साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रकृतिसँग दुस्मनी मोलेर पृथ्वीमा टिक्न सकिन्छ ?

प्रिय शरद ! तिम्रा कविताहरू मानिसको क्रोध र दयाले भरिएको छ । सम्बन्ध र संवेदनामा तिमी फरक छौ । तिम्रो कलमले जादू देखाएको छ ।

Chovar Blues Mobile Size

प्रत्येकको हृदयले गीत गाउँछ, कसैले लेख्दछन्, कसैले बोल्दछन् पनि । जब प्रेमी प्रेमिकाको स्पर्श, देश र दृष्टिको माटो, आवरण र पर्यावरणको स्पर्शले कुनै मान्छेलाई छुन्छ नि तब जन्मन्छन् शब्दबाट कवि र लेख्छन् कविता । अनि आउँदछ मरुभूमिमा डुङ्गा ।

मेलै पढ्दै गरेको कविता कृतिको नाम हो “मरुभूमिमा डुङ्गा “। कविता कतिबेला महत्त्वपूर्ण हुन्छ ? कवितामा के हुन्छ ? कविता किन यस्तो भयो ? यो बुझ्नुभन्दा अगाडि यो कृति पढ्नु जरुरी छ । कविले कवितामा आफ्ना शब्दहरुबाट समाजको यथार्थ चित्रण पस्केका छन् । कविताहरु महत्त्वपूर्ण छन्, किनभने यो समाज, परिवेश र समय बुझ्नका लागि शब्दहरूमा जादू राखेर कविले कविता लेखेका छन् । कविताले सबै अनुभवलाई आकार र अर्थ दिएका छन् । हामी अनुग्रहको युग , व्यर्थताको युग र शिष्टताको युग सुस्ताएको युगमा बाचिरहेका छौ । के अहिलेको जीवन काव्यात्मक छैन ? के लयमा समय चलेको छैन ? हामी के समय बाचिरहेका छौँ ? कविले त्यही समयलाई टपक्क टिपेर कवितामा कोरेका छन् । सबै कविताहरूमा एउटा चित्र छ, त्यो चित्र हृदयले महसुस गर्दछ ।

रबिन शर्मा

कविताले मानव आत्माको रक्षा गर्छ । कविताले सृष्टिको वस्तु वा समयलाई यसरी अभिव्यक्त गर्छ कि कुनै वस्तु वा सबै समय आँखा अगाडि नाच्दछ । तिनीहरू मूर्तिहरूजस्तै देखिन्छन् । आफ्नो श्रेष्ठता वा न्यूनताको चर्चा गर्न बुद्धि प्रयोग गर्नु आवश्यक छैन । किनकि कवितामा प्रकृति प्रेम र छटाहरु झरना जसरी झरिरहेछन् , खोला जसरी बगिरहेछन् र आकाशबाट चराहरुले हेर्दा हेर्दै रमाइरहेछन् । यो कविता कृतिमा कविताको प्रेरणासँगै भावनाको प्रवाह चर्को स्वरमा बग्न थाल्छ । यसको अर्थ कविता भावना जगाउने ठूलो माध्यम हो। यदि व्यक्तिको हृदयबाट क्रोध, करुणा, दया, प्रेम आदि भावनाहरू हटाइयो भने उसले केही गर्न सक्दैन। कविताले हाम्रा भावनाहरूलाई बाहिर ल्याउँछ र हाम्रो जीवनमा नयाँ जीवन सास दिन्छ । हामी ब्रह्माण्डको सौन्दर्यमा मोहित छौँ । कुनै पनि अनुचित वा क्रूर कार्य हाम्रो लागि असहनीय छ। हामी जान्दछौं कि हाम्रो जीवन गुणा र विश्वभर फैलिएको छ । कामप्रतिको झुकावले कविताको प्रेरणाले काम गर्ने प्रवृत्ति बढ्छ । हामी विरलै मात्र तर्कको शक्तिले कुनै पनि कुरामा संलग्न हुन्छौँ । हामी प्रायः केही गर्न वा नगर्न इच्छुक हुन्छौँ, त्यो राम्रो हो वा नराम्रो, फाइदा वा हानिकारक हो। जब त्यसको कुनै नतिजा हाम्रो सामु देखापर्छ जसले हामीलाई आधा मन, क्रोध र करुणा आदिबाट विचलित गर्छ, तब मात्र हामी त्यो काम गर्न तयार हुन्छौँ कि गर्दैनौँ। बुद्धिले मात्र हामीलाई कार्य गर्न उत्प्रेरित गर्दैन। यो हृदय हो जसले हामीलाई कार्य गर्न प्रेरित गर्दछ । तसर्थ कर्मका लागि मनमा गति हुनु आवश्यक छ । यी कविताहरूमा गति छ, यति छ , लय छ । कविता पढ्दा पढ्दै लाग्छ “शब्दहरू जन्मिएका छन् ” ।

प्रिय शरद ! अनिकाल र गरिबी मान्छेसँगै रहन्छ। त्यसैले यसको कुनै प्रभाव नहुन सक्छ । तर तिमीले देखेको गरिबी र भोकको भयावह दृश्य देखेपछि, पेटको आगोले जलेको शरीरको खरानी देख्यो, भोकाएको बच्चाको छेउमा बसेकी आमाको स्वर सुन्यो, परदेश पस्न लागेकाहरुले हल्लाएको हात देख्यो, छुटेको समय देख्यो, प्राप्तिको समय पनि । तिम्रा कविताहरू मानिसको क्रोध र दयाले भरिएको छ । सम्बन्ध र समवेदनामा तिमी फरक छौ । तिम्रो कलमले जादु देखाएको छ ।

sagarmani mobile size

दोस्रो खण्डमा देश र दृष्टि राखेर तिमीले जसरी वर्णन गरेका छौ यस्तो प्रकारको वर्णन गर्नु राज्यको कर्तव्य हो , तिम्रा कविताहरु देशका लागि हुन् । र पछिल्लो प्रकारको दृष्टिकोण देखाउनु (आवरण र पर्यावरण ) कविको कर्तव्य हो । यो कर्तव्य हाम्रो पनि हो , तिमीले कविता मार्फत सबैको आवाज बोलिदिएका छौ । तेस्रो खण्डमा म धेरै पटक अडिएर सोच्न बाध्य भएँ । तिम्रा कविताले संसार लेखेको छ । मानव हृदयमा यी तीन मध्ये कसको शक्ति बढी छ भन्नै पर्दैन ।

शरदका कविताहरु यो समयका सबैभन्दा अब्बल कविताहरु हुन् । हामी प्रकृतिसँग दुस्मनी गरेर यो संसारमा बस्न सक्दैनौँ ….

प्रतिक्रिया
Loading...