लमजुङको धमिलीकुवा ३ मा जन्मिनुभएका पदम विश्वकर्मा हाल अमेरिकाको कोलोराडोमा बसोबास गर्नुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातक, समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर विश्वकर्मा हाल अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रस्टीमा हुनुहुन्छ । उहाँ यत्र समाजको पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।
विश्वकर्मा नेपाली साहित्य क्षेत्रमा निबन्ध, कथा वा कविताका लागि मात्र चर्चित हुनुहुन्न, दलित समुदायको कला र साहित्य सिर्जनाको उन्नयनका लागि खट्ने व्यक्तित्वका रूपमा समेत परिचित हुनुहुन्छ ।
आफ्नै नाममा स्थापना गरिएको प्रतिष्ठान अर्थात् पदम विश्वकर्मा साहित्य प्रतिष्ठानमार्फत् उहाँले दलित समुदायको साहित्य सम्वर्ध्दन तथा प्रवर्द्धनका लागि विशिष्ट योगदान पुर्याउने साहित्यकारहरूलाई पुरस्कार प्रदान गर्ने गर्छ ।
प्रतिष्ठानले उत्पीडित, पिछडिएका वर्गको उत्थानका लागि लेखिएका कृतिहरू नियमित प्रकाशन गर्नुका अतिरिक्त विद्यालयस्तरमा भेदभावविरूद्ध जनचेतना अभिवृद्धि गर्न राष्ट्रव्यापी कविता प्रतियोगितासमेत आयोजना गर्ने गरेको छ ।
गत वर्ष उहाँको कथा संग्रह ‘तमसुक’ प्रकाशित भएको थियो ।
डायस्पोरामा कोरोनाकालको एक झलक दिने उहाँको निबन्धः
तिहारसँगैै भित्रिएको कोरोना र अनौठा अनुभूतिहरु | साहित्यपोस्ट (sahityapost.com)
साहित्यपोस्टमा प्रकाशित उहाँको बहुचर्चित संस्मरण पढ्न यहाँ क्लिक गर्नुहोस्ः
भाइटीकामा दिदीबहिनी नहुनेहरुको पीडा | साहित्यपोस्ट (sahityapost.com)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

