नेपाली साहित्य जगतको हालको अवस्थामा नवपुस्ताको झुकाव लोभलाग्दो छ । अझ् उनीहरुको झुकाव अन्य विधामा भन्दा उपन्यासमा बढी नै रहेको छ । उनीहरु किताब पढ्दैनन् मात्र, आफूलाई राम्रो लागेका पुस्तकहरु साथी तथा सञ्जालमार्फत् सिफारिस पनि गर्छन् । हेरौँ, पाँच नवपुस्ताका पहिलो रोजाईका पाँच नेपाली उपन्यास ।
नवपुस्ताका कवि तथा लेखक नीर्भिक जंग रायमाझी भाषा र कल्पनाले भरिएका उपन्यास पढ्न रुचाउँछन् । उनका रोजाइका पहिला पाँच नेपाली उपन्यासहरुमा शब्दातित शान्तनु (वानीरा गिरी), शिरिषको फूल (पारिजात), घामका पाइलाहरू (धच गोतामे), खैरिनीघाट (शंकर कोइराला) र पागल बस्ती (सरुभक्त) पर्दछन् ।
साहित्य अध्ययनमा गहिरो रुचि राख्ने कविता पौडेल समाजको नजिक रहेर दर्शनको बिम्ब खडा गर्ने उपन्यास पढ्न रुचाउँछिन् । पागलबस्ती, शिरिषको फूल, सेतो धरती (अमर न्यौपाने), लु (नयनराज पाण्डे) र पल्पसा क्याफे (नारायण वाग्ले) उनका रोजाइका पहिला पाँच उपन्यास हुन् ।
नवपुस्ताका कवि तथा लेखक नीर्भिक जंग रायमाझी भाषा र कल्पनाले भरिएका उपन्यास पढ्न रुचाउँछन् । उनका रोजाइका पहिला पाँच नेपाली उपन्यासहरुमा शब्दातित शान्तनु (वानीरा गिरी), शिरिषको फूल (पारिजात), घामका पाइलाहरू (धच गोतामे), खैरिनीघाट (शंकर कोइराला) र पागल बस्ती (सरुभक्त) पर्दछन् ।
नेपाली साहित्यको मुलधारमा पौडिरहेका नवपुस्ताका कवि निरज दाहाललाई अहिले यौन र प्रेमकै वरिपरिमात्र घुमिरहेका नवपुस्ताप्रति चिन्ता छ । उपन्यास पढ्दा उनी विषय र विषयको उठानलाई प्राथमिकतामा राख्छन् । कर्णाली ब्लुज (बुद्धिसागर), सेतो धरती, पागल बस्ती, नरेन्द्र दाइ (विपि कोइराला) र पल्पसा क्याफे उनको रोजाइका पहिलो पाँच उपन्यास हुन् ।
किताबलाई असल साथीको उपमा दिने राधा सापकोटा उपन्यास होस् वा अन्य कुनै विधाका पुस्तक; उनी त्यसमा उज्यालो खोज्छिन् । प्रत्यक्ष वा अप्रत्यक्षरूपमा आफूलाई प्रतिनिधित्व गर्ने उपन्यास पढ्न उनलाई औधि मन पर्छ । उनको रोजाइका पहिलो पाँच उपन्यासमा फिरफिरे (बुद्धिसागर), पागल बस्ती, करोडौँ कस्तुरी (अमर न्यौपाने), राधा (कृष्ण धरावासी) र पल्पसा क्याफे पर्दछन् ।
पछिल्लो पुस्ताका चर्चित कवि मोहन संग्रामलाई पुस्तकभित्र आफूलाई खोज्छन् । जब उनी पुस्तकमा आफू, आफ्नाहरू, आफूले बाँचेको समय र मिल्दा धारणाहरू पाउँछन्, तब उक्त पुस्तक उनको प्रिय बन्छ । शिरिषको फूल, सेतो धरती, सुम्निमा (विपि कोइराला), घामका पाइलाहरू र कर्णाली ब्लुज उनको राजाइका पहिला पाँच नेपाली उपन्यास रहेका छन् ।
पाँच नवपुस्ताको रोजाइलाई नमूना मान्दा पागलबस्ती पाँचमध्ये सर्वाधिक चार जनाको रोजाइमा परेको छ । शिरिषको फूल, पल्पसा क्याफे र सेतो धरती समान पाँचमध्ये ३ जनाको साझा रोजाइमा परेका छन् । त्यस्तै घामका पाइलाहरु र कर्णाली ब्लुज समान ३ जनाको साझा रोजाइमा छन् भने अन्य उपन्यास पाँचमध्ये एक जनाको रोजाइमा मात्र रहेका छन् ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

र यो पनि पढ्नुहोस्...