग्रह- २०२१) प्रकाशित छन् ।
८८ पृष्ठको यस कथासङ्ग्रहको मूल्य एक सय पचास रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

सम्मान र पुरस्कार योग्यताका आधारमा अर्पण गरियोस्- डा. कविता लामा
