समाजमा घटिरहेका घटनाहरूलाई सुन्दर शब्दहरूको प्रयोगले पाठकहरूलाई त्यसबारे सजक तथा जानकार गराउन प्रयोग गरिने कलालाई साहित्य भनिन्छ । जसरी, ” समुद्रको पानी प्रत्येक एक एक थोपाले बन्छ, त्यसै गरी साहित्य पनि समाजका परिस्थिति, नेपाली तथा अन्य शब्दको प्रयोगले पाठकहरूको त्यो प्यास अर्थात् जिज्ञासा मेटाउन सहयोग गर्दछ  ।

krish aryal

क्रिश अर्याल “जिज्ञासु “

समाजमा साहित्यको दर्पण भनेको के हो ? किन यिनीहरू महत्त्वपूर्ण हुन्छ भन्नेबारे हामी सबैमा प्रश्न हुन्छ । समाजमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्तिहरूले मनाउने परम्परा, चाडपर्व, रीतिरिवाज, संस्कृति, संस्कारकाबारे साहित्यमा साहित्यकारले नजिकैबाट नियालेको हुन्छ । “साहित्य समाजको आत्मा हो भने, समाज त्यसको शरीर हो ।” समाजको अन्त्य भए पनि साहित्यको कहिलै अन्त्य हुदैन । “बच्चाले बामे सरे जसरी नै, भुटानले पनि नेपाली साहित्यका पाइलाहरू चालेको छ । साहित्यकोमार्गदर्शनबाट नै समाजको समृद्धि, दिगो विकासकोबारे त्यसले निर्धारण गर्दछ । जब समाजमा बसोबास गर्नेमानिसहरू सचेत, अनुशासित हुन्छन्, त्यतिबेला उसले रचना गरेका आफ्ना सिर्जनाहरू बौद्धिक रूपले विकसित र उत्कृष्ट हुँदै अघि बढ्दछ । समाजको मूल अस्तित्व नै साहित्य हो । समाज र साहित्य ” एउटा सिक्काका दुईवटा पाटाहरू हुन् । समाज र साहित्यको नङ्ग रमासुको जस्तो सम्बन्ध रहेको हुन्छ ।

तर अहिले भने बाहिरी संस्कृतिको प्रभावले गर्दा हाम्रो मौलिक साहित्यको लोप हुदै गैरहेको छ । नेपाली समाजमा युवाहरू बाहिरी संस्कृतितर्फ प्रभावित भई उतैको साहित्यतर्फ रुचि राख्न थालेको पाइन्छ । साहित्यकारले आफ्नो सिर्जना, काव्यबाट पाठकको त्यो मनको कौतुहलता र त्यो प्यास मेताउन सधै मद्दत गर्दछ । समाजका समसामयिक घटनाहरूबारे साहित्यको रसद्वारा समाजलाई सुगन्ध छरिदिन्छ । साहित्यले हरपल समाजमा रहेका विसङ्गति, विकृति, अन्याय, अत्याचार बिरुद्ध बेसहारालाई सहारा दिई ज्ञानको ज्योति समुदायमा फैलाउन मद्दत गर्दछ । समाजमा व्यक्ति व्यक्तिबिच बोलिने भाषाद्वारा नै साहित्यको जन्म भएको हो । साहित्यले भने आफूलाई जन्माउने समाजको विकृति, प्रगति, उन्नतिबारे कलमको सहायताले आफ्नो आवाज आवाज बुलन्द गर्दछ । नेपाली समाजकै कारण आज नेपाली साहित्य विश्वभर प्रख्यात छ । “जहाँ सूर्यको उज्यालो प्रकाश पुग्न सक्दैन, त्यहाँ साहित्यकार पुगी त्यस ठाउँलाई सौन्दर्य र प्रकाश फ़ैलाउछ ।  हाम्रा साहित्यकारहरू जस्तै :- पारिजात ले “शिरीसको फूल”मार्फत नेपाली समाजको चित्रण गरी अहिले विभिन्न विदेशी मूलुक जस्तै :- अमेरिका, अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा उहाँका कृतिबारे अध्ययन गरी असल, प्रभावकारी नेपाली साहित्यकारहरूको पहिचान गर्दछन् ।

त्यसै गरी महाकवि लक्ष्मी प्रसाद देवकोटाको सून्दर कविता “मुना मदन “द्वारा उहाँले नेपाली समाजमा बैदेशिक रोजगारले निम्तिएका दुई सम्बन्धबिचको मिलन, परदेशबाट स्वदेशको सम्झनाबारे साहित्यमार्फत चित्रण गरेका छन् ।

समाज कुन बाटोतर्फ लम्किरहेको छ बारे साहित्यकारले साहित्यका विभिन्न प्रकारहरू जस्तै :- कविता, कथा, काव्य, उपन्यास, फुटकर नोट, कृतिहरूद्वारा सधैँ समाजको प्रतिबिम्बन गरी आफ्ना पाहिलाहरू चालिरहन्छ । कलममा रहेको त्यो मसीमा शब्दका मिठा रसहरूद्वारा साहित्यकारले आफूलाई चाहेको समाजबारे कल्पनालाई यथार्थमा ढाल्न पाठकहरू आफ्ना रचनाद्वारा भन्दछन् । तर, अहिले भने सूचना प्रविधिको बढ्दो विकासले गर्दा समाज र साहित्यबिच केही दूरी आएको देखिन्छ । त्यो दूरी मेटाउँदै साहित्यलाई संरक्षण गर्न हामी सबैजनाले आफ्नो मौलिक भाषामा रचना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ ।