स्याङ्जा फेदिखोलामा जन्मिएका मुक्तककार के.बी. पारखी पछिल्लो एक दशकदेखि जापानमा क्रियाशील छन् । जापानजस्तो अत्यन्तै व्यस्त जीवनशैली भएको देशमा आफ्नो आर्थिक उपार्जनको कर्मसँगै साहित्य कर्मलाई पनि सँगसँगै डोराउनु निकै चुनौतिपूर्ण छ । व्यस्तताको बीचमा पनि मुक्तककार पारखीको साहित्यिक सक्रियता निकै लोभलाग्दो छ । टोकियोमा आयोजना हुने विभिन्न संघ संस्थाका साहित्यिक कार्यक्रमहरूमा उनी प्रायः पुगिरहन्छन् र आफ्ना मुक्तकहरू सुनाइरहन्छन् । मुख्य विधाका रूपमा नेपाली मुक्तकलाई अगाडि बढाएका पारखी कविता पनि लेख्ने गर्छन् । २०७९ मा उनको ‘मनको मन्दिर’ मुक्तकसंग्रह प्रकाशित भैसकेको छ ।
मुक्तकको मानक स्वरूपलाई अघि बढाउन लागिपरेका पारखी मुक्तक लेखनका सन्दर्भमा भन्छन् – “मुक्तक लेखन मेरो ध्यान हो, साधना हो, सन्तुष्टि हो । नेपाली मुक्तक विधाको संरक्षण, सम्बर्द्धन र उन्नयनको लागि सदैव लागिपर्ने प्रण गर्दछु ।”
मुक्तककार के.बी. पारखी नैतिक चेतना, सामाजिक यथार्थ र आत्मानुशासनलाई मूल आधार बनाउने स्रष्टा हुन् । सरल र सरस भाषा शैलीमा बान्की मिलेका चोटिला मुक्तक लेख्ने पारखीका मुक्तकहरूमा व्यंग्य र चेतनाको सुन्दर सन्तुलन रहने गर्छ । चतुष्पदीय संरचनामै पनि जीवनदर्शन बोकेका गहिरा र प्रभावकारी सन्देश दिनु उनको विशेषता हो । जापानमा रहेर मुक्तक लेखनमा अहोरात्र खटिएका उनै के.बी. पारखीका चारवटा मुक्तकहरू आजको मुगलानी चराको १३ औँ शृङ्खलामा प्रस्तुत गरेका छौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 










