Chovar Blues Mobile Size

म एउटा मध्यम परिवारका व्यक्ति थिएँ। खान, लाउनको लागि त्यति हुँदैनथ्यो तैपनि पनि कहिलेकाहीँ आफू गरिब भएको महसुस हुन्थ्यो। मान्छे हो, एकपछि अर्को चाहनाहरु अवश्य भैहल्ने नै भयो। आफ्नो आवश्यकता पूरा गर्न व्यस्त जीवन बिताउन चाहन्थेँ। सामान्य मात्र नभएर अरुको जस्तै भौतिक सम्पन्नता विलाशी जीवन बिताउने रहर पालेँ र संघर्ष गर्दे सुख किन्न जब अमेरिक पुगेँ म। मेरो भाग्यहरु चम्किदै छ भन्ने कुराको बोध भइरहेको थिएँ ।

दिनहरू सुनौलो बनाउने अवसर पाइसकेको भन्ठान्थेँ म । किनकि म धेरै दुख संघर्ष गरेर अमेरिका आइपुगेको थिएँ। त्यसैको परिणाम नै होला मनमा आफ्नो गाउँठाउँ छाडेर आउनुपर्दा सन्तोष मानेर खुसी हुन्थेँ म । त्यहाँ पुगेपछि किन किन गम्भीर भएँ। जुन अनुभव,महसुसलाई व्यक्त गर्ने कुनै शब्दमा नि भेट्टिएको थिएन मैले । अमेरिका आइपुगेँ एकतिर यहाँ टेक्न पाएकाले उत्साह थिएँ भने अर्कोतिर कता कता डरहरुले मनमा डेरा जमाएका थिएँ। नयाँ परिवेशमा कसरी घुलमिल हुने यस्तैमा फेरि गाउँको चिन्ताले सताएँ । टाउकोभरि ऋणको भारी बोकेर आएको थिएँ । यति धेरै ऋण गरेर आएको छु ।

सुमन घिसिङ

यहाँ त्यति सहजमा आएको थिएन । यति कठिनाइ र अभावमा आएको मलाई भोलिहरुले सताइएको थिएँ । यहीँ परदेशमा बेचिन र खुट्टा टेक्नैकै निम्ति भएका थोरै घर जग्गा साहुकोमा धितो राखेर आएको थिएँ । त्यसैले मनमा कुराहरू खेलिरहन्थेँ, यदि मलाई यहाँ केही भयो भने! मेरो परिवारको हालत के हुने छ ? यस्तै कुराहरू मनमा आइरहेको हुन्थेँ। त्यसैले मन जति अमेरिका टेक्न पाकोमा खुसी थिएँ त्यतिकै मात्रामा खिन्न पनि थिएँ। मान्छेहरु किन खाडी मुलुक प्रायः जान रहर गर्दैन्थे ? किनकि खाडीमा थोरै पैसाले उडाए पनि धेरै समयसम्म खटे पनि थोरै रकममा दल्नुपर्थ्यो त्यसैले मानिसहरु खाडी देशलाई प्राथमिकतामा राख्दैन तर के गर्नु खाडीमा जनावरझैँ बेचिन नेपाली रहरभन्दा बाध्यता हुन्थे। अमेरिका छिर्न महङ्गो पैसा परे पनि थोरै समयमा धेरै कमाउने लोभले जसोतसो हजारौं नेपालीहरु दुख पाई पाई छिर्ने मध्ये म पनि एक थिएँ ।

विदेश आएर अरुको दास बन्नु कुनै पनि देशको नागरिकको इच्छा हुँदैन तर मर्नुभन्दा बौलानु बेस भनेझैँ वाक्क दिक्क हुनेहरु सानो रहर ठूलो बाध्यताले परदेश छिर्न बाध्य हुने गर्छन् । आफ्नै देशमा कमाउने र रमाउने वातावरण नभएपछि डिग्री पासको सार्टिफिकेट बोक्नेहरु पनि अरुकै दास बनिन्छ । उसमा अनेकौं योग्यता परिपक्वता भए नि ऊ निर्णय विहीन एउटा रिमोटले चलाएको यन्त्र जस्तै चल्नुपर्छ।

पुग्नसाथ आनन्दको सास फेरेँ, घरपरिवारमा पुगेको जानकारी गराएँ। अबको दिनहरु मेरा लागि मात्र कमाउनु थियो । अरु विकल्प नै थिएन । म गएको सात दिनपछिदेखि काम गर्ने भएँ । एउटा होटेलमा क्लिनरको रूपमा काम पाएँ। त्यस दिनदेखि खुसी हुँदै काम गर्न थालेँ । गरिब देशहरूमा जस्तो श्रम र ज्यालाको आसमानता हुँदैन थियो । जो परिश्रमी र मेहनत गर्छ उसको लागि राम्रो हुने गर्थ्यो विकसित देशहरु । त्यही ज्याला,काम, समय र तलबको एकरुपता भएकैले मान्छेहरुको गन्तव्य राम्रो देशमा पर्थे । आफ्नो कहर, एउटा सुन्दर सपनाम तैरिँदै बिस्तारै पश्चिमेली संस्कृतिमा घुलमिल हुँदै गएँ । कतिपय कुराहरु जिम्मेवारी विहीन नेपाली जनता र देश सञ्चालकहरुले अनुसरण गर्नुपर्छ । प्रेरित हुनुपर्छ लाग्थे भने कतिपय संस्कृतिहरु कुरीति जस्तै लाग्थे ।

दिनहरु बित्दै गए । म गएको एक महिना बितिसकेछ मेरो पहिलो महिनाको तलब डेढ लाख थपेँ । मलाई लाग्थ्यो विदेशमा जाने बेला जे जति भए पनि आफ्नो हातमा तलब नपरिकन कति पाउँछ, भन्नेमा निश्चित हुँदैनथ्यो तर पहिलो महिनाको तलबले मेरो सपना जगाइदियो पक्कै मेरो उद्देश्यहरु अवश्य साकार हुनेछ भन्नेमा बाटो देखेँ जस्तो लाग्थेँ । पहिलो महिनाको तलब सबै घरमा पठाएँ। छोरोले राम्रै कमाएछ भन्ने कुरा थाहा पाएर होला आमा बा खुसी भएको उहाँहरुको बोलचालीबाट थाहा पाएँ। आमाले राम्रो तलब थपेको कुरा सुनाएरै होला साथीभाइ, आफन्तको म्यासेजको लर्को आउँथ्यो फेसबुकमा।

दिनभर १६,२७ घण्टा खट्नुपर्थ्यो, कहिलेकाहीँ खुट्टाको जुत्ता फुकाल्ने सामर्थ्य रहदैन्थ्यो। आउने बित्तिकै सुत्थेँ, मोबाइल चलाउने साथै अन्य कुराहरु मनमा खेलाउने समय नै हुँदैन थ्यो। त्यहीँ बेला लाग्थ्यो खाली दिमाग सैतानको बास प्रायः सम्पूर्ण नेपालीहरुमा यस्तै समस्या छन् । १६,१७ घण्टा मोबाइलमा अरुकै समस्या हेरेरै दिमागमा समस्या ल्याउनेहरु धेरै छन् ती मध्ये म पनि एक थिएँ, नेपाल हुँदा तर ती सम्पूर्ण कुराहरू अहिले सपनामय लाग्थेँ।

ऋण तिर्नको लागि यसरी दिन प्रतिदिन काम गर्दै गएँ। त्यो परदेशमा म आफ्नो खुसी र सुखीहरु किन्नको लागि लड्दै गएँ। दिनहरू सधैं झैँ काम गर्ने आउने सुत्नेमा केन्द्रित थिए जतिसुकै दुख भए पनि भनेअनुसारको पैसा पाउने हुँदा काम सामान्य लाग्थे । यसै गरी मैले काम गरेको ४,५ महिना भइसकेको थियो । यहीँ थोरै समयमा ६,७ लाख घरमा पठाइसकेको थिएँ । घरबाट आमाले सम्झाउनु हुन्थे अब त हाम्रो पनि दिन बन्नेछ यहीँ वर्ष हाम्रो ऋण चुक्ता हुनेछ, अनि तिमीले भने जस्तै हुन्छ छोरो भनेर आमा खुसी हुनुहुन्थ्यो। अब ७,८ महिनाको तलब घरमा पठाए ऋण चुक्ता हुन्थेँ साहुको नाममा धितो राखेको जग्गा फिर्ता ल्याउन प्रक्रिया पुर्याउँदै गर्नुस् भनेर आमालाई सुझाव दिन्थेँ । यसरी नदेखिएको भोलिप्रति एउटा मिठो सपना बुन्दै आकाभन्दा माथि उडेको आभास गर्थेँ म।

यो ब्रह्माण्डमा दिगो भन्ने केही पनि छैन। मध्यान्हको टन्टलापुरमा जसरी कालो बादल मडारिएर पानी वर्षन थाल्छ त्यसै गरी अध्यारोले बास गरेझैँ लाग्थे त्यो दिन । सन् 2019 डिसेम्बरको अन्तिमतिरको कुरा थियो , जब म कामबाट कोठामा आएर मोबाइल हेर्दै गर्दा एउटा समाचारमा नजर गयो । चीनमा एउटा नयाँ भाइरसका कारण नौ जनाको मृत्यु भयो रे यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ यहीँ थाहा पाएँ।

त्यो धेरै चासोको विषय त बनेन , किनकि समय थिएन मसँग । दैनिकी मोबाइल हेर्ने समय हुँदैनथ्यो त्यससैले आउने बित्तिकै सुत्थेँ । त्यसैगरी पर्सिपल्ट तीन दिनपछि त्यसैगरी समाचार हेर्दै गर्दा चीनमा मर्नेको सङ्ख्या दोब्बर पुग्यो रे, सामान्य लाग्यो त्यो मेरो विषयको कुरा थिएन, क्रमशः दिनहरु पहिलेकै झैँ सामान्य चल्दै थिएँ । ११ जनवरी २०२० को कुरा थियो। काम गर्ने कम्पनीमा यताकता चीनमा फैलिएको रोग अमेरिकामा पनि देख्न थाल्यो रे, त्योसँगै अब लकडाउन हुन्छ रे भन्ने सुनेँ ।

के हो लकडाउन भनेको ? वनको बाघले खाओस् नखाओस् मनको बाघले बिस्तारै चपाउँदै गरेको आभास हुन्थ्यो। त्यस दिनदेखि न त राम्रोसँग खान नै मन लाग्यो, न त राम्रोरी निद्रा नै लाग्थ्यो ।

अपिसमा सुनेको कुराको कारण म निकै सोच मग्न हुन्थेँ। ऋण पनि तिरिसकेको छैन। यदि त्यो रोग विश्वभर फैलिदै गर्दा काम सबै बन्द भयो भने यस्तै मनमा खेलिरहन्थेँ । नभन्दै दिन दुइ गुणा रात चौ गुणा गर्दै त्यो रोग विश्वभर डढेलो सरी फैलिएको कुरा सामाजिक संजालमा छ्यापछ्याप्ती देखिन थाले । सबै अपिसहरु बन्द हुन थाल्यो रे, कुनै कम्पनीहरुले कामदारहरुको पैसा दिएन रे, यस्ता समाचारहरुले झन् मन पोल्थेँ ।
समाचारमा देखिएको सबै कुरा मेरो वास्तविकता पनि लागु हुन बाध्य पारिँदै थियो। कम्पनीमा काम गरेर फर्किने बेला एउटा मिटिङ बसाए । उनीहरु भन्दै थिएँ, भोलिदेखि होटल बन्द हुँदैछ, काम नगरेको दिनहरूमा होटलले निशुल्क खान दिने छ तलब भने कसैले पाउने छैन, सबै जना सुरक्षित रहनुहोला भनेर भने पश्चात् मनमा चिसो पसेको थियो, अमिलो भएको थियो।

आगो सरी फैलिएको कोरोनाले शक्ति सम्पन्न देशलाई नि छोडेन । आज म भएको सहरमा पनि मर्नेको संख्या बढ्दो छ रे, सरकारको लापरबाहीले धेरै व्यक्तिहरु मृत्युको शिकार बन्दैछन् । यस्तैगरी म पनि बिरामी भएछु । खोकीसँगैको ज्वरोले मलाई नि अस्पताल बसायो । चिन्तै चिन्ता र कमजोरीले आज ममा नि कोरोना पोजिटिभ रिपोर्ट आएछ । मन आत्तिएका थियो । न त काम थियो, न त पैसा नै थियो । मर्छु भन्ने कुरामा कुनै चिन्ता थिएन तर घरबाट बोकी आएको ऋण नतिर्दै म मरेँ भने मेरो परिवारको हालत के होला, थोरै भएको जग्गा पनि धितो राखेको साहु कति खुसी होला भन्ने कुराले झन् दुखी बनाइथ्यो।

आधा ऋण नै बाँकी थियो । आफू काम गरेको छैन र अस्पतालको शैय्यामा रहेको कुरा घरमा सुनाएको थिएन । सत्य कुरा सुनाएर परिवारलाई दुःख दिन चाहन्न थिएँ । सबै ठाउँमा सबै यथार्थ बन्न जरुरी हुन्न, प्रत्येक कुराको आ-आफ्नै परिवेश हुन्छ । अत: बुढा बा-आमालाई यो गति सुनाएर जिउँदै मार्ने सोच थिएन । मेरो आयु एकपछि अर्को दिन गर्दै घट्दै थियो, कुरा सपनामा आएका नराम्रो घटनाहरुले देखाउथेँ। कुन दिन मर्छु, थाहा थिएन तर बाच्दिनँ भन्नेमा निश्चित जस्तै लाग्थ्यो किनकि यो परदेशमा मेरो भन्नू कोही पनि थिएन । गहभरि आँसु पारेर, जिउँदै मरेसरिको ब्यथा सुनाउने गर्थेँ। आज नरेशसँग नबोलेको पनि दस दिन भैसक्यो । आज ऊ जिउँदो छ या मर्यो त्यसको कुनै जानकारी छैन । मरे पनि खबर गर्ने परदेशमा कोही थिएन । बाँचेको भए आफ्नो ब्यथा पोख्न मलाई फोन गरिरहेका हुन्थे। आज सबै शून्य छ, उसको सम्पर्क विहीनताले…।