बालबालिकालाई नेपाली भाषा र साहित्यको बारेमा जानकारी गराउने, सिर्जनात्मक लेखनको प्रशिक्षण दिने र उनीहरूको प्रतिभा प्रष्फुटनमा सहयोग पुर्याउने उद्देश्यले स्थापित अनेसास बालसाहित्य समितिले निरन्तरता पाएको छ ।

डा. केशव शर्माको संयोजनमा बनेको समितिमा थप ११ जना सदस्य र ५ जना सल्लाहकार मनोनित भएका छन् ।

समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले समितिका  सदस्यहरूलाई मनोनयन गरेको हो ।

बाल साहित्य समितिका संयोजक डा. केशव शर्मा रहेका छन् भने प्रवीन टण्डन (अस्ट्रेलिया), ईश्वर बगाले (अमेरिका), केबी पारखी (जापान), गङ्गा बस्नेत (कोरिया), खेमराज सुवेदी (कतार), अर्जुन घिमिरे (पोर्चुगल), विष्णुमाया बिभू (नर्वे), सुभद्रा पराजुली (अमेरिका), लक्ष्मी उप्रेती (नेपाल), सन्जय राई ‘छुच्चा’ (सेसेल्स), अग्नि पराजुली (अमेरिका)
रहेका छन् ।

यसैगरी सल्लाहकारहरूमा रामबाबु सुबेदी (नेपाल), प्रमोद प्रधान (नेपाल), प्रभा भट्टराई (नेपाल), परशु तिमिल्सिना (अमेरिका) र आलोक चालिसे (जापान) रहेका छन् ।