आजको दिनमा हजुरको मोबाइलमा अवश्य पनि फेसबुक छ होला । फेसबुक एक अङ्ग्रेजी शब्द हो । यसलाई नेपालीमा भन्नुपर्दा कसरी भन्ने ?
अनुहारपुस्तिका !
आज मैले अनुहारपुस्तिकामा फोटो हालेको कसैले मन नै पराएनन् !
बढो अचम्म है !
खोज्दै जाँदा हजार बाटामा लाखौँ यात्रीहरू भेटिन्छन् । फेसबुकमा पनि करोडौँ यात्री छन्, तर उनीहरूको गन्तव्य के हो कसलाई थाहा छ ?
बढो अचम्मको माध्यम हो फेसबुक । यहाँ फरक अनुभव भएका फरक सोच भएका फरक फरक अनुहारहरू भेट्छौँ ।
नचिनेको मान्छेले पनि फोटोमा लाइक गर्‍यो भने उसको फोटोमा गएर हामी पनि लाइक गरिदिन्छौँ अनि सुरु हुन्छ मित्रताको नयाँ अभ्यास ।
आफ्ना जिन्दगीका हरेक पलहरू मान्छे यही माध्यमबाट सबैलाई बताउन चाहन्छन् ।

माधव काफ्ले

हामी दु:खी छौँ, खुसी छौँ सबै आफ्ना भावनाहरू पोख्ने ठाउँ बनेको छ । तपाईँलाई कस्तो खाना लगाउन मन पर्छ, कुन ठाउँ मन पर्छ, कुन गीत सुन्न मन पर्छ आदि इत्यादि सबै कुराहरू तपाईँको प्रोफाइल खोलेपछि थाहा पाउन सकिन्छ ।

आखिर तपाईँले सार्वजनिक गरेका यी यस्ता कुराहरूबाट कसैलाई फाइदा भइरहेको त छैन ? कहिल्यै सोच्नुभएको छ ?
आफ्नो प्राइभेसी कहाँसम्म रह्यो भन्ने कुरा पनि पटक्कै सोच्नुहुन्न होला !
तपाईँले प्राइभेट गरेर राखेका कतिपय कुराहरू तपाईँका साथीहरूलाई थाहा छैन होला, तर फेसबुकलाई त थाहा छ नि ।
मानौ तपाईँ केटी हो, यदि तपाईँको फोटो जुम गरेर कुनै केटाले हेर्छ अनि भन्छ यार क्या सेक्सी छे, हट छे यसलाई त…
अझै चुप्पा पनि खान्छ होला ।
तपाईँले त देख्न सक्नुहुन्न ! यदि तपाईँको अगाडि आएर कुनै केटाले यस्तै हर्कत गर्छ भने तपाईँको रियाक्सन के होला त ?
तपाईँलाईँ यति कुरा पनि थाहा छैन कि तपाईँले थाहा नपाउने गरी कसैले तपाईँमाथि इच्छा विपरीत कार्य गरिरहेको छ कि छैन ?
फेसबुकबाटै मान्छे प्रेममा डुबिरहेका छन्, दुईचार दिन कुरा हुन्छ ठुलाठुला सपना देखाइन्छ अनि भेटघाट हुन्छ ।
इच्छापूर्ति भएपछि विस्तारै सम्बन्ध टाढिन थाल्छ ।
के यो माया होला त ?
आकर्षण मात्र पो हो कि !
प्रेम हुन्थ्यो भने त समर्पण हुन्थ्यो न कि जबर्जस्ती ।
यदि तपाईँलाई कसैले कुनै कुराका लागि जबर्जस्ती गरिरहेको छ ? छ भने त्यो प्रेम हैन !
अचम्म लाग्न सक्छ। हो यही सही हो ।
प्रेमलाई सबैले आफ्नै तरिकाले परिभाषित गर्छन् । मेरो विचारमा प्रेमका लागि त्याग, समर्पण, मुख्य कुरा हुन् । एकतर्फी हैन दुईतर्फी ।
कुनै कुरा पाउने आशा राखिन्छ भने त्यसका लागि मरिमेट्नु पर्छ । तर प्रेम त कुरा हैन, दुई चार कुरा राम्रो बोलेर पछि बोली फेर्नु को के औचित्य ?
एउटा केटा आज कुनै केटीको प्रोफाइलमा घुस्छ अनि उसको बारेमा सबै अध्ययन गर्छ, भोलि उसलाई म्यासेज गर्छ, दुई चार दिन राम्रा कुरा गरेर आकर्षित गर्छ । केही दिनमै ऊ बद्लिन थाल्छ नि सम्बन्ध बिग्रन्छ किन ?
देखावटी !
यदि कसैलाइ प्रेम गरिन्छ भने उसलाई आफ्नो असली रूप देखाएर नै आकर्षित गर्न सक्नुपर्‍यो नि । मानौ तपाईँ एकदम खराब मान्छे हो तर तपाईँभित्र केही राम्रा कुरा पनि होलान् जसले उसलाई तपाईँको प्रेमभित्र आकर्षित गरोस् ।
भगवान् श्रीकृष्णमा पनि त केही अवगुण थिए । कसलाई थाहा थियो र उनी भगवान्को रूप हुन् भन्ने कुरा तर पनि सोह्र सय गोपिनी उनीमाथि मोहित नै थिए । उनले पनि आफ्नो प्रेम राधालाई गुमाएर रुक्मिणीको रूपमा प्राप्त गरेका थिए ।
कोही हुन्छन् कृष्ण जस्ता सबैलाई मोहित बनाउने त कोही हुन्छन् शिवजी जस्ता, आफ्नो प्रेमका लागि सबै त्याग्न सक्ने ।
जसरी शिवजीले छल गरेर सतिदेवी प्राप्त गरे त्यसरी नै आजका युवाहरू त्यही कुराको अनुशरण गरिरहेका छन् । तर यो पनि याद गर्नुस् कि छल गरेर सतिदेवी प्राप्त गरेका शिवजी आखिरमा प्रेम वियोगमा परे ।
अनुहारपुस्तिकाले मलाई पनि प्रेमरूपी सागरमा डुबाएकै हो ।
न त सागरले मलाई अपनायो न त म बाहिर निस्किन सके बस  प्रेमरूपी सागरमाथि तैरिरहेँ । कहिले छालसँगै बाहिर आउँथे अनि त्यही छाल मलाई फेरि तानेर त्यही समुद्रमा पुर्‍याउँथ्यो ।
प्रेमका भाव बोकेर बगेका ती नदिहरू पनि अन्त्यमा सागरमै हराउँथे । न त तिनको मूल्य थियो न त मान्यता नै ।
भनिन्छ, झुटलाई साँचो बनाउन सजिलो हुन्छ तर सत्यलाई सधैँ साबित गर्नुपर्छ । जुन गाह्रो हुन्छ ।
सायद अन्त्यसम्म पनि सत्य साबित गर्न सकिँदैन । हुनसक्छ, अन्त्यपछि सत्य साबित होस् त्यसले बाचेकाहरूलाई पश्चतापको आगो बनेर पोलिरहन्छ ।
सत्य साबित गर्नका लागि मेरो पूरै जिन्दगी किन समर्पण नहोस् म लागिरहन्छु, पाइला चालिरहन्छु ।