कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान
कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेलजीवन बिताइरहनुभएकाहरूको साहित्यसिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुनेछन् तर जेलजीवन बिताइरहनुभएकाहरूको कथाव्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट
==============
कविता : जिन्दगी
जानेर पनि जानी नसक्नु रहेछ जिन्दगी
बुझी पनि बुझी नसक्नु रहेछ जिन्दगी
हिँड्दाहिँड्दै थाकिसकेँ
हिँडेर पनि नसकिँदो रहेछ जिन्दगी
फूल सोचे फुल्दो रहेछ जिन्दगी
सोच्दासोच्दै भुलिसकेँ
सोचेजस्तो कहाँ रहेछ जिन्दगी
कलम समाई लेख्न थाले
कथा पो हो कि जिन्दगी
कवि बनी कथ्न थाले
कविता नै रहेछ जिन्दगी
लेख्दालेख्दै थाकिसकेँ
लेखेर पनि नसकिँदो रहेछ जिन्दगी
नभचर भई कल्पी हेरे
खुल्ला आनन्द रहेछ जिन्दगी
बन्दी सुगा सोची हेरे
पिँजडाको संसार रहेछ जिन्दगी
जता लग्यो त्यतै बहकिँदो रहेछ जिन्दगी
कोही कोही भावीको लेखा भन्छन्,कोही छैठीको रेखा
जस्तो सोच्यो त्यस्तै हुँदो रहेछ जिन्दगी
हाँसो र खुसीमा मात्र होइन जिन्दगी दुःख र आँसुमा
पनि जिउन सिकेँ
मायाँ र मिलनमा मात्र होइन जिन्दगी घृणा र वेदनामा
पनि जिउन सिकेँ
सहरका झिलिमिली रमझममा मात्र होइन जिन्दगी
तराईका आशलाग्दा बग्रेल्तीहरूमा
पनि जिउन सिकेँ जिन्दगी
फूलैफूलको बगैँचामा मात्र होइन जिन्दगी काँडैकाँडाबिच
पनि जिउन सिकेँ जिन्दगी
खुल्ला संसारमा मात्र होइन जिन्दगी काँडेतारको निस्पट्टभित्र