अदृश्य तरङ्गबाट टाढा टाढाको मानिससँग परस्पर दुईतिरबाट वार्तालाप गर्ने वस्तु तथा स्वचालित यन्त्रलाई मोबाइल भनिन्छ । साधरण तरिकाले भन्ने हो भने अनकन्टार ठाउँबाट अर्को ठाउँसम्म एक व्यक्तिबाट अर्को व्यक्तिसँग बोलेका कुरा सजिलै सुन्न र बुझ्न सकिने कामलाई दुरसञ्चार भनिन्छ । पौराणिककालमा आकाशबाट बोलिले देववाणी, आकाशवाणी, मानव निर्मित रेडियो तरङ्ग पनि दुरसञ्चार नै हो । यो तारको सम्बन्धबिना नै हावाको तरङ्गमा स्वचालित भई ध्वनिको माध्यमबाट अर्को व्यक्तिको कानसम्म सहजै आइपुग्छ ।
मोबाइलको इतिहास फकिएर हेर्ने हो भने अमेरिकी वैज्ञानिक डा. मार्टिन कुपरले पहिलो पटक आकाशीय तरङ्गमार्फत विद्युतीय यन्त्र मोबाइलद्वारा परस्पर कुरा गर्न सकिने कुरा पत्ता लगाए।पहिलो पटक अमेरिकाको मोटोरोला कम्पनिले सन् १९९२ मा ह्याण्ड सेट बजारमा ल्याएको हो । जसलाइ ओ जि भनिन्थ्यो । व्यापारिक प्रयोजनको लागि सन् १९८३ मा पहिलो कल बेलायतसँग भएको थियो । पहिलो पटक आइ बि एम स्मार्टफोन बनेको थियो । फ्रान्सका वैज्ञानिक फिलिप्पे कहानले सन् १९८० मा मोबाइलमा नै क्यामेराको आविष्कार गरे । सन् १९८० मा वानजिसेलुलर नेटवर्क १९८३ मा टु-जी सेवा फिनल्यान्डबाट सुरु भएको थियो ।
नेपालमा जिएसएम मोबाइल सेवा वि.स. २०५६ वैशाख २९ बाटसुरु भएको थियो । तेस्तै प्रीपेड सेवा वि.स. २०६० भदौ ६ गतेबाट सुरुभएको थियो । पहिला आगमन कल को पैसा लागे पनि वि.स. २०६२/०२/२३ बाट निशुल्क गरिएको हो । यसरी नेटवर्क बिस्तार गर्ने क्रममा वि.स. २०६१/०७/०१ गतेबाट सि डि एम ए सेवा सुचारु गरियो हाल यो सेवा जि एस एम प्रिपेडअन्तर्गत गाभिएको छ । नेपालमा थ्री जि सेवा वि.स. २०६४/०२/०३ मा सुरु भएको थियो भने फोर जि सेवा वि.स. २०७३ पुस १७ गतेबाट सुरु भएको हो हाल फाइभ जि सञ्चालनको प्रकृयामा छ ।
मोबाइल आजको आवश्यकता हो कि विकृति हो ? विज्ञानको वरदान हो कि अभिशाप हो ? मोबाइलले मानिसलाई रोगी बनाएको छ । मनलाई रोगी बनाएको छ । मानसिक रूपमा विक्षिप्त बनाएको छ । शारीरिक रूपमा कमजोर बनाएको छ । यसले मानिसलाई काल्पनिकदेखि वास्तविक दुर्घटना निम्त्याएको छ । यसले निष्कृय जीवनशैलीमा मानिसलाई राखेको छ । मोबाइलमा चल्ने सामाजिक सञ्जालले मानिसलाइ असामाजिक बनाएको छ । मैदानमा खेलिने खेललाई अध्यारो खोपीभित्रको मोबाइलमा सिमित बनाएको छ । समाज यति असामाजिक भएको छ कि सानो बच्चालाई सोध्यो भने चामल कसरी उत्पादन हुन्छ । उसले रेडिमेड उत्तर दिन्छ, “मोटे अङ्कलको पसलमा” पाउछ । दूध ,दही मही, घ्यु कहाँ उत्पादन हुन्छ उत्तर हुन्छ, “बुद्धिजीवी दुध डेरीमा पाउछ । साग सब्जी तरकारी कहाँ उत्पादन हुन्छ ?” यो सबै देन साघुरो कोठाको मोबाइल जीवनशैली नै हो । टिभीमा हेरिने भिडियोको लत नै मोबाइलमा सरेको छ । घडी कहाँ लगाइन्छ भनेर सोध्यो भने औँलामा भन्न बेर छैन । औँला भाचेर सजिलै गरिने हिसाब मोबाइलको क्याल्कुलेटरको एप्स थिच्छन् । साँच्चै भन्ने हो भने मोबाइलले टिभी ,रेडियो ,क्याल्कुलेटर, टर्च, पात्रो आदि जस्ता कुराहरु सजिलै विस्तापित गरेको छ ।
पहिलापहिला छोरा छोरी प्रथम भए कापी उपहार दिइन्थ्यो । आजकाल मोबाइलको ब्रान्ड सोधिन्छ । कौँसीमा टिकटकमा रमाइरहेकी श्रीमतीलाई श्रीमानले पकाइदिएको चियामा कौवाले बिस्ट्याइदिएको पत्तो हुदैन । मोबाइल खेलाउँदै बाटोमा हिँडेकी छोरी बिजुली खम्बामा ठोकिएर फुरौला जत्रो टुटुल्को उठेपछि होसमा आउछिन् । पहिला रमाइलोको लागि तीर्थ मेला जात्रा हुन्थे घन्टौ दिन महिना लगाएर तीर्थ जानुपर्थ्यो । रमाइलोको लागि सडकनाटक तथा प्रहसन हुन्थे । रमाउन समाज र साथी प्रयाप्त चाहिन्थे आजकाल बन्दकोठामा मोबाइलमा हेरेर एक्लाएक्लै हाँसिन्छ ।
सरकारी कर्मचारी कार्यसमयमा च्याट गर्छन् सेवाग्राहीलाई असुविधा दिन्छन् । जनताको कर र उसबाट लालनपालन भएको व्यक्ति बिना ब्रेक, अफ टाइम बेगर नै मोबाइलमा झुन्डिएको हुन्छ । मोबाइलले समाजमा यति विकृति भित्र्याइसक्यो कि उमेर नपुगेकी छोरी भगाउने, छोरा बिगार्ने, अपराध गर्ने सबै मोबाइलको धन्दा नै भैसकेको छ । एउटै कोठामा सबै व्यस्त कोही टिकटक, कोही इमो, कोही भाइबर, फेसबुक कसैको मतलब छैन । न निन्द्रा न भोक न प्यास मात्र एकोहोरो बनाएको छ । तरकारी बसालेर मोबाइल खेलाउने बुहारी तरकारी डढेको पत्तो पाउँदिनन् । च्याटमा बसेको छोरो एउटा खुट्टामा मोजा अर्को खुट्टामा खाली जुत्ता लगाएर अफिस पुग्छ । टिकटकमा रमाएकी छोरी रातमा निन्द्रामा नाकमा ट्याप ट्याप भन्छिन् । निन्द्रामै नाति फ्री फायर र पब्जीको फायर फायर भन्छ । मोबाइल आजकाल रोग नै भएको छ ।
अचेल भान्सामा काम गर्दै आमा न्युयोर्कमा रहेको छोरासँग दङ्ग पर्दै भिडियो कल गर्छिन् । हलो जोत्दै खेतबाट बुबा कतारमा छोरासँग कल गर्न्नुहुन्छ । घर पोत्दै प्यारी आफ्नो प्राण प्रियलाई आफ्नो माया दर्साउँछिन् । रातका हरेक प्रहरमा प्रेमिल जोडी प्यारका वार्तालाप गर्छन् । हरेक सपना पूरा गर्न विदेशिएका बुबा आफ्ना नानिबाबु सँगसँगै रहेको आभास प्रकट गर्छन् । टाढिएका दाजुभाइ दिदी बहिनी नजिकिएर आत्मियता बढाएका छन् । कुन देश कुन महादेश जतासुकै मोबाइल नेटवर्कले संसारलाई साँघुरो बनाएको छ । त्यसैले मोबाइल मानिसको सम्पति हो ।सँगै सुत्ने दाम्पत्य जीवन हो मोबाइल । सबै कुरा अटाउने जादुमय बाकस मोबाइल । सबै समस्या निराकरण गर्ने निकाश हो मोबाइल । बिल तिर्न जाने आज्ञाकारी जीनिस हो मोबाइल नै हो । कम्प्युटरको काम गर्ने मिनि स्मार्ट कर्मचारी हो मोबाइल । हरेक बस्तुको सुचना दिने सुचक हो मोबाइल । विद्यार्थीको शिक्षक हो मोबाइल । शिक्षकको साहरा हो मोबाइल । त्यसैले आजकाल मोबाइल बिनाको संसारको कल्पना गर्न सकिन्न । जय मोबाइल जय नेटवर्केश्वरी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।