

सुजन दाहाल
“म ग्याँसको सिलिन्डर हुँ । म रातो रङ्गको ६००-८०० mm अग्लो छु । घरमा आमाले खाना बनाउने भान्सा कहिले गएका छौ ? हो, त्यो भान्सा भएको रातो ठाँडो मै हुँ ।
मेरो आजभोलि धेरै भाउ बढेको छ अझ २०७८ मेरा लागि विशेष भइरहेको छ किनभने २०७८ वैशाखमा १४००/- मात्र भएको मेरो कार्तिकसम्म आउँदाआउँदै १७५/- ले भाउ बढेको छ । सक्छौ अब मलाई किन्न ? किनेर देखाऊ त !
सरकार र अर्थ मन्त्रालयले मेरो महत्त्व चिनेर होला भाउ बढिरहेको छ । उता मेरा प्यारा भाइहरू पेट्रोल, डिजेल र मटीतेलको पनि भाउ बढिरहेको छ ।
अझै ५०० रुपियाँ र मासु चिउरामा बिकेर भ्रष्ट नेतालाई भोट र समर्थन गर्दै गयौ भने मेरो भाउ बढेर अकासिन्छ । आहा! त्यै नेताहरूलाई भोट देऊ है मान्छेहरू ।
आधा-आधा गरेर लाइनमा बसेर मलाई काँधमा हालेर लिएर जाँदा म कत्ति खुसी हुन्छु ।
रिसले गुट्काउने हैन नि फेरि !
भाउ बढाऊँ मेरो ।
हो डराउने गर मसँग ।
डराउँदैनौ । भनिदिऊँ सरकारलाई ।
गुड, अझ डराऊ ।
मेरो भाउविरुद्ध आवाज उठाउँछौ रे ? डरसर छैन कि के हो ? अस्ति भर्खर आयल निगमका मेरा निर्माताहरूले निगम फाइदामा गयो भनेर तिमीहरूलाई ढाँटेर बोनस खुवाइबक्सनुभयो । बिचारा, कत्ति मायाँ लाग्यो तिमीहरूको । भाउमा घटिदिऊँ कि क्या हो ? इस् घट्छु !
अस्ति मेरो भाइ पेट्रोलको भाउ बढ्दा कुन्नि के जाती पार्टी उफ्रेर नि हौ, आम्मामामा…. त्यति बेला मेरो वास्तै थिएन हैन ? अब त हामी सबै बढ्यौँ ।
मुख बन्द गरेर बस है, बोल्ने हैन नि !
भाउ बढाइदिऊँ?
हो, डराओ मान्छेहरू डराओ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
