सिर्जना उत्सव, बोस्टन (अमेरिका)ले आइतबार जुम प्रविधिमार्फत (जूमघट) “कवितामा दसैँ” कार्यक्रमको आयोजना गरेको छ ।

अमेरिकी पूर्वीय समयअनुसार रातिको ९.४५ बाट सुरु भएको कार्यक्रम करिब ४ घन्टासम्म चलेको थियो ।
कार्यक्रममा कविहरूले विजया दशमी २०७७ को शुभकामना व्यक्त गर्दै सिर्जना वाचन गरेका थिए ।

ई-नेप्लिज र रेडियो हिमालयनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कवि मञ्जुल, किशोर पहाडी, कृष्ण कुशुम, पुरु सुवेदी, आरएम डंगोल, नीलम कार्की निहारिका, सन्ध्या पहाडी, गीता कार्की, नारायण अधिकारी, सुदीपभद्र खनाल, सुष्मिता नेपाल, मोदनाथ सादा, छविरमण सिलवाल, डा. काशीराज पाण्डे, सोमनाथ सुवेदी लगायतले सिर्जना वाचन गरेका थिए।

यसैगरी चेतनाथ धमला, सतीश त्रिपाठी, गंगा लिगल, लालगोपाल सुवेदी, नवीन उप्रेती, सुभद्रा पराजुली, हरिलाल शर्मा, पवन लामिछाने, केशवराज ज्ञवाली, सिर्जना शर्मा, सर्वज्ञराज पौडेल, उर्मिला पन्त, रश्मी रिमाल, विकास चित्रकार, जानुका ढुंगेल खनाल, शशी थापा पण्डित, शर्मिला पोखरेल, अनुजा घिमिरे, विजया सिंखडा, राम शरण हुमागाई, रोजा वली, राधिका कल्पित, राधिका गुरागाईं, अग्नि पराजुली, नुहा‍ङ राई, इमानु राई, राजेश क्रान्तिकारी, सर्वज्ञ वाग्ले, डा मुकुन्द पथिक, पुष्कर बराल, महेश्वर पन्त लगायतले पनि कविता, गीत, गजल र मुक्तक वाचनसहित शुभकामना व्यक्त गरेका थिए ।

सतीश चापागाईंको बहुचर्चित कविता “विमानस्थलमा बा” को श्रव्यदृश्य र पदम विश्वकर्माको सांगीतिक दसैँ गजल प्रस्तुत गरिएको कार्यक्रममा बोस्टनका चर्चित सारंगीवादक सुशील गौतमले मालश्री धून पनि पस्केका थिए ।

महेश्वर पन्तको प्राविधिक संयोजन रहेको उक्त कार्यक्रममा दीपा राई पुनले कविता वाचनसहित अतिथिको स्वागत गरेकी थिइन् भने ममता कर्माचार्यले धन्यवाद ज्ञापन गर्दै सिर्जना प्रस्तुत गरेकी थिइन् । कार्यक्रम गोवर्ध्दन पूजाको संयोजनमा आयोजना गरिएको थियो ।