‘आफ्नाहरू यादमा होइनन्, रमरममा बस्छन् । त्यसैले तिम्रो काकुको याद आउनेबित्तिक्कै म रम पिउने गर्छु ।’ भन्ने गर्थी केशियाले । भतिज पतिरामले नसुनेझैँ गरी आफ्नो कोठामा पस्थ्यो र चुकुल मारेर पढ्न थाल्थ्यो । पल्लो कोठामा केशिया, केश फिजारेर फुक्काफाल पल्टिन्थी र मोबाइल स्क्रोल गर्थी । केहीबेर गमेझैँ गरेर भिडियोकल मार्थी – ‘फेरि लकडाउन भयो बूढो । हामी कोठामै लक भएका छौँ ।’
– ‘के भो र काली ! महिना दिनलाई पुग्ने रासनपानी त कोठामै छ नि !’
– ‘उम्, त्यो त छ बूढो ।
– ‘लकडाउन हटेपछि छुट्टी मिलाएर भेट्न आउँला म !’
– ‘हस् बूढो, बाई, म्वाँह्’ मोबाइललाई चुमेर केशियाले केश मिलाउँछे । अनि जुरुक्क उठ्छे । खुट्टा धम्धमाउँदै पुग्छे पतिरामको ढोकाछेउ । ‘ढक् ढक्’ गर्छे । कोठाभित्र पढ्दै गरेको पतिरामको मुटु बेस्सरी ढक्ढकिन्छ । बाहिरबाट आवज सुनिन्छ । – ‘पति ! ए मेरो पति ।’
यति सुनेपछि पतिरामको आँखामा उसको गाउँ सलबलाउँछ, अनि आमाबाउ र वरपर छरिएका किताब । ढोका ढक्ढक् भैरहेको हुन्छ । ऊ बालकझैँ कोठाको कुनामा दोब्रिन पुग्छ । भित्रबाट केही रेस्पोन्स नआएपछि केशिया झोकिन्छे र उसको नाममा उकार लगाएर बोलाउछे । – ‘पु…लाई पु…ले आकर्षण गर्दैन ? नामर्द । तेरो ऊ छैन ! अघिल्लो लकडाउनमा त खुब मच्चिएर मर्दाङ्गी देखाइस् । फेरि हेर्छस् ? मेरो मोबाइलमा सेभ छ । आइज, कि यो हेर्, कि मलाई फेरि त्यहीँ जोस देखा । नत्र तेरो बालाई देखाइदिन्छु । तेरो बा मरेको मुखडा देख्न मन छ ?’
कोठाभित्र भयङ्कर भुईँचालो मच्चियो, कोरोना कहर छँदै थियो । उसले सोच्यो त्यो भिडियो पनि यस्तै जबरजस्तीले बनेको हो भन्ने बालाई के थाहा ! एकछाक टारेर सहर पढ्न पठाएका बाको मनमा पानी फिर्नेछ । भिडियो हेरेपछि बा, कि हृदयघात भएर, कि पासो लाएर मर्नेछन् । ऊ थकमकायो । ढोका खोलूँ कि नखोलूँको दोधारमै सुस्त चुकुल खोल्यो । ढोका खुल्यो । ढोका खुलेझैँ केशिया खुलेकी थिई । उसका ब्रा दाहिने पाखुरामा लत्रिरहेको थियो । पैतालामा अल्झिरहेको सुरुवाल, ऊ अघि बढेसँगै घिस्रियो । अनि रमले बढाएको रमरमले कामवासना झन्झन् उर्ल्यो । कामवासनाले चूर केशियाले पतिरामलाई अँगालोमा जकडी । दुवै जना छरपस्टिएका किताबमाथि अठ्ठिए ।
ती किताबका पानाहरू बाराम्बार रगडिँदै थिए । अक्षरहरू घोटिँदै थिए, धुमिल हुँदै थिए । किताबका पानाहरूले ती दुईका रासलीला थेग्न नसकेर धुजा भए । अक्षरहरू खजमजिए । अनि मात्र राहतस्वरूप गमका केही थोपाहरू किताबका पानामा तप्किए । सर्वाङ्ग केशिया तृप्त भएर उठी । उसका निधार र माथिल्ला ओठ मास्तिर पसिनाका डोब उगेँका थिए । दुवै जाँघको काँपतिरबाट अर्को थोपा गम किताबमा तप्प खस्यो । उसले निहुरिएर हेरी । उसका पोटिला स्तन झुकेका थिए । उसले चोरऔँलाले आफ्नो गम छामी । जाँघका बिचमा खजमजिएका रौँसँगै गम लतपतिएको थियो ।
उसका आँखा खजमजिएका किताबका पानामा पुगे । केही पानाहरू च्यातिएका थिए । च्यातिएका पानामा गमको थोपा लतपतिएको देखी । अनि एक पलक पतिरामलाई हेरी, खालि भएको गमको (ट्युब) पिचकारीझैँ देखी र दिक्दार हुँदै साउतीमा भनी – ‘ए मेरो पति । आज दमदार स्वाद चखाइस् । यस्तै स्वाद तेरो काकुले दिन्नथ्यो र तैँले पनि यो स्वादको जिकिर आफ्नो काकुसामु गर्ने छैनस् । त्यसो गरिस् भने तँ त मर्छस् मर्छस्, सँगै तेरो बाउ पनि । कुरा बुझ् । यी किताबका च्यातिएका पानाहरू यिनै गमले टाँस् । पढ्न पठाएका हुन् । पढ्नभन्दा बढी घोक्ने बानी गर् बेलाबखतमा मलाई काम लाग्छ । लकडाउनको निषेधाज्ञा जारी छ । यो लकडाउन हाम्रो लागि लकडाउन मात्र होइन । कि गर् कि मर्, बुझिस् ? कोठा सर्ने या भाग्ने नसोच्दा हुन्छ । असम्भव ।’
जोडतोडले ढोका ढप्काउँदै केशिया बाहिरिई; रात छिप्पिएको थियो; त्यो अन्जान सहरको एक घरमा दुईमात्रै बस्थे । पतिराम आफ्नो कोठामा गुटमुटिएको थियो । उसको मनमा अनेकन भावहरू उर्लिरहेका थिए । उसले आफ्नो गाउँघर, आमाबा र काकुलाई सम्झ्यो । उसका बाका सात दाजुभाइमध्येको कान्छो भाइ ‘काकु’ थियो । आफूभन्दा मात्रै सात वर्षले जेठो । काकुले बिहे गरेको एक वर्ष पुग्दा नपुग्दै काकीकै हठमा सहर पसेका थिए । विदेश उड्नुभन्दा केही दिनअघि मात्रै काकीको हेरचाह र पढ्नका लागि आफूलाई सहर बोलाएका थिए ।
पतिरामको काकु विदेश उडेसँगै, उसको काकीले रङ्गरलिया देखाउन सुरु गरेकी थिई । रातभर ऊ हराउँथी । दिन्दिनै पहिरन फेरेसँगै उसले केटा फेर्थी । उसलाई घरसम्म छोड्न आउनेहरू दिनजस्तै फरक हुन्थे । पतिरामले सब कुरा बुझिसकेको थियो । काकालाई खबर गरूँ कि नगरूँ दोधारमा थियो । ऊ बसिरहेको ढोका त्यसरी नै पहिलोपटक ढक्ढकिएको थियो । उसले नचाहेरै ऊ लुटिएको थियो । त्यही दिनदेखि ऊ साँच्चैको आफ्नी काकीको पतिराम भएको थियो । सिलसिला बढेसँगै योजनाबद्ध रङ्गरलिया मोबाइलमा कैद भएको पतिरामले थाहै पाएन । ऊ काकीको पति नबन्दै काकीको कर्तुत काकुलाई नसुनाएकोमा बहुत पछुताएको थियो । उसले त्यो दिन पनि सम्झ्यो, जुन दिन काकीलाई पुलिसचौकीबाट छुटाएर ल्याएको थियो । केश थियो वेश्यावृत्तिको । घरमा ल्याएपछि दिक्दार हुँदै पतिरामले सम्झाएको थियो, – ‘काकी, यो सब छोड्नुस् । खान, लाउन, पैसा, के अपुग छ ?’
केशियाले पेट छाम्दै भनेकी थिई – ‘यसलाई खानाले सन्तृप्त पार्न सकिन्छ ।’ भने लगत्तै वदनलाई सुम्सुम्याउँदै भनेकी थिई – ‘यसलाई नानाभाँति पहिरनले सिँगारेर सन्तुष्ट हुन सकिन्छ ।’ कामुकताका साथ आफ्नो नाभिमुन्तिर हात घर्काई र थपथपाउँदै भनी – ‘यसमा खाना, पहिरन, पैसा घुसारेर हुन्छ ? कृत्रिम वस्तुको सहायताले प्राकृतिक सन्तुष्टि पाइँदैन ।’
– ‘त्यसोभए काकुलाई स्वदेश बोलाउनुस् ।’
– ‘हुँह्, तँबाट पाउने तृप्ति ऊबाट पनि पाउन सक्दिनँ । ऊ त घरको मुर्गा दाल बराबर हो । तँ लकडाउनभरिका लागि मात्र मेरो मुर्गा होस् । त्यसपछि मलाई हरेक छाकमा फरक-फरक स्वाद चाहिन्छ । बुझिस् ?’ भनेर केशियाले पतिरामलाई हातपातसमेत गरेकी थिई । अनेकानेक धम्क्याएकी थिई ।
लकडाउनको अन्त्यसँगै काकु स्वदेश आयो । एक्कासी आफ्नो श्रीमान् कोठामा छिरेपछि केशिया सरप्राइज भई । केही असमन्जस, केही उदास, केही अटपटा महसुस गरी । केशियाले देखावटी हर्ष देखाउन नपाउँदै उसका हर्ष खल्यात्खुलुत्त भई विस्मातमा परिणत भएको थियो । केशियाको मोबाइल काकुले हातपारेसँगै पतिरामलाई थमाइसकेको थियो । पतिरामले मोबाइलका भिडियोहरू स्क्रोल गरेर ध्यानपूर्वक हेर्यो । त्यहाँ आफूलाई झैँ ब्लयाकमेल गर्ने हेतुले कैद गरिएका भिडियोहरू थिए । त्यसमध्येको आफ्नो भिडियो चलाखीपूर्वक रिमुभ गर्यो र मोबाइल पुनः काकुलाई थमायो । काकुले आफ्नो मोबाइल स्क्रोल गर्दै प्रहरीचौकीको केश फाइल र भिडियोहरू केशियालाई देखायो । केशियामा मौजुद कामुकता क्षणमै स्खलित भयो । डरले उसका हातपाउ लुला भए । बिस्मयबोधक मोखडा उठाउँदै एकपलक पतिरामलाई हेरी ।
प्रहरीचौकीबाट जमानतका लागि पतिरामलाई फोन आएको थियो । पतिरामको मोबाइल नम्बर प्रहरीलाई केशियाले नै दिएकी थिई । पतिरामलाई सोधिएको थियो, केशियाका बारेमा । पतिराम पनि के कम ! पढेलेखेको बाठो गवार थियो । उसले केशियाको बारेमा थप जानकारी लियो र आफूलाई परेको समस्या समाधानका लागि जिकिर फर्मायो । प्रहरीले केशियाका हरकतमाथि सुटुक्क खानतलासी सुरु गरेको थियो । खानतलासीपछि थप प्रमाण जुटाएर पतिरामको सहायताले केशियाको पतिलाई विदेशमा प्रमाणसहित खबर पठाएका थिए । त्यसैले ऊ केशियालाई थाहै नदिई अकस्मात् स्वदेश झरेको थियो । ऊ भयङ्कर बेखुस थियो केशियासँग । प्रहरीबाट प्राप्त प्रमाणहरूबाट ऊ झन् बलियो भएको थियो । उसले आफ्नो रिसलाई काबुमा राख्नै सकेन ।
पुनः मोबाइलका भिडियोहरू स्क्रोल गर्दै केशियाका आँखामै चिप्कने गरी देखायो र गालामा चड्कायो । उसका कपकपिएका हातले केशियाको पाखुरा समायो । घिच्याउदै कोठाबाट बाहिर डोर्यायो । बाहिरी गेटसम्मै लघार्यो । गेट खोल्यो । केशियालाई गेटबाहिर हुत्यायो र गेट बन्द गर्यो । छिमेकीले उक्त दृष्य गोधूलिमा हेरिरहेका थिए । उसले केशियातर्फ हेरेर थुक्दै भन्यो – ‘….क डाउन ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।