विषय प्रवेशः 

‘आमाले सक्नुहुन्छ’ पुस्तक आन्विका गिरीमार्फत लेखिएको हो, सचित्र कथा-शृङ्खला हो । यो पहिलो पटक सांग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको थियो। यस पुस्तकको बाहिरी आवरण टाइम क्रिएसनले बनाएको हाे । यस पुस्तकमा चित्रहरू कुलदीप (जंगबहादुर गुरुङ) ले बनाएका हुन् । यस पुस्तकमा  आमाले सक्नुहुन्छ, आमाको बचत, काम जसले गरे नि भो !, आमाले हिसाब जान्नुभयो, आमाले बराबरी गर्नुभयो, आमाले भन्नुभयो, लुक्नु पर्दैन, आमाको दोकान खुल्यो गरी सातवटा अध्यायहरू छन् ।

प्रसिद्धि डङ्गाेल

यो पुस्तकमा लिङ्गको आधारमा मान्छेहरूलाई गरिने कामकाे भेदभाव  र यसले बालबालिकाकाे मस्तिष्कमा पर्ने असरकाे राम्राे वर्णन गरिएकाे छ ।  किनभने यस पुस्तकमा बाबु पात्रले खाना पकाउने र आमा पात्रले बाहिरकाे साहसी काम गरेकाे  देखाइएको छ । केटी र केटाहरू बीचको भेदभावको कुरालाई पनि यस पुस्तकमा भनिएको छ । यस पुस्तकका पात्रहरूले, खेलकुद केटाहरूको लागि हो र घरका कामहरू केटीहरूको लागि हो भनेर सोच्छन् । यसले हामीलाई गाउँमा महिनाबारी भएको र यसका कारण केटीहरूलाई हुने भेदभाव र आमाहरूले आफ्ना सन्तानहरूलाई धेरै माया गरेको कुरा पनि देखाएको छ ।

 

कथावस्तुः 

एक दिन माधवी आमाबुवासँग तरकारी बेच्न गएकी थिइनन्  । त्यसबेला तरकारी बेच्न  उनका  दाजुभाइ गए तर फर्केर आउँदा उनीहरू दु:खी देखिए र उनले  उनीहरूलाई के भयो भनेर सोधिन्  र उनीहरूले उसलाई केही चोरहरूले उनीहरूसँग भएको सबै कुरा लुटेको बताए । उनी दुखी थिइन् त्यसैले अरू केही गरिनन्  । एक दिन माधवी सुतिरहेकी बेलामा उनको अनुहारमा पानी टप्कन थाल्याे, उसले आँखा खोल्दा उसले आफ्ना आमाबुबा र दाजुभाइहरूलाई प्लास्टिकले बेरेर बसेको देखिन् र माधवी उनीहरूकहाँ गइन् र उनीहरूसगैँ त्यसरी नै बसिन् ।

रातभरि छाना फुटेको र पानी परेको कारणले उनीहरूले तुरुन्तै मिलाउन नसकेका कारण पानी नचुहिहोस् भनेर आमाले ठुलो प्लाष्टिक ल्याउनुभयो । एक दिन माधवीलाई चन्द्रमा हेर्न मन लाग्यो । त्यसैले उनले प्लाष्टिकमा प्वाल पारिन् र हेरिन् । एक दिन माधवीकाे  विद्यालयले वनभाेज कार्यक्रमकाे  आयोजना गर्याे । तर उनीहरूले एक सय रुपैयाँ ल्याउनुपर्थ्याे । माधवीले आमालाई सोधिन् तर उनले उसलाई पैसाबिना नै जान भनिन् । उनकी साथी चाँदनीले पनि भनिन्, “उनी आउन त सक्छिन् तर उसले बुबालाई सोध्न डराएकी थिइन् त्यसैले उनी आइनन् ।”

वनभाेजमा ट्र्याक्टरमा चढेर उनीहरू त्यस ठाउँमा गए । सबै काम केटीहरूले गर्नुपरेको थियो र  केटाहरू खेल्दै मात्रै थिए त्यो देखेर  माधवीले सोचिन् कि  चाँदनीले नआएर सही गरेकी थिइन् । आमाले आफूलाई हिसाब कसरी गर्ने भनेर थाहा नभएको कारणले उसलाई सधैँ हिसाब सोध्नुहुन्थ्यो  तर बिस्तारै उनीहरूले केही पैसा गुमाएपछि सुरुमा आमाले  माधवी र प्रकाशलाई दोष दिनुभयो तर उनले चाहेभन्दा बढी पैसा दिन्थिन् र लिन्थिन्।

विस्तारै विस्तारै प्रकाश बदलिन थाल्याे । सधैँ सँगै विद्यालय जाने दाइ माधवी र भाइलाई छाेडेर जान थाल्याे  । आफ्नाे दाइले किन त्यसो गर्याे भनेर माधवी धेरै अलमल्ल परिन् र अन्त्यमा उनले थाहा पाइन् कि उनको दाइ आफ्ना साथीहरूसँग स्कूल जान्थ्यो। उनको भाइलाई उसको दाइ मन नपरेका कारणले गर्दा ,एक दिन जब उनीहरूकी आमा फर्किनुभयो तर  उनको साईकलको क्यारियरमा एउटा गोलो सामान थियो र उनीहरूले भित्र हेरे, त्यो फुटबल थियो ।

त्यो देखेर उनीहरू धेरै उत्साहित भए तर आमाले उनीहरूलाई त्यो हाम्राे होइन भन्नुभयो । तर पछि उनीहरू धेरै दुखी भएकाले उनीहरूलाई दिन राजी भइन् तर उनीहरूले यसलाई सफा गरेर दिनहुँ फिर्ता राख्नुपर्थ्यो। दाइले जहिले साथीहरूकहाँ फुटबल खेल्न जान्थे र एक दिन माधवी र उसको भाइ आफ्नो ठुलो दाइसँग खेल्न जाँदा उसले भन्यो कि, “तिमीहरूले उसँग खेल्न मिल्दैन ।” र उनीहरू धेरै दुखी थिए र त्यसपछि उनीहरू सधैं झगडा गर्न थाले ।

त्यसैले उनकी आमाले एक दिन माधवी खेल्ने, भोलिपल्ट सानो भाइ खेल्नेछ र त्यसपछि उसको दाइले खेल्नेछ भन्नुभयो । उनी आफ्नो  कान्छो भाइसँग खेल्थिन् र त्यसैले उनीहरू दुई दिन खेल्न पाउथे जबकि दाइले एक दिन मात्र पायो । एक दिन जब माधवी उठिन् दाइले उसको सानो भाइलाई लुगा लगाइदिएकाे थियो र उसले भाइलाई स्कूल लैजान्छु भन्यो ।

उसको भाइ धेरै खुसी थियो त्यसैले उनले केही बोलिनन् तर उनी धेरै अलमलमा थिइन्। त्यो दिन पछि भाइले दिदीसँग कम बोल्न थाल्यो। एक दिन पानी परिरहेको बेला माधवीले आफ्नो सानो भाइ र ठुलो दाइ दुवैलाई रूखमुनि बसेको देखिन् ।   माधवीले दाइलाई बाेलाइन् तर दाइ नआएपछि उनको भाइ आयो र दिदीको छातामुनि हिड्ँ‍न थाल्यो ।

माधवी धेरै जिज्ञासु स्वभावकी भएकाले उनले भाइलाई उसले किन मसँग नबोलेको भनेर सोधिन् र भाइले भन्यो कि दाइले ऊ केटीहरूसँग हिँडेमा उसका साथीहरूले उसलाई जिस्काउने छन् । यस कुराले माधवी  छक्क परेकी थिइन् तर  केही बोलिनन्।

एक दिन अन्तरविद्यालय स्तरीय  फुटबल प्रतियोगिता आयोजना  भएकाे खबर विद्यालयमा आयाे । माधवी पनि खेल्न चाहन्थिन् तर शिक्षकहरूले उनलाई अनुमति दिएनन् । खेलको क्रममा अचानक बल उनीतर्फ आयो र ठोकियो । के गर्ने भनेर उनी निकै अलमलमा परिन्। त्यहाँ बल लिन  केटा आइपुगेको थियो तर उनले लात हानेर गोल गरिन् । त्यसपछि शिक्षकले उसलाई बोलाएर त्यही गर्न भन्नुभयो तर  उनी डराएर बल हानिन्  ।

दुबैजना अभ्यास गर्न आएका थिए तर अभ्यासको क्रममा उसको दाइ आफैं बल लिएर गोल गर्ने प्रयास गर्थाे  तर त्यो पोलमा ठोक्किएपछि शिक्षकले उनलाई बोलाएर गाली गरेर माधवीले आफ्ना साथीहरूसँग समूह बनाएर कसरी गोल गरिन् भनेर देखाउनु भयो । घर आएपछि उनका दाइले उसलाई थप्पड हाने र उनी धेरै रिसाइन् त्यसैले उसले पनि उनलाई थप्पड हानिन् ।  उनीहरू झगडा गर्न लागेका थिए जब उनका आमाबाबु आए र उनीहरूलाई अलग गरे ।

 फाइनलको लागि छनोट गर्ने समय आयो र त्यसमा उनीहरू दुबैले निर्णय लिनुपरेको थियो । तर जब शिक्षकले उनीहरूलाई को हो भनेर सोधे उनीहरूले एकअर्काको नाम मात्र भने । एकअर्काको प्रशंसा गरे । त्यो बेला बल्ल उनीहरू दुबै छक्क परे । अन्ततः माधवी छनोट भइन् र उनले आफ्नो टिमलाई जिताउन सफल भइन् र उनले ‘उत्कृष्ट खेलाडी’को अवार्ड पनि प्राप्त गरिन् ।

माधवीकी साथी रश्मि महिनावारी हुँदा अध्याँराे घाम नआउने फाेहाेर काेठामा राखिएकाे थियाे । माधवी रश्मिलाई भेट्न जाँदा त्यस अवस्थामा साथीलाई देख्दा निकै दुखी भइन्  । म पनि यसरी लुक्नुपर्ने हाे कि भन्ने चिन्ताले उसलाई सताएकाे थियाे । एक दिन उसकी साथी रश्मिले तीन फरक रङमा लेख्न सक्ने नयाँ कलम किनिन् (रातो, नीलो र कालो) र त्यो उसका बुबाले ल्याउनुभएको थियो । त्यसपछि माधवीले मूल्य सोधिन् र २५० रुपैया हो भनेर रश्मिले भनिन् ।

आमालाई माधवीले त्यही भनिन् तर आमाले बेकारको कुराको लागि पैसा नभएको बताउनुभयाे  । त्यसपछि माधवीले त्यस्तै कलम चाहियाे भनेर धेरै दिनसम्म नखाई बसिन् तर माधवीकी मिल्ने साथी रश्मिले उनलाई त्यस्तै खालकाे कलम ल्याइदिइन् त्यसपछि रश्मि खुसी भइन् ।

एक दिन माधवीका काकाले  काका आए र उनको हातमा एउटा सामान थियो। त्यो कपडाले छोपिएको थियो । जब तिनीहरूले त्यसलाई खोले तिनीहरूले देखे कि टिभी रहेछ । उनीहरू धेरै खुसी भए तर कालो र सेतो भएको थाहा पाएपछि उनीहरू दुःखी भए। पछि दाइको एकजना साथीले पनि फ्ल्याटस्क्रिन टिभी पाए । उनीहरूलाई टिभी अझ बढी चाहियो र त्यसपछि आमाले पसलका लागि पैसा जम्मा गरिरहेकी छिन् भन्ने थाहा भए पनि उनीहरूले टिभी चाहिएर खाना नखाने निर्णय गरे। केही दिन भइसकेको थियो र आमाले उनीहरूलाई खान खुवाउन खोज्न छाडेकी थिइन् ।

पछि आमाबाबुले खाना लिएर आउँदा भाइ धेरै भोकाएको थियो ।  त्यसैले उनीहरूले उसलाई मात्र खान भने तर जब उनका बुवाले आमाले टिभी लिने निर्णय गरे भनेर बताउनुभयो उनीहरू निकै खुसी भए । आमाको दुखी अनुहार देखेर उनीहरू अलिकति दुखी भए भने भाइले चाँहि कहिले टिभी पाउँला भनेर मात्र सोधिरहेको थियो।

एक दिन माधवी स्कुलबाट फर्किँदै गर्दा थाकेकी थिइन् । त्यसैले उसले अरूलाई जान भनेकी थिइन् र बिस्तारै घर फर्किइन्  । त्यसपछि शौचालय गएपछि उनले रगत देखिन् र  महिनावारी भएको थाहा पाइन् ।  माधवी त्यो देखेर डराएकी थिइन् र आमालाई महिनावारी भएकाे कुरा बताइन् । आमाले बुझेकोमा माधवी एकदमै खुसी भइन् र उसको साथीलाई भनिन् जो उसको लागि खुसी भइन् ।

एक दिन जब उसकी काकी उनीहरूलाई भेट्न आएकी थिइन्, उनले आमाले पसल खोल्नुपर्छ र सबै पैसा टिभीमा खर्च गर्नु राम्रो होइन भनेर बताइन्। त्यसपछि रमेश दाइले पनि टि.भीभन्दा पसल महत्त्वपूर्ण छ भनेर सम्झाउनुभयाे । बल्ल  उनीहरूलाई गल्ती गरेको महसुस भयो र आफ्नो भाइलाई केही नबोल्न भने । टिभी नचाहेको भन्दै आमाबुवासँग माफी मागे । उनकी आमा निकै खुसी भइन् र अन्त्यमा उनले पसल खोलिन् र उनकी साथी रश्मिले त्यहाँबाट चक्लेटहरू किन्न सकिन् र अब उसकी आमालाई क्यालकुलेटर चलाउन आयाे र पसल राम्राे चलेपछि उनीहरूकाे अनुहारमा खुसी छायाे ।

 

पात्रहरू: 

यस पुस्तकका असल पात्रहरू माधवी, प्रकाश (उनीहरू सुरुमा अलि जिद्दी थिए तर पछि उनीहरूले आफ्नो गल्ती बुझे )  उनीहरूकी मेहनती आमा, बुबा, सानो भाइ किनभने उनीहरू सबैले केही राम्रो गर्ने प्रयास गरेका छन् र उनीहरूले केही गल्तीहरू गरे पनि उनीहरूकाे समाजले उनीहरूलाई स्वीकार गरोस् भन्ने चाहना राखेर गरेका थिए । यस पुस्तकको मुख्य पात्र माधवी हुन् किनभने यस पुस्तकका प्रायः सबै घटनाहरू उनीसँग सम्बन्धित छन् । सहपात्रहरू आमा, बुबा, प्रकाश, उसको सानो भाइ, उसका साथीहरू, काकी र काका, मजदुरहरू, शिक्षक शिक्षिका, उसका दाइका  साथीहरू इत्यादि हुन् ।

खराब पात्रहरू चोरहरू हुन् जसले तरकारी बेच्न जाँदा माधवीका आमाबाबुका सबै कुरा चोरेका थिए र उनीहरूलाई पनि कुटेका थिए मलाई साथीहरू नराम्रा  पात्र हुन् भन्ने लाग्यो किनभने उनीहरूले माधवीको कपाल कोर्दा हाँसेका थिए र उनको बुबा घरमा खाना पकाउन र आमाले काम गर्ने हुनाले उनीहरूले उसलाई जिस्काए तर समाजले उनीहरूलाई यही सिकाएको र हुर्काएको हो ।

 

परिवेश:

यस पुस्तकको  मुख्य परिवेश नेपालको तराई क्षेत्र रहेको छ जसमा माधवीकाे स्कुल, उसको घर, एउटा गोठ, शौचालय, उसको विद्यालयको कक्षा, फुटबल मैदान आदि स्थलगत परिवेशकाे रूपमा समावेश छन्।

यो पुस्तकले कामको आधारमा मानिसहरूप्रति गरिएकाे भेदभाव देखाएकाे छ ।  अवस्थागत परिवेशमा माधवी आफ्नो दाजुभाइसँग स्कूल जान्छिन्, उसका आमाबाबुले तरकारी बेच्छन्, एक दिन उनीहरू लुटिए, एक दिन उनीहरूको छाना हावाले उड्यो, आमाले प्लास्टिकले छोपिन्, उनी चन्द्रमा हेर्न प्लाष्टिकमा प्वाल च्यातिन्, पछि टिनको छाना लगाए, वनभाेजमा समेत कामकाे विभेद भयाे । आमाले फुटबल ल्याउनुभयो,

उनीहरू फुटबलको लागि झगडा गरे,आमाले एउटा नियम बनाउनुभयो जसमा सबैले एक दिन खेल्न पाउँछन्,उनीहरूले झगडा बन्द गरे,भाइ र उसले दुई दिन खेल्न पाउँथे र दाइले एक दिन मात्रै ,दाइले उसको सानो भाइ स्कुल लग्यो, माधवीको सानो भाइले उनीसँग बोल्न छोड्यो,  स्कूलमा फुटबल प्रतियोगिता भयो, उनी र उनको दाइ छनोट भए, माधवी फाइनलमा छनोट भइन्, उनीहरूले जिते,  उनले “उत्कृष्ट खेलाडी” को अवार्ड पाइन्, उसकी साथी रश्मिले महँगो कलम किनिन्, माधवीलाई ईर्ष्या लाग्यो, उनले आमालाई कलम मागिन्, आमाले इन्कार गरिन्, धेरै दिनसम्म खाना खाइनन्, पछि रश्मिले त्यही पेन दिइन, उनी खुसी भइन्, माधवी स्कुलबाट घर आउँदै गर्दा थाकेकी थिइन्।

साथीभाइलाई जान भनेकी थिइन्, वाथरूम गएर थाहा भयो उसको महिनावारी भएछ, उसको साथी गोठमा बस्नु परेको याद आयो, आमालाई सबै कुरा भनिन्, उनले लुकाउनुहुन्न भनिन्, उनी खुसी भइन् र आफ्ना साथीहरूलाई यो कुरा सुनाइन्, आमाले पसल खोल्न चाहन्थिन्, उनले पैसा बचाउन सुरु गरिन्, उनका काकाले उनीहरूलाई पुरानो टिभी दिनुभयो, उनीहरू दुःखी थिए, उनीहरूले टिभी चाहिन्छ भन्दै धेरै दिनसम्म खाना खाएनन्, उनकी आमा टिभी किन्न राजी भइन्, पछि उनीहरूले आफ्नो गल्ती महसुस गरे, उनीहरूले माफी मागे, आमाले उनीहरूलाई माफ गरिन्, उनले आफ्नो पसल खोलिन् । यसको कालगत परिवेश करिब ५  देखि ७ वर्ष रहेकाे छ भने अहिलेकाे समयलाई पनि यसमा घटेका घटनाले सङ्केत गरेका छन् ।

 

निष्कर्ष: 

अन्त्यमा, यस पुस्तकले गाउँमा लिङ्गभेदका कारणले बालबालिकाकाे मानसिकतामा पर्ने असर, विद्यालय जस्ताे पवित्र शिक्षाकाे मन्दिरमा छात्रछात्रा र शिक्षकशिक्षिका बिच गरिने कामकाे निर्धारणले छात्रामा परेकाे असर जस्ताे प्रसङ्गलाई देखाएर परिवर्तनकाे सङ्केत गरेकाे छ ।  अर्काे कुरा गाउँमा मानिसहरूले महिनावारीलाई सजिलै स्वीकार गर्न सक्दैनन् र उनीहरूले यसलाई खराब मान्छन् र रजस्वला भएका महिलाहरूलाई गोठमा राख्छन् जसका कारण उनीहरूले ज्यान गुमाउन पनि  सक्छन्।

साथै यस पुस्तकमा मानिसहरूले घरकाे काम केटीहरूका लागि हो र बाहिर जानु र पैसा कमाउनु केटाहरूको लागि हो भन्ने कुरा विश्वास गर्छन् तर माधवीका आमाबुबाले  यस मान्यतालाई चिरेर ठिक विपरीत गरेका छन् । ताकि जुन काम जसले गर्न पनि मिल्छ । त्यसैले म यस पुस्तकलाई बाह्र वर्ष  र त्यसभन्दा  माथिका केटाकेटीहरूलाई सिफारिस गर्न चाहन्छु । मलाई लाग्छ कि अभिभावकले पनि यसलाई पढ्ने मौका पाउनुपर्छ किनभने उनीहरूसँग सम्बन्धित धेरै घटनाहरू यस पुस्तकमा घटेका छन् ।

प्रसिद्धि डङ्गाेल 

कक्षाः ७ ‘पुमरी’

डियरवाक सिफल स्कुल