एनआरएनए एनसिसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिको तेस्राे अनलाइन साहित्यिक सम्मेलन मे ३१ तारिक आइतबार सम्पन्न भयाे ।
कार्यक्रममा प्रा. पीताम्बर दाहाल, डा. दुर्गा दाहाल, प्रा. धर्मराज काइराला, डा. टीका लम्साल, सुदीपभद्र खनाल, गायत्री तिमल्सिना, कृष्ण गिरी, विनाेद पाैडेल, दिनबन्धु पाखरेल, गीता बजगाईं, विष्णुमाया खनाल, रमा खतिवडा, पीपलमणि सिग्देल, छत्रपति दाहाल, रिता प्रधानलगायतका सहभागीले जुममार्र्फत् रचना सुनाउनु भएकाे थियाे ।
अधिकांश कविता, मुक्तक, गीत तथा गजल समसामयिक विषयमा सुनाइएका थिए । काेराेना भाइरसकाे त्रास, कारण तथा बच्ने उपाय र सुझावका विषयमा पनि रचनाहरु बाेलेका थिए ।
हरेक महिनाकाे अन्तिम आइतबार अमेरिकाकाे पूर्वीय समयअनुसार बेलुकी ९ बजे अनलाइन साहित्य सम्मेलन गर्ने निर्माण भए बमाेजिम याे तेस्राे कार्यक्रम थियाे ।
एनआरएन एनसिसी युएसएका उपाध्यक्ष तथा समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले कार्यक्रम संचालन गरेका थिए।
यसअघि समितिका संयाेजक वाग्लेकै अध्यक्षतामा केही हप्ता पहिले बसेकाे बैठकले अनलाइन साहित्य सम्मेलन गर्ने निर्णय भएकाे थियाे । बैठकमा समितिका उपसंयाेजकहरु पीपलमणि सिग्देल, डा. ईश्वरी पाण्डे, सतीश त्रिपाठी, सुनिता बस्नेत थापा, शशी भट्टराई, सूर्यमाेहन तिवारी, रमा खतिवडा लगायतका सदस्यहरुकाे सहभागिता रहेको थियो ।
साे पहिलो बैठकमा उपसंयाेजक तथा सदस्यहरुले पनि भावि याेजनाका विषयमा आ-आफ्नो धारणा राख्दै समितिले नेपाली भाषा कक्षाका लागि पाठ्यक्रम आदि निर्माण गरी समन्वय गर्ने निर्णय समेत गरेकाे छ । त्यसैगरी अमेरिकामा रहेका साहित्यकारहरुकाे डाटाबेस तयार गर्ने विषयमा पनि छलफल भएकाे थियाे । बैठकले स्मारिका प्रकाशन गर्ने, साहित्यिक रचनामाला प्रकाशन गर्ने, साहित्यकारका लागि पुरस्कार स्थापना गर्ने, साहित्यिक प्रतियोगिताहरु संचालन गर्ने आदि विषयमा छलफल भएकाे थियाे ।
पिपल मनी सिग्देल