जब मान्छे धेरै किताब पढ्छ, जिन्दगीमा अनेकन् परिवर्तनहरू आउँछन् । तीमध्ये केही परिवर्तन यस्ता छन्ः
१. गरिब, दुःखी, बिरामी, वृद्ध-वृद्धा, भिखारीहरु पनि मान्छेका रूपमा देखिन थाल्छन् ।
२. बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझ्न थालिन्छ ।
३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ ।
४. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ ।
५. कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ भन्ने जानिन्छ ।
६. आमा-बुबाको मूल्य बुझिन्छ ।
७. ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जीवन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ । जीवनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् ।
८. सामाजिक सञ्जालमा जो मान्छे हँसिलो तस्बिर पोस्ट गर्छन्, वास्तवमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ ।
९. प्रेम र कामवासनाको अन्तर बुझिन्छ ।
१०. स्वास्थ्य सबैभन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ ।
११. राम्रा किताब पढ्ने मान्छेहरूले जीवनमा हार खाए पनि उनीहरूमा आत्महत्याको विचार दिमागमा आउँदैन ।
१२. जोसँग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि कहाँनेर छ भन्ने देखिन्छ ।
१२. जीवनमा शिक्षाको महत्त्व बुझिन्छ ।
१३. फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्छन् तर दैनिक वास्तविक जीवनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् । यो तथ्य केवल धेरै किताब पढ्ने अनुभवी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् ।
१४. धेरै किताब पढ्ने मान्छेहरूलाई केवल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ । त्यो हो- मानवता ।
१५. हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरि जित्न सक्छन्, यो अध्ययनशील मान्छेहरूलाई मात्र थाहा हुन्छ ।
१६. यस धरतीमा एक प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् । बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं । केही मान्छेहरू असल मान्छेको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् । यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ ।
१७. अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय-समयमा आफ्नो चश्मा सफा गर्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

