साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथाः अमर धुन

खुपेन सुनुवार

 

“म थाकेकी छु

मेरा तीक्ष्ण पीरहरू

म हारेकी छु

मेरा तीक्ष्ण झिरहरू

म मातेकी छु

मेरा तीक्ष्ण प्यासहरू”

यि पङ्क्तिहरूले त्यतिखेर मात्र जन्म लिन्छन् जब हजारौँ माइल टाढा उत्तर क्यालिफोर्नियाबाट डेभिस माइल्स तेस्रोका थाकेका तीक्ष्ण धुनहरू लन्डनको “ला भि एन रोज”

“La vie en rose” फ्रेन्च पबमा चिभासको रसले आफ्नो ओठको अतृप्ति प्यास मेट्ने प्रयत्नमा तल्लीन क्यालपोर्नियाको कानमा आई एकतमासले साउती खेल्दछन्।

क्यालपोर्निया पारपचुके भएकी कवयित्री हुन् सि वाज बोर्न याज अ वाईल्ड किड याट द भेरी बटम टो अफ सिसिलिया (इटाली) बट रेज्ड इन द ग्रेट ब्रिटेन बर्मिँमह्याग एन्ड सि ह्याज हर पोस्ट ग्रयाजुएट इन लिट्रेचर एन्ड कल्चर फ्रम क्यमब्रिज। उन्की आमा इटालियन थिइन् र बुवा दोस्रो विश्वयुद्ध लडेका यहुदी अङ्ग्रेज अफिसर थिए।

क्यालपोर्निया भन्छिन “ म उन्को सङ्गितसित बोल्छु जसरी उसको रेड ट्रम्पेट मसँग बोल्छ । म उसका भावनाहरू बुझ्छु। जसरी उसका धुनहरू मेरा पीर गीतहरूसँग दुरुस्त हुन्छन् ।” जब साँझ ढल्छ क्यालपोर्निया आफ्नो अतीतका स्मृतिलाई ताजा गराउन यस पबमा अक्सर आइरहन्छिन् र दुई चार टुक्रा कविताका सुन्दर हरफहरू र केही अमूर्त चित्रहरू आफ्नो डायरीमा कोरेर बस्छिन्।

कुनै समय यही पबमा प्रत्येक शुक्रवार लाइभ ज्याज नाइटमा क्यालपोर्नियाको भेट वजिर हुसेनसँग भएको थियो। वजिर हुसेन त्यहाँ लाइभ ज्याज प्रस्तुत गर्ने समूहको सेक्साफोनिस्ट थिए। प्रथम भेटमा नै हुसेनले राखेको प्रेम प्रस्ताव क्यासपोर्नियालाई राजी हुन्छ। उनीहरूको त्यो अघाध प्रेम मौलाएर दोस्रो वर्षमा विवाह पनि हुन्छ तर बिवाह भएको अर्को तेस्रो वर्ष नबित्दै दुवैले आपसी सहमतिमा पारपचुके दिएका थिए ।

हुसेन रइस खान्दानबाट ताल्लुख राख्थे । हुसेनका परिवारहरू इस्लाम धर्मका कट्टर भक्त थिए भने क्यलपोर्नियाका परिवार झनै कट्टर जियोनिस्ट समुदायका थिए। परिवारलाई थाहा नदिई दुवैले गुपचुप विवाह गरेको भए तापनि पछि दुवैको परिवारले थाहा पाउछन् र उनीहरूलाई सदाका लागि अलग गरिदिन्छन् । प्रेमभन्दा माथि कुनै राष्ट, रङ्ग, धर्म, जात, सम्प्रदाय हुँदैन भन्ने आदर्श कहिलेकाँही विभाजित हुन्छ ।

हुसेन सधैँका लागि लन्डन, क्यालपोर्निया र सेक्साफोन छाडेर आफ्नो वतन जोर्डन फर्कियो तर क्यालपोर्निया आफ्नो अभूतपूर्व प्रेमी र भूतपूर्व पति हुसेनकै यादमा हरेक हप्ता यहाँ आउने गर्छिन् । उनी बितेका सौम्य याद भुलाउनलाई हैन बितेका प्रत्येक सूक्ष्म सूक्ष्म याद नभुल्नलाई “ला भि एन रोज” ; La vie en rose (Life in pink) आउने गर्छिन्।

क्यालपोर्नियाका प्रेमगीतहरू हामी विलियम सेक्सपियरको १६४ सोनेट्स (SONNETS) मा भेट्न सक्दैनौँ । न त भ्यान गगको ब्रसले क्यालेपर्नियाको छातीलाई सिसिलियाको रित्तो आकाशका क्यानभासहरूमा रङ्गीन रङ्गहरूले सजाएको पाउन सक्छौँ न त क्यालपोर्नियाका कविताहरू उमर ख्यायामका रुवायितमा पाउन सक्छौँ न त क्यालपोर्नियाका गजलहरू गालिवका नज्महरूमा पाउन सक्छौँ ।

क्यालपोर्निया बिस्तारै बिस्तारै श्याम श्वेत चलचित्रकी नायिका मार्लिन मोनरोईझैँ जीवनको रङ्गमञ्चबाट रहस्यमयी किसिमले हमेसाका लागि गुमनाम फेड आउट भइन्।

आजकल… आजकल…!! क्यालपोर्निया थेम्स नदीभित्रको एकान्त गहिरो गुफामा डेभिस माइल्सका अमर धुनहरूसँग एकाकार हुँदै एकाग्रमा मातिएकी हुन्छिन् उही आफ्नो अभूतपूर्व प्रेमी हुसेनका तीक्ष्ण यादहरूमा…।

हालः बेलायत

प्रतिक्रिया
Loading...