साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साहित्यपोस्ट आउँदै…

मेरो हकमा, सेल्फ क्वारेन्टाइनमा बसिरहेको बेला उर्जाको काम गर्यो साहित्यपोस्टले । निकै अघिदेखि लेख्ने धुम्धुम्ती चलिरहेको तर बेफुर्सदीको कारण देखाएर लेख्ने जाँगर नचलाइरहेको यो हातले जब " नवपुस्ता"को स्पर्श पायो, नलेखिरहन सकेन ।

ईश्वरा शिवा

लेखक अश्विनी कोइरालाको फेसबुकवालमा “साहित्यपोस्ट आउँदै…” पोस्टले मेरो ध्यान मज्जैसँग तानेको थियो । “साहित्यपोस्ट” पहिलोपटक सुन्नासाथ खुब मन परेको नाम थियो । असङ्ख्य अनलाइन पोर्टलहरुको भीडमा साहित्यसम्बन्धी एउटै पोर्टल उपलब्ध नभइरहेको बखत “साहित्यपोस्ट” तयार हुँदैछ भन्ने खबर आउनु मजस्ता साहित्यसाधकका लागि रोमान्चक त हुने नै भयो । नाम सुनेरै यसभित्र के-कस्ता सामग्री उपलब्ध हुनेछन् भन्ने अनुमान लगाउन मलाई मुस्किल भएन । अन्ततः मेरो अनुमान सत्य साबित भयो । खडेरीको समयमा सिमसिमे पानीले पनि जमिनलाई हर्षविभोर बनाउन सक्दछ । आजको दिनसम्म आइपुग्दा साहित्यपोस्ट मुसलधारे वर्षा बनेर हाम्रो मुरुभूमि मनलाई सिञ्चित गरिरहेको छ ।

कोरोना कहरका बीच सुरु गरिएको साहित्यपोस्टको नाम मात्र होइन काम पनि मनपर्दो छ । यसभित्र, स्थापित लेखकका सिर्जना त उपलब्ध हुन्छन् नै मजस्ता सिकारुको प्रयासलाई पनि स्थान दिइएको छ । आख्यान/गैरआख्यान/कलालगायत धेरै खुराक पस्किने यो पोर्टल हरेक साहित्यप्रेमीको लागि दिनचर्या बनिरहेको छ । आकर्षक लेआउट डिजाइन, कथा/गजल/ मुक्तक प्रतियोगिता, पोस्टर कविता अभियान, भित्तामा कविता लेखन इत्यादि सहरानीय छन् । निकै छोटो समयमा अत्याधिक लोकप्रियता हासिल हुनुमा साहित्यपोस्टमा संलग्न लेखक, स्तम्भकार, कवि, गजलकार, सम्पादक, डिजाइनर, पाठकलगायत सबैको निकै ठूलो देन रहेको तथ्य नकार्न सकिन्न । त्यसैगरी, हाल प्रधानसम्पादकका रुपमा रहनुभएका अश्विनी कोइरालाको भिजनलगायत सम्पूर्ण साहित्यपोस्ट टिमको मिहेनतलाई धन्यवाद नदिइरहन सकिन्न ।
मेरो हकमा, सेल्फ क्वारेन्टाइनमा बसिरहेको बेला उर्जाको काम गर्यो साहित्यपोस्टले । निकै अघिदेखि लेख्ने धुम्धुम्ती चलिरहेको तर बेफुर्सदीको कारण देखाएर लेख्ने जाँगर नचलाइरहेको यो हातले जब ” नवपुस्ता”को स्पर्श पायो, नलेखिरहन सकेन । “कठघरा” स्तम्भ त्यसैको परिणाम हो । मेरो साहित्य यात्रामा पूर्णविराम होइन अल्पविराम मात्र लागेको थियो भन्ने अनुभूति गराइदिनु हुने “नवपुस्ता”का सम्पादक कृष्ण ढुङ्गेलप्रति आभारी छु । उहाँको निरन्तर साथ र प्रेरणाले मेरो लागि सिनर्जीको काम गरिरहेको छ । शुक्रबारको दिन “नवपुस्ता”को दिन हो । अर्थात् साहित्यक्षेत्रमा कलम चलाउने नयाँ हातहरुलाई डोर्याएर बाटो देखाउने काम गर्ने साहित्यपोस्टको अभिन्न अङ्ग हो “नवपुस्ता” । जसको हिस्सा हुन पाउनु मेरो लागि खुसीको कुरा हो ।
आज “साहित्यपोस्ट”ले एकवर्ष पूरा गरेको छ । लकडाउनको पहिलो सिजनमा आर्थिक अभाव खेप्दाखेप्दै पनि पोर्टलहरु माझ उधुम मच्चाउन सफल साहित्यपोस्टले लकडाउनको यो दोश्रो सिजनमा समेत उधुमै मच्चाइरहोस् । साहित्यका अझै स्तरीय खुराक पस्किरहोस् । कार्यकालको पहिलो वर्षभरिमा जति सफलता हात लागेको छ आउँदा वर्षहरुमा झनै बढी सफलता हासिल गरोस् । पटक पटक कोभिड महामारी, आर्थिक मन्दी र बन्दाबन्दी खेपिरहेका पाठकहरुको मनमा खुसी र सकारात्मकता उजागर गरिदिने शक्ति मिलिरहोस् । साहित्यपोस्टको लामो आयुको कामना गर्दै हामी सबैलाई बधाई त शुभकामना अर्पण गर्दछु ।
प्रतिक्रिया
Loading...