धरतीको सबैभन्दा बुद्धिमान मानिस

लियोनार्दो दा भिन्ची

१५ अप्रिल १४५२ मा जन्मिएका लियोनार्दो दा भिन्चीलाई धरतीको सबैभन्दा बुद्धिमान मानिसमध्ये एक मानिन्छ । अर्को रोचक कुरा, उनी अविवाहित बाआमाबाट जन्मिएका अवैध सन्तान थिए । पाँच वर्षसम्म आमाको साथमा बिताएपछि पछि उनी बुवासँग बस्न थालेका थिए ।

उनी महान चित्रकार मात्र नभएर वैज्ञानिक, खगोलविद, लेखक, गणितिज्ञ, जीव वैज्ञानिक वनस्पति विज्ञ, इन्जिनियर, वास्तुशास्त्रको ज्ञाता, हार्मोनिक, र दार्शनिक थिए । एउटै मान्छेमा यति धेरै प्रतिभा हुनु भनेको हामी जस्ता सामान्य मान्छेको लागि दुर्लभ संयोग मात्रै हो ।

उनी कहिल्यै विद्यालय गएनन् । उनी सानैदेखि प्रकृतिप्रेमी थिए । चराहरुप्रति सानैदेखि उनको लगाव थियो । उनले आफ्नो सिङ्गो बाल्यकाल जङ्गल डुलेर चराहरू हेरेर बिताए । कतै पिँजडामा थुनिएको सुगा देखे भने तुरुन्तै त्यो सुगालाई किन्थे र खुल्ला आकाशमा उडाइदिन्थे । उनलाई पशुपन्छिमाथि गरिएको अन्याय कहिल्यै मन परेन । पशुपन्छिको हत्या गरेर मासु खानेहरूलाई उनले कहिल्यै मन पराएनन् । प्रकृतिको काखमा बसेर नै उनले आफ्नो मस्तिष्कलाई मज्जाले तिखारे र आफूलाई विश्वविख्यात मानव बनाए ।

उनी एकैपटकमा एउटा हातले चित्र कोर्न र अर्को हातले कथा लेख्न सक्थे । यति मात्रै हैन । उनले अक्षरलाई उल्टो बनाएर पनि लेख्थे । (जसलाई मिरर राइटिङ भनिन्छ) उनले लेखेको उल्टो अक्षर पढ्न ऐनाको प्रयोग गर्नुपर्थ्यो । उनले अक्षरलाई उल्टो बनाएर लेख्नुको कारण चाहिँ आफ्ना केही रहस्यहरुलाई गोप्य राख्नु थियो । यही कारण उनका धेरै अविस्कारहरु समयक्रमसँगै लोप भएर गए ।

नेपाली शेक्सपियर

बालकृष्ण सम

२४ माघ १९५९ मा जन्मेका बालकृष्ण सम नेपालका नाट्य सम्राट अर्थात् नेपालका शेक्सपियर हुन् । २००७ सालको क्रान्तिपछि समस्त नेपालीसँग बराबरिपन देखाउन उनले आफ्नो शमसेर थर हटाएर सम लेख्न थालेका थिए ।

१० वर्षको उमेरदेखि नै उनी साहित्यिक साधनामा लागेका थिए । तर युवाकालमा सेनाको लेफ्टिनेन्ट कर्नेलसम्म भएका समलाई साहित्यको भोकले नराम्ररी सताएको थियो । अन्ततः आफ्नो सहित्यिक भोक मेटाउन उनले आफ्नो कर्नेल पद छोडेर साहित्य साधनामा लागे ।

उनी नेपालका तीन त्रिमूर्ति (देवकोटा, लेखनाथ र सम) मध्येका एक सदस्य हुन् । उनी नाट्यकर्मी मात्र नभएर कुशल समालचोक र कवि पनि थिए । उनका धेरैजसो नाटकहरू शेक्सपियरबाट प्रेणीत भएको पाइन्छन् । उनी जन्मनु अघि कविता र कथाको मात्रै माहोल थियो । नाटकको खासै वास्ता थिएन । उनी एक मात्र पहिलो नेपाली हुन्, जसले नाट्य कलालाई जीवित तुल्याएर । नाट्य विधालाई उच्च स्थान दिए ।

विश्वको पहिलो पोर्नोग्राफी उपन्यास

जोन क्लेल्याण्डद्वारा रचित विश्वविख्यात अश्लिल उपन्यास ‘फेनी हिल’ अ मेमोइर्स अफ व वुमन (आनन्दित महिलाको संस्मरण) लाई विश्वको पहिलो प्रकाशित पोर्नोग्राफी उपन्यास मानिन्छ । २१ नोभेम्बर १७४८ मा यो उपन्यासको पहिलो भोलुम प्रकाशन भएको थियो । दोस्रो चाहिँ १७४९ मा प्रकाशन भयो ।

उपन्यासको रमाइलो पक्ष भनेको उपन्यासमा लेखकले फोहोरी शब्द तथा अङ्गहरूको अस्पस्ट शब्दहरू समावेश गरेका छैनन् । बरू ती अङ्गहरूलाई साहित्यिक शब्दावली प्रयोग गरेका छन् । जस्तोकि योनीलाई ‘योनी’ नभनेर ‘नेथर माउथ’ (अर्को मुख) भनेका छन् । लेखकले यो उपन्यास लण्डनको एउटी वेश्याको सपनालाई आधार बनाएर लेखेका छन् ।

क्लेल्याण्ड पहिला बेलायती सेनाका निजामति कर्मचारी थिए । पछि १७२८ मा सरूवा भएर बम्बई पनि आएका थिए । सेनाका निजामती कर्मचारी भए पनि उनलई धेरै तिरको ऋणले च्यापेको थियो । ऋणकै कारण १७३० मा उनलाई जेल हालियो । जेलमा बसेर नै उनले ‘फेनी हिल’ लेखेका थिए । क्लेल्याण्डलाई त्यो बेला नै ८०० मिलियन भन्दा बढी ऋण लागेकोले उनले कुनै हालतमा उक्त ऋण तिर्न सकेनन् । अन्ततः आफूले कुनै पनि हालतमा ऋण तिर्न नसक्ने भनेर सरकारलाई निवेदन गरे । पछि बेलायत सरकारले ऋण मिनाहा गरेर उनलाई प्रतिभाशाली व्यक्ति भनेर वार्षिक १०० मिलियन दिन थाल्यो ।

उपन्यास प्रकाशन भएपछि उनी फेरि पनि विवादमा तानिए । उपन्यास प्रकाशन भएको आठ महिनापछि उनी फेरि पक्राउ परे ।

उनको यो उपन्यासलाई १९६६ मा अमेरिकाले १९८० मा इङ्गल्याण्डले कानुनी प्रतिबन्ध लगायो । यो नै सबैभन्दा धेरै प्रतिवन्ध लगाइएको विश्वको पहिलो उपन्यास हो ।

सङ्कलनः मिलन कार्की ।