काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ ।
राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिबेशनले आगामी दुई बर्षेका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनले साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।
बरिष्ठ उपाध्यक्षमा बद्रिबाबु पोखरेल चयन भएका छन् भने दुई उपाध्यक्षमा सवी श्रेष्ठ र विशेष आत्रेय निर्वाचित भएका छन् । समाजको महासचिवमा अर्जुन बराहाली निर्वाचित भएका छन् भने सचिवमा शम्भु सिलवाल चयन भएका छन् । यस्तै कोषाध्यक्षमा बिजय गुरुङ र सह–कोषाध्यक्षमा बिद्या आचार्य निर्बाचित भएका छन् ।
यस्तै सदस्यहरुमा यादव देवकोटा, अरुन भेटवाल, सागर शाह, नविन पाण्डे, शान्ति अर्याल, रमेश भट्टराई, रितु पाख्रीन तामाङ, दिव्यकान्त उप्रेती, सोम अनुराग बस्नेत, स्मिता सत्याल र किरण लिम्बु चयन भएका छन् ।
समाजले पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकर बहादुर हमाललाई समाजको संरक्षकमा चयन गरेको छ । यस्तै समाजको सल्लाहकारमा अनेसासका केन्द्रीय उपाध्यक्ष सुनिल संगम, एनआरएनए आईसिसी सदस्य नारायण काजी मगर, अर्का आईसिसी सदस्य रविन अधिकारी, एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे र समाजका निवर्तमान अध्यक्ष वाईवी गुरुङलाई चयन गरेको समाजले जनाएको छ ।
बिगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील स्पन्दन समाजको सचिव, महासचिव हुदैं हाल अध्यक्षमा निर्वाचित भएका हन् ।
नवनिर्वाचित अध्यक्ष स्पन्दनले गत बर्ष युरोपको अन्तिम बिन्दु पोर्चुगलको काबो दा रोकाबाट एकैपटक दुई वटा गजल संग्रह ‘भिजाएर गयौं’ र ‘अविरल स्पन्दन’ बिमोचन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।