एउटा गाउँको गरिब विपन्न परिवारमा एउटी आमाका दुईओटा छोरीहरू थिए । बिपना र ऊषा नाम गरेका ती बुढी आमाका दुई छोरीहरू थिए । आमालाई गाउँले काली आमा भनेर बोलाउने गर्थे । काली आमाको पतिको मृत्युपछि उनी दुई छोरीहरू पालेर बसेकी थिइन् । उनलाई जीवनमा धेरै दुःखहरू आइलागे । उनी कहिलै हार मानिनन् । उनी आफूमा विश्वास गर्ने गर्थिन् । के गर्ने र नगर्ने भन्ने कुराको निर्णय उनी आफैँले गर्दै आएकी थिइन् ।
जेठी छोरी बिपना जिम्मेवार र अनुशासित थिई । आमालाई दुःखसुखमा सघाउने स्वभाव थियो । बिपनाकी बहिनी ऊषा चञ्चल स्वभाव र जिद्दी बानी व्यावहारिक थिइ तर दुई बहिनी धेरै नै मिल्ने गर्थे ।
काली आमाकी जेठी छोरी बिपनालाई उमेर पुगेका केटाहरू माग्न आइरहने र छोरीको पनि उमेर पुगेकाले छिमेकी गाउँको हरिस नाम गरेको केटालाई पाले पुण्य मारे पाप भन्दै छोरीलाई विवाहका लागि सुम्पिन्छिन् । केही वर्षपछि कान्छी छोरी ऊषाको पनि विवाह हुन्छ । बुढी भएकी काली आमा एक्लै हुन्छिन् ।
गाउँलेहरू काली आमालाई छोरा भएको भए यसरी एक्लै हुनुपर्ने थिएन भन्दै कुरा काटेर बस्थे । काली आमाले कहिल्यै आफूलाई कमजोर ठानिनन् । सधैँ सङ्घर्ष गरिरहिन् । दिन उमेरले पनि नेटो काटिरहेको थियो । छोरीहरू पनि घरको कामले माइत पनि कम आइरहने, काली आमालाई लाग्ने गर्थ्यो बुढेसकालमा दुःख पाउँछु कि भन्ने?
एकदिन अचानक बिपना र ऊषा सल्लाह गरेर माइत जाने निर्णय गर्छन् । जब दुई छोरीले माइतीको आँगनीमा टेको देखेपछि काली आमा आँखाबाट खुसीले आँसु झार्छिन् । छोरीहरू देख्नेबित्तिकै आँगालो हाल्न सुरु गर्छिन् ।
छोरीहरू र काली आमाले रातभरि मिठा-मिठा र दुःखसुखका कुरा गर्दै रात बिताउँछन् । छोरीहरूसँग धेरैपछि भेट भएकाले काली आमा धेरै नै खुसी देखिन्छिन् ।
छोरीहरूले भन्छन्, “आमा अब हजुर हामीहरूसँग बस्नुपर्छ । हजुर पनि बुढी हुँदै जानुभयो, खाना पकाएर खुवाउने पनि कोही छैन ।” भन्दा काली आमाले भन्छिन्, “समाजले के भन्ला? छोरी हो म तिमीहरूसँग बास्ने हो भने गाउँलेहरू मेरो कुरा काट्छन् । छोरा थिएनन् छोरीहरूको गाँसे लागी भन्छन्, यस्तो कुरा नगर् ।” भन्दै धेरै नै गुन्तुन-गुन्तुन कुराहरू आमा र छोरीहरू गर्छन् । छोरीहरू धेरै नै सम्झाउँदै फकाउँदै आमालाई मनाउन खोज्छन् । अचानक काली आमाले दुई छोरीको घरमा ६-६ महिना बस्ने निधो गर्छिन् ।
“छोरीहरूको घरमा बस्दा छोरीहरूको घरबार बिग्रिने हो कि, छोरीहरूको घरमा मेरो कारण झगडा निस्कने हो कि” भन्ने डर काली आमालाई थियो ।
छोरीहरूको परिवार धेरै नै बुद्धिजीवी र मिलानसार रहेछ । उनीहरू मिलेर बसेका छन् । रमाइलो गरी बुढीआमा जीवन काटिरहेकी छन् ।
अहिले उनी धेरै नै खुसी भएकी छिन् । छोरीहरूले घुमाइरहेका छन् । घुमिरहेकी छिन् । आफूलाई आवश्यक कुरा दुई छोरीले पुऱ्याइरहेका छन् । उनी अहिले आफ्नै दुनियाँमा छिन् ।
काली आमालाई पहिला समाजले के भन्ला भन्ने थियो तर अहिले छोरीहरूले गरेको काम र मायाँ देखेर समाज नै छक्क परेको छ । पहिला समाजको डरले गर्दा दुःखी थिइन् भने अहिले समाजको प्रशंसाले खुसी छिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।