हाम्रो - टिम

अश्विनी कोइराला | प्रधानसम्पादक

२०५४ सालदेखि पत्रकारिता र साहित्य दुबैमा कलम चलाउन थालेका कोइरालासँग २५ वर्ष लामो पत्रकारिताको अनुभव छ । उनले कान्तिपुर पब्लिकेसन्सको ‘साप्ताहिक‘ र ‘नारी’ पत्रिकामा विभिन्न पदमा रहेर २० वर्ष काम गरे । विराटगनरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘विराटनेसनल टाइम्स’बाट पत्रकारिता सुरु गरेका कोइरालाका उनी, जुकरबर्ग क्याफे, प्रेमालय र पारिजात गरि चारवटा कृति प्रकाशित छन् । पछिल्लो समय उनी अनलाइनखबर डट कममा दुई वर्ष साहित्य विभागका प्रमुख थिए । नेपाली साहित्यमा स्नातकोत्तर कोइराला युवा पुस्ताका लोकप्रिय लेखक पनि हुन् ।

कृष्ण ढुंगेल | कार्यकारी सम्पादक

साहित्य लेखन र पत्रकारितामा विशेष रूचि राख्ने कृष्ण ढुङ्गेल साहित्यपोस्टका कार्यकारी सम्पादक हुन् । आधा दर्जन बढी पुस्तकहरूको सम्पादन गरिसकेका ढुङ्गेलको मौलिक कृति “मिराज” उपन्यास प्रकाशित छ । गैरआख्यान विधाको उनको दोस्रो कृति प्रकाशनको तयारीमा छ ।

सर्वज्ञ वाग्ले | अन्तर्राष्ट्रिय संयोजक

अमेरिकामा रहेर पनि प्रत्येक दुई वर्षमा पुस्तक प्रकाशन गरिरहेका वाग्ले गैरआवासीय नेपालीको भाषा, साहित्य, संस्कृति र सम्पदा विभागकामा सन् २०१७ देखिका कार्यकारी सदस्य हुन् । उनका जुवाघर (हाँस्यव्यङ्ग्य) क्यासिनो (कथा संग्रह) युधिष्ठिर (कथा संग्रह) साँढे (हाँस्यव्यङ्ग्य) र पुनर्वास (उपन्यास) पुस्तकहरु प्रकाशित छन् । गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रहेका वाग्ले पुर्नवास उपन्यासबाट चर्चामा आएका हुन् । उनी अमेरिकामा सामाजिक अभियन्ता र पत्रकारका रुपमा पनि उत्तिकै सक्रिय छन् । वाग्ले अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हुन्।

तेज विनोद | अमेरिका संयोजक

पेशाले सप्टवेयर इन्जिनियर विनोद पौडेल साहित्यमा तेज विनोदका रुपमा प्रख्यात छन् । अमेरिकाको क्यालिफोर्नियामा बसोवास गर्ने तेज विनोद लेखक, पत्रकार र सामाजिक अभियन्ता पनि हुन् । उनी विनोदका अक्षर स्तम्भमा देश दुनियाका विषयमा छोटो मिठो लेख लेखिरहन्छन् ।
इमेल :- newsbinodp@gmail.com
फोन :- +17073809225

सञ्जय शान्ति सुवेदी | न्युजिल्याण्ड संयोजक

२०५५ सालदेखि साहित्य लेखन सुरु गरेका सञ्जय शान्ति हाल नेपाली साहित्य समाज न्युजिल्याण्डका अध्यक्ष छन् । उनी गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिका सदस्य पनि हुन् । पोखरामा जन्मिएका उनले भौतिकशास्त्रमा स्नातक एवं वजारशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

नेपालमा छँदा पत्रपत्रिकाको सम्पादन गर्ने उनको रुचि भने कविता र कथामा छ ।

ज्ञानबहादुर थापा बगाले | म्यानमार (बर्मा) संयोजक

२०२५ सालमा मोगोक, बर्मामा जन्मिएका ज्ञानबहादुर थापा सार्वजनिक जीवनमा बगाले थापाका रुपमा चीरपरिचित छन् । उनी कथा, कविता, निबन्ध र हाँस्यव्यङ्ग्यमा कलम चलाउँछन् । थापा केन्द्रीय म्यान्मा गोर्खा संघ केन्द्रीय शिक्षा विभाग प्रमुख हुन् । उनका नाताभित्रका लुकेका कथाहरु, मान्छे न.२०९, रित्तो आकाश, भ्रम र यथार्थ र बगालेका हाँस्यव्यङ्ग्य निबन्धहरु प्रकाशित छन् । बगाले नेपाली बाहेक म्यान्मा भाषामा पनि नियमित लेखिरहन्छन् ।

एरावती पत्रिकाका सम्पादक वगालेले दर्जनौ सम्मान पनि प्राप्त गरेका छन् । बर्मामा नेपाली भाषा बचाउका उनी प्रमुख अभियन्ता मध्ये एक हुन् ।

अरुण पौडेल | जापान प्रतिनिधि

भरतपुर–२० का स्थायी वासिन्दा पौडेल २०६१ सालदेखि साहित्य लेखनमा सक्रिय छन् । उनका बाडुल्की र यादहरु (मुक्तक सङ्ग्रह—२०७२), स्टाटस सङ्ग्रह (२०७५) प्रकाशित छन् । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य, चितवन साहित्य परिषद् नेपालका आजीवन सदस्य, मुक्तक प्रतिस्ठान नेपालको सदस्य र अनेसास जापान च्याप्टरका उपाध्यक्ष छन् । उनलाइ ०८१-८०४३६३२०४६९ मा सम्पर्क गर्न सकिन्छ ।

रोशन भट्टराई | कोरिया संयोजक

विराटनगर मोरङ्मा जन्मिएका रोशनको मुख्य रुचि गायन र मोडलिङ् थियो । आफ्नालागि गीत लेख्दालेख्दै यिनी गितकार बने । सन् २००७ मा नेपाली गिती एल्बम प्रकाशन गरेका उनका केही म्युजिक भिडियोहरु पनि छन् । सामायिक विषयहरुमा लेखहरु पनि लेख्ने रोशन सन् २००४ देखि दक्षिण कोरियामा बस्दै आएका छन् ।

राजधानी सोउलमा उनी लुम्बिनी ब्राण्डको नेपाली रेस्टुरेन्ट छ । त्यहीँबाट उनले नेपाली परिकारहरुको अन्तर्राष्ट्रियकरणको प्रयास गरिरहेका छन् ।

मायामितु | जिल्ला प्रतिनिधि (झापा)

२०५८ सालदेखि अग्निपथ साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी माया मितुले मिरर टाइम्स, पूर्वाञ्चल दैनिक, नेपालवाणि रेडियो, राजधानी दैनिक हुँदै रेडियो वीरगञ्जका लागि पत्रकारिता गरिन् । पत्रकारिता र साहित्यसम्बन्धी पुरस्कार पनि प्राप्त गरेकी उनी नियमितजसो लेख लेख्छिन् । हाल उनी रेडियो भिजन झापामा कार्यरत छिन् ।

सम्भु अर्याल | जिल्ला प्रतिनिधि (स्याङ्जा)

अंग्रेजी साहित्यमा स्नातकोत्तर अर्याल २०७० सालमा वालिङ बहुमुखी क्याम्पस खुल्ला कविता प्रतियोगितामा प्रथम भएपछि चर्चामा आएका हुन् । वालिङ् क्याम्पसमै भएको खुला गजल प्रतियोगिता (२०७१) मा पनि उनी प्रथम भए । उनी चितवन साहित्य परिषद्का आजीवन सदस्य हुन् । उनको सेतो सुनखानी कविता सङ्ग्रह प्रकाशित छ । स्थानीय तहमा हुने साहित्यिक कार्यक्रमहरुका उनी मियो हुन् ।

एम जे (मृत्युञ्जय) झा | आख्यान सम्पादक

मल्टिमिडिया र ग्राफिक्स डिजाइनमा विशेष रुचि भएका राज सिटौला डाटा विज्ञानमा पनि दख्खल छन् । विज्ञापन एजेन्सीहरुका लागि ग्राफिक डिजाइन गर्दै आएका राज साहित्यमा रुचिका कारण साहित्यपोस्टमा जोडिएका हुन् । उनी आख्यान र इतिहास अध्ययनमा पनि रुचि राख्छन् । उनलाई www.sraj.com.np मा भेट्न सकिन्छ ।

राज सिटौला | कला सम्पादक

मल्टिमिडिया र ग्राफिक्स डिजाइनमा विशेष रुचि भएका राज सिटौला डाटा विज्ञानमा पनि दख्खल छन् । विज्ञापन एजेन्सीहरुका लागि ग्राफिक डिजाइन गर्दै आएका राज साहित्यमा रुचिका कारण साहित्यपोस्टमा जोडिएका हुन् । उनी आख्यान र इतिहास अध्ययनमा पनि रुचि राख्छन् । उनलाई www.sraj.com.np मा भेट्न सकिन्छ ।