अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरका अध्यक्ष गिरिजा गैह्रे स्याङ्जामा जन्मनुभएको हो । उहाँ  २०१५ मा अध्ययनका लागि जापान पुग्नु भएको थियो । सोही अवधिमा कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै हाल उहाँ अनेसास जापानका अध्यक्ष हुनुहुन्छ ।

जापानमा रहेका ९३ नेपालीको साझा साहित्य मञ्चका रूपमा अनेसास जापान च्याप्टरलाई अघि बढाउन दृढ गैह्रेका कयौँ फुटकर रचनाहरू प्रमुख सञ्चारमाध्यमहरूमा प्रकाशित छन् ।