समाजशास्त्रीहरु भन्छन्, “भगवान् पनि मानिसले नै बनाउने हो । अल आर सोसल्ली कन्ट्रक्टेड ।“  म पनि यसैको विद्यार्थी ।  तर अहिले म दुवैको बीचभागमा छु । अझ भन्ने हो भने  थेस्रहोल्डमा छु । मैले डिफेन्स गर्नु छ, गड इज सोसल्ली क्रियटेड । तर मैले रोजेको छु, ईश्वरले  हामीलाई बनाएका हुन् । हेरौँ  कतिसम्म कन्भिन्स गर्न सक्छु भाइवामा ।

यो भयो मेरो पिएचडीको थेसिस । तर अझै धेरै प्रकिया बाँकी नै छ ।  सबै कुरा सामाजिक निर्माण हो, म त्यसैको विद्यार्थी हो । म पनि द्वन्दको समयमा नेपाली सेनाको सिपाही भएँ । सिपाही हुँदै विभिन्न लडाइँ लड्दै  अन्तिम लडाइँ पिलीबाट विश्राम भयो । शान्ति भयो । पुरानो पढ्ने इच्छा जुर्मुरायो ।  म उपदान पास गरेर बाहिर निस्के । गोठालो जाँदा भुपु भारतीय सेनाबाट सुनेका कहानी  साँच्ची नै यथार्थ भए । लडाइँ आफैँ लड्न पर्यो ।  सिपाहीको डायरीमा तयार भयो । फेरि बाँकी अर्को आउने तयारीमा छ । घाइते सिपाही तनाव । जे सोचिन्छ, त्यही पाइन्छ भनेर द पावर अफ योगर सब्कन्सियस माइन्डमा जोसेफ साप भन्नुहुन्छ । सायद त्यसैले होला तनाव  कम गर्ने, युद्धको चित्कारबाट बाहिर आउने उपाए खोज्दै थिएँ ।   योगतर्फ लागेँ । यसैमा रमाउँदै छु । सिक्दै छु । खोज्दै छु । साँच्ची नै मज्जाको छ यो क्षेत्र । झन् यो कोरोनाको कहरमा त योग रामवाण नै भयो । कति जना डिप्रेस भए । कति औषधि खाँदै छन् । कति आरोग्य केन्द्र धाउँदै छन् । म पनि आरोग्य नेपाल जाँदा धेरै देखेको छु ।

हरेक कुराको दुईवटा पक्ष हुन्छ । आजकल धेरै समय सामाजिक सञ्जालले लगेको छ । अझ भनौ भनेँ, एडिक्ट नै बनाएको छ । मैले  माइएडिक्टोमिटर एपमा हेरेँ ।  २४ घन्टामा  १० घन्टा ४३ मिनेट मैले मोबाइलमा बिताएछु । र मैले स्क्रिन चलाएको समय  १६९ पटक थियो । म पनि अचम्मित भएँ । यति धेरै चलाएछु । तर यसको फाइदा पनि छ । धेरै कुरा सिक्न पनि पाइएको छ ।

चन्द्र कटुवाल

अहिले दुईवटा कोरोनाले सताएका छन्,  बाहिरको कोरोना र भित्रको कोरोना (डर्टी पोलिटिक्स) । यी दुवै मिलेर   चारवटा अंक बनाउदै छन् रे । चारवटा अंक;   कि त मंक, कि हंक, कि चङ्क, कि ड्रङक । यो मैले भर्खरै सामाजिक संञ्जालबाट साभार गरेको ।  आई एम गुड इन स्टिलिङ बट अनेष्ट  । यसले मलाई फेरि पनि पुरानै अवस्था झस्कायो  । म त्यहि पुँगे । विगतमा …

“धेरै मकन दङाउने काम नअर है । म फेरि माताका बगाल बाइजान्छु हँदै खाउला” आमाले निरास हुँदै भनिन् । दिदीलाई पनि त्यो कुराले घोचेछ । पिठो मिच्दै गरेका हात टक्क रोकी । उसका दुवै हातैभरि गँहुको पिठो गुजुल्टै थियो । भाइ पनि खेल्दै गरेको  टक्क रोकियो ।  खै के बुझेछ ? जब कि मैले त केही बुझिनँ । भाइ जम्मा पाँच वर्षको थियो ।  आमाको मुहार अँध्यारो थियो । दिदीको र आमाको खटनपटन नमिलेको होला  । सायद दिदीले आमाको मुखमुखै लागेर हो कि ?

“हुन्देउ क्या जेई,  अब म कहिल्यै मुख लाग्न्याछैन । ज्या भन्यौ त्यै अर्छु । जम्मै काम अर्छु ।”  दिदीको गल्ती ठूलै परेछ कि क्या हो । अनुनय गरिरहेकी थिई । नत्र झिनामसिना कुरा भाउ दिन्न दिदी । अलि घमन्डी पारकी छे । दिदी दैलोभन्दा थोरै भित्र थिई । पिठो मिच्न छोडेर काना ठाडा पारेकी थिई । नजर भने  पिठोतर्फ थियो । धिमे गतिमा हातको पिठो डबरामा  झार्दै थिई । मानौँ उसको पूरै ध्यान आमातर्फ छ ।  आमा दैलोभन्दा बाहिर ।  भाइ  चुल्होको नजिक  । म झ्याल नजिकै भित्तामा अडेस लागेर बसेको थिएँ ।

आमा भावुक भइन् । चित्त निकै दुखेछ ।  तत्कालै रुन थालिन् । खै किन हो ?  मुटु भक्कानिएर आएछ कि ! दिदी पनि हतार हतार पिठो त्यहीँ छोडेर दौडी । दिदीको हातमा अलिअलि पिठै थियो । दिदी आमालाई निक्कै माया गर्थी ।    दिदीले आमाका आँसु पुच्दै भनी, “ मैलै बिराएँ, जान्यान जेई । म अब कहिल्य यस्तो अर्न्या छैन । मन थाम्न सक्यान ।”  उता आमालाई सम्जाउन गएकी आफैँ रोई । खै किन हो ?

म अक्क न बक्क थिएँ । कुराको भेउ पाउन सकिनँ । किन दिदीले त्यसरी माफ मागी ? किन आमा रोइन् ? यस्तो अवस्था पहिले देखेको थिएन । म मनमनै कुरा खेलाउन थालेँ । साँच्ची त्यति ठूलो गल्ती के गरिछ दिदीले । कुरा पनि खोल्दैनन् । म पहिले त्यो कुराको चुरो थाह पाउन नसकेर पछुतो मानिरहेको थिएँ । म त बीचमा पो आइपुगेँ । भाइलाई लगेर खेल्न गएको थिएँ । म उसको धरालो थिएँ । भोक लागेर पो घर आएका । नत्र त्यतै खेल्थ्यौं । आमा र दिदी एकअर्काका सहयोगी थिए । माया निकै गर्थे । एकछिन पछि दुवै जना अँगालो हालेर रोए । त्यसपछि आमाले भनिन्, “ल भैगो बाबै । भन्दियाछु अब मुखै कहिल्यै नलागेई । अब  म यस्तो भन्नैन । तो पनि यस्तो नअरेई ।”  मैले कुरा पत्ता लगाएँ ।  दिदी आमाको मुखमुखै लागिछे । तर कतिसम्म मुख लागि खै दिदी । मैले सुन्न  पाएन ।

चन्द्र कटुवाल

एकैछिनमा आमा र दिदी शान्त भए । दिदी पनि पिठोतर्फ गई । आमाले आगो  बालिन् । दिदी रोटी पकाउन तयार भई । मलाई उनीहरुको बोलाबोल या मिलापत्रसँग चासो थिएन । चुरो कुरो पनि थाह पाएँ । योबेलासम्म ध्यान दिएको  केवल  कतिखेर  रोटी पकाउन सुरु गर्छन् भन्ने हो । पेट घर खाउँ कि घरिना खाउँ भन्ने हालतमा थियो ।

बाउजुको मृत्युपछि  हर कदम दिदी नै थिई साथी । आमा पनि त्यही दिदीको भरोसा र हामीहरुकै मायाले अडिनु भएको थियो । जेठा बाउजुहरु त पोइल  गए जावोस् भन्थे  आमालाई । गाउँलेले कतिपटक पोइल नै जान्छे भने ।

म कहिल्यै पनि भावुक हुन्थिनँ । सायद उमेर पनि भावुक हुने थिएन । एकछिन सम्झन्थे अनि तुरुन्तै बिर्सन्थे । तर मलाई त्यो माता भन्ने चाहिँ निक्कै चुपेको थियो । साँच्चै यो माताको बगाल कत्रो हुन्छ होला ? त्यो बगालमा खोज्नै नसकिने ?  यदि त्यो ‘माताको बगाल’ साधारण भए दिदी किन त्यति झुक्थी । दिदी पनि इगोवाली थिई ।  मेरो मनमा पनि कौतुहलता जाग्न थाल्यो । बगाल त थाह थियो । तर माताको बगाल थाह थिएन ।

मैले पेटभरि रोटी खाएँ । मलाई खाजा र खानामा फरक थिएन । अहिले टन्नै पेट भरेपछि पछि किन खानु पर्यो ।  आमा पनि नास्ता खाएर बाणीतिर गइन् । दिदीले नास्ता खाइसक्ने बित्तिकै सोधेँ, “दिदै यी माता भन्याका को हुन् ? यिनको बगाल कत्तो हुन्छ ?”

दिदीले मुसुक्क मुस्कुराउदै भनी, “माताको बगाल ठूलो हुन्या होइन क्या । माता भन्याका जोगी जस्तै हुन् ।”  अब बल्ल बुझेँ ।जोगीहरु त आइरहन्थे । कुरो गम्भीर रहेछ । म पनि सतर्क भएँ ।

दिदीले मलाई थप प्रस्ट पारी ।

कतै चित्त बुझेन भने । गाउँघरमा झगडा भयो भने । बैराग चल्यो भने । कसैको हत्या गरे भने पाप कटाउन । जोगी बन्छन् । उसो त कुल सुधार्न पनि बन्छन् । कूलमा एक जना जोगी बन्नै पर्छ । छोरामान्छेलाई जोगी र छोरीमान्छेलाई माता भन्या रछन् ।  अब म प्रष्ट भएँ । खै कताबाट हो के आयो मनमा । मैले प्याट्ट भनेँ, “म पनि ठूलो भएर जोगी बन्छु ।” त्यो सुनेर दिदी एकछिन घोरिँदै चुप लागी । यो दिदीले आशा गरेको कुरा थिएन होला सायद । अलिपछि भावुक हुँदै भनी, “तो किन जोगी बन्न्याहोई ?” ।

“म कूल सुधार्न जोगी बन्छु ।“ मैले ओठे जवाफ फर्काए ।

दिदी बिखलबन्दमा परी । मलाई जोगीका धेरै बाधा सुनाई । ठूलो डर पनि देखाई । जोगी मरे भने हाम्रो जस्तो श्रीथान लिएर पोल्दैनन् । जमिनमा खाल्डो खनेर गाड्छन् । त्यसो भयो भने स्वर्ग जान पाउँदैनन् । बिहेवारी घरजम केही गर्न पाउँदैनन् ।

बिहेवारी घरजमको गोली मारो ! मलाई त्यतिखेर के मतलब ? तर स्वर्गको कुराले भने मलाई झस्कायो । मलाई त स्वर्ग जान मन थियो ।  अरु केही ज्ञान नभए पनि स्वर्ग र नर्कको ज्ञान सबैलाई हुन्थ्यो । यो एक किसिमको लेप नै थियो ।

अरु थप बाधा पनि भनी, जोगी बन्नको लागि आफ्नै घरबाट भिक्षा माग्नु पर्छ । यदि घरकाले भिक्षा दिएनन् भने जोगी  बन्न सक्दैनन् ।

कुनै अरु उपाए त होला नि ? म सोच्दै रहेँ । फेरि प्रश्न गरेँ,  सजिलै त कसले भिक्षा दिँदो हो र ? तर यतिका जोगी कसरी भए त ?

त्यसताका गाउँमा दिन बिराएर जसो जोगी आइरहन्थे । साना केटाकेटीलाई डराउन भनिन्थ्यो, ‘धेरै हल्ला नगर है, फेरि जोगीले लैजाला !’ अन्तिममा दिदीले  भन्न नचाहे पनि मुखबाट फुत्कियो । कोही कोही झुक्काएर भेष बदलेर आफ्ना घरबाट भिक्षा लिन्छन् र जोगि बन्छन् ।  “त जोगी बनी भन्या कोले दिन्या हो भिक्षा ? हामी मरेकाट्या दिन्या छैनउ ।”

मैले भनेँ  “म भेष बदलेर आउँछ ।”  सायद दिदीले तर्कभन्दा डराउनु जाती मानिछ । “तत्काल आमालाई भन्दिन्छु” भनी । म चुपचाप ।

दिन बित्दै गए । कतै न कतै त्यही कुरा मनमा बस्यो । जोगी । समाजशास्त्रीहरु भन्छन्  मान्छेको आइडिया पनि लोकेशन अनुसार आउँछ । सायद त्यसैले धेरै जोगी देखेर त्यहीँ आइडिया आएको होला ।

नयाँ जोगी । अब मेरो मन पनि बद्लियो । पुराना जोगी मानसपटलबाट गाएब भए । म पनि नयाँ जोगी बन्छु । फेरि मन परिवर्तन भयो ।

तर ती जोगी हट्दै गए अब । संसारमा सबैकुरा परिवर्तनशील छ, केवल परिवर्तन भन्ने शब्द बाहेक ।  फेरि तिनका ठाँउमा अर्का जोगी आए । नयाँ जोगी । अब मेरो मन पनि बद्लियो । पुराना जोगी मानसपटलबाट गाएब भए । म पनि नयाँ जोगी बन्छु । फेरि मन परिवर्तन भयो ।

तर यी अलि फरक जोगी रहेछन् । विस्तारै थाह भयो । पहिलेका जोगीलाई जे दियो सन्तोष मानेर लिन्थे । नयाँ जोगीले त्यसरी मानेनन् । यिनीहरु त हाम्रै मुक्तिका लागि आएका रे । पुराना कूल सुधार्न हो भने नयाँ त जसका घर जान्छन् त्यसैको मुक्ति गर्न । अझ सम्पूर्ण  प्राणीजगतको नै । यिनीहरु जिउँदै मुक्ति दिने । अहिलेका जोगीको पल्टन थियो । यी जोगीहरु शस्त्रअस्त्र चलाउन माहिर थिए ।  मुर्खदेखि दैव डराउ । मुक्ति कस्तो हो थाह थिएन । तर एकदिन भने थाहा भयो । पारी गाउँको एक जना गरिबलाई मुक्ति दिएछन् ।  रुखमा बाधेर शरीर टुक्रा टुक्रा पारेर मुक्ति दिएछन् । गाउँभरि हल्ला भयो ।  पहिलेका जोगी आफू दुःख गरेर कूल सुधार्नतिर थिए । तर यी जोगी कूल मारेर आफू सुध्रिने रहेछन्  ।

नयाँ जोगीले खरानी धेरै घस्छ । सायद त्यसैले होला, पहिले त बाक्लो खरानीले होला नयाँ जोगी मन पर्यो । तर जब उनीहरु अलि पुराना हुँदै गए । सबै खरानी पखालियो ।  उनीहरु अब खरानी घस्न पनि अल्छी गर्न थाले । जस्ता थिए त्यस्तै देखिए ।  नयाँ जोगीको हर्कतले चिलगाडी पनि आउन थाल्यो ।  यसरी नजिकै चिल गाडी आएपछि गाउँका भैंसीहरु तर्सिए । जोतिरहेका गोरुहरु ज्वाली फोरेर बेपत्ता भए । हली निराश भए ।  यी जोगीले गर्दा चिल गाडी आएको कुरा गाउँलेले थाह पाए । अन्तिमा जताबाट पनि माताजी मातृ शक्तिलाई पिर पारे । जोगी बन्ने पनि उनकै छोरा । मुक्ति पाउने पनि उनकै छोरा । एक दिन माताको  सहनशीलता भंग भयो ।  माताको बगाल खडा भयो  । नयाँ जोगीसँग शस्त्रअस्त्र र फौज थियो ।  तर पनि दुर्गा कालीको रुप धरेकाले के मान्थे ? ती नयाँ जोगीलाई  भगाइदिए । नयाँ जोगीले भन्थे अरे ‘षडयन्त्रकारीहरुले प्रतिक्रान्ति गरे’ । तर ती नयाँ जोगीका शब्द गाउँका सोझालाई के थाहा ? जुम्ली भाषा बोल्ने । ती शब्द बोल्नै जान्दैनन् । के बुझ्नु ? तर मान्नै पर्छ, माताको बगाललाई । चिल गाडीवाला खुसी भए । तर माताको उदेश्य चिल गाडीवालालाई खुसी पार्नु पनि थिएन ।

म पनि जोगी बन्छु भनेको, यी घिनलाग्दा जोगी देखेर मेरो मन बदलियो । गाउँघरको जेठो छोरो नहुनु । राजघरको कान्छो नहुनु । म जेठो छोरो थिएँ । पढेर घरको जिम्मेवारी लिनु थियो । तर स्कूलहरु बन्द भए । दिनदिनै ताण्डव । पढाइ छुट्यो । म लागे सिपाही हुनतिर । सिपाही भएँ ।  सिपाही दुश्मनसँग लड्छ । तर पनि फेरि त्यहि नयाँ जोगीकै नातेदारहरु थिए टाउकोमा । उनीहरु पुराना जोगी भएका रहेछन् । चोरको कुरा चोरले जान्छ । अब नयाँ जोगीलाई तह लाउन हामीलाई लडाए । लड्नु पर्ने अर्को देशको सिपाहीसँग । लडाए नयाँ जोगीसँग । ती नयाँ जोगी जो मातादेखि परास्त भएका थिए ।   तिनैसँग लड्नु पर्ने भयो । अल आर सोसअल्ली कन्स्ट्रक्डेट ।

सिपाही हुनु बाघको जुगाँ उखेल्नु जस्तै हो । हो रहेछ । फेरि लडाइँ । के हो के हो ? नमारौँ, आफूलाई मारिदिन्छन् ।  नाम नयाँ जोगी भए पनि काम खुङखार थियो । पट्रोल । गस्ती । क्रस पाएरिङ । लडाइँ । भिडन्त ।  छलाङ । सर्वाहारा वर्गको मुक्ति । बराबर ।

युद्धमैदानमा घाइतेको चित्कार । आफ्नै जोडाका लासका टुक्राहरु यत्रतत्र छरिएका । कति बेपत्ता सिपाहीका परिवार अहिलेसम्म पनि बाटो हेरिरहेका छन् । भलै कुर्दा कुर्दा आँशुको साथमा आँखाको ज्योति नै सुक्नेबेला भयो । आखिर किन हुन्छ लडाइँ ? सिपाहीलाई त यो पनि जान्ने अधिकार हुँदैन, हामी किन लड्दै छौं । आदेश आयो लडाइँ लाग्यो । र लडाउनेलाई  के थाह ? लडाइँ कति भयानक हुन्छ भन्ने । अझै भन्नेहरुले भन्न छाड्दैनन् । सिपाहीले यस्तो मार्यो । सिपाहीलाई रहर हुन्छ र ? उसलाई मात्र थाह हुन्छ लडाइँ कति अकल्पनीय हुन्छ ।  सिपाहीको धर्म आदेश मान्नु हो ।   त्यही धर्मको डोरी समातेर आदेश आएपछि नचाहे पनि सिपाहीका पाइला लम्किन्छन् युद्धभूमितर्फ । सिपाही रहरले जाँदैन ।  त्यो दृष्य  मुटुको कुनामा जस्ताको तस्तै छ । अचेतन मनमा तैरिरहेको छ । कहिले मौको मिल्यो कि अघि बढ्छ । अनि सुरु हुन्छ त्यो भयानक दृष्य । निद्रा त टुट्छ तर वैराग्य चढेर आउँछ । मनमनै भन्छु, हामी लडाइएकाको त यस्तो चाल छ । झन् यी लडाउनेलाई कस्तो हुन्छ होला ? कसरी निदाउँछन् होला ? के  साँच्ची यतिकै जान्छ होला त ? दोज हु कम्ज वाई ब्लड गोज वाई ब्लड । जसले रगत बगाएर आउँछ रगत बगेरै जान्छ । यो प्रकृतिको नियम हो ।  प्रकृतिले सबैकुराको फाइल राखेको हुन्छ ।

समयले गर्दा पो अस्त्र बिसाएर साधुको छवि बनाएका रहेछन् । काले काले मिलेर खाउँ भाले । मालिक मिलिहाले नि ।

सबै कुरा टरेर जाने रहेछ । यो कालखण्ड पनि टरेर गयो । अब देश बराबर भयो । यतै बसेका पुराना जोगी र नयाँ जोगी मिले । यो त नाटक पो गरेका रहेछन् । यी साधु (पुराना जोगी) भनेर बसेका छद्मभेषी एक समयका नयाँ जोगी नै रहेछन् । समयले गर्दा पो अस्त्र बिसाएर साधुको छवि बनाएका रहेछन् । काले काले मिलेर खाउँ भाले । मालिक मिलिहाले नि । कष्च्युम चेन्ज गरे ।  अब बराबर बनाउने हुन् कि ? आफूहरु छद्मभेषी  भएर हामीलाई जोगी बनाउने हुन् ?  त्यो त हेर्न बाँकी छ ।

बराबर भएपछि किन आर्मिमा दुख गर्नु ? २४ घन्टा डिउटी । सिपाही जागिर हैन सेवा हो ।  सुको कमाउने हैन ।  अब मेरो पालो सकियो । कति सेवा मात्रै गर्नु ?  प्राचीन समयमा एथेन्समा सबै बराबर थिए रे । त्यसैले सिपाहीको सेनापति हुनलाई चिट हाल्नु पर्थ्यो रे । कोही बन्न नै नचाहने रे सेनापति । सबै बराबर किन सेनापति बनेर लडाइँमा जानु ?

म पनि बराबर भएर बाहिर निस्केँ ।  बराबर त हो  तर कोही कोही त्योभन्दा पनि बढी बराबर भैसकेका रहेछन् । मैले “एनिमलफार्म”  बिर्सेछु । म बाहिर आए । काठमाडौँ । कसरी टिक्नु ? राति सेक्युरिटि गार्ड बसे। धन्न सिपाहीको प्रमाणपत्र थियो । बराबर पनि कति धेरै बनाएछन् भने दुईवटा नोकरी नगरी खानै नपुग्ने । पुराना कुरा मनमा गुन्जिए  ‘बराबर’ ।  बराबर भनेको हामीले नबुझेको रहेछ । नयाँ जोगीले तिर्खालाग्दा जुस पिउने । तर बराबर भएकाले भोकलाग्दा बेल्ट कस्ने हो रहेछ । किनभने बराबरवालाले कमाएको त नयाँ जोगीलाई दिनु पर्यो फरकखालको भिक्षा । स्वःऐच्छिक भिक्षा हैन । बाध्यात्मक ।  रिसले टाउको झनन् भयो । रिसले आफैँलाई खान्छ । लडाइँको घाइते । तनाव । चिन्ता । डर । थकान ।   दोष महशुस । बाटो खोज्दै भौतारिएँ ।

जहाँ इच्छा त्यहाँ उपाए ।  कताबाट योगतर्फ साइत जुर्यो । योगको विद्यार्थी भएको छु । पाइला टेकेको छु । मन आनन्दित हुँदैछ ।

योग समुन्द्र हो भन्छन् । त्यसैले योगमा कुनै सम्प्रदायको लेपभन्दा अलग छ ।  यो सनातन छ । पाइला टेकेको छु । तपाउनु छ शरीरलाई । तपाउँदै सिक्दै गर्नुछ । आर्मीमा गरेको तालिम । कठोरता सहन सक्ने र दुःख थेग्न सक्ने  बनाएको छ ।

“योगमा सबै पाउँछ । तर गर्न भने आफैँ पर्छ ।”  बाहिर अरुको अनुभवले काम लाग्न सक्छ तर योगमा भने आफैँ गर्नु पर्छ । योग अर्कोले गरोस् फल अर्कोले पावोस् । यो सम्भव छैन । योग केवल  स्वास्थ्य मात्र हैन । स्वास्थ्य पनि हो । हेल्थ इज नट एभ्रिथिङ बट इफ इट इज लष्ट नोथिङ लेफ्ट विथ यु । स्वास्थ्य सबै कुरा त हैन, तर यदि यो छैन भने केही बाँकी रहँदैन ।

जङ्गलको बाघ र सिपाही कहिल्यै बूढो हुँदैनन् । सायद त्यसैले होला ।  म फेरि परेड ग्राउन्डमा उत्रिदै छु ।  योगको सिपाही भएर । मेरो आफ्नो तनाव घटाएँ । अब यसैगरी धेरै जनाको तनाव घटाउन मन छ । हिजो भाइभाइ लडाएर सत्ताको रोटी सेक्नेहरुकै पापमा मिचियो । दिदीले भनो जस्तो कूलको पाप कटाउन त थाह छैन ।  तर नयाँ जोगीले भागिदार बनाएको पाप कटाउन खोजिरहेको छु ।

नेपाललाई योग भूमि बनाउँ । योगले एकातिर आरोग्यता तथा अनुसाशित बनाउँछ । अर्कोतर्फ आय आर्जन गर्न सकिन्छ ।

अब  “ब्लेमिङ कल्चर इरेज” गर्नुपर्छ । सकरात्मक उर्जा भरौं । एउटा युद्ध जित्नको लागि सयौं लडाइँ हार्न तयार हुन्छ आर्मी । त्यसैले सकारात्मक बाटो हेर्छ सिपाहीले । अहिलेको कठोर दुःखलाई सुनौलो बिहानीले चित्त बुझाउँछ ।  म मरे पनि मेरो देश बाँचिरहोस् । यही सिकाइन्छ सिपाहीलाई । सिक्छ सिपाहीले ।  हामी अल्छी छौं । अल्छी गरे पनि खानपुग्ने ठाँउ छ हाम्रो । जम्मा दुई तीन घन्टा काम गरे पुग्छ । नेपाललाई योग भूमि बनाउँ । योगले एकातिर आरोग्यता तथा अनुसाशित बनाउँछ । अर्कोतर्फ आय आर्जन गर्न सकिन्छ । केवल दुई छिमेकीका केही प्रतिशत मात्र आए भने पनि पुग्छ । कसैले योग सिकाउँ । कसैले  उनलाई घुमाउँ । भित्रका  कोरोनालाई सामाजिक वहिस्कार गरौँ । उनीहरु पनि हाम्रै उपज हुन् । उनीहरु त्यस्ता हुनमा हाम्रै समाजको हात छ । युवा भन्दै गर्ने । युवाले माग्ने हैन । गरेर देखाउने हो । एकातिर युवा भन्दै गर्ने अर्कोतर्फ भजन गाउँदै गर्ने । यस्तो भएन ।  भजन पनि गाउँला तर सबैकुरा सम्पन्न भएपछि  मानिसलाई प्रकृतिप्रदत्त प्रतीभा र शक्ति स्वयं प्रकृतिलाई पनि थाह छैन होला । यदि मानिसले चाह्यो भने अजम्मरी भैदिन सक्छ । त्यो त्यही सकारात्मक उर्जा छ, जताततै । अघि बढौँ ।

मैले पनि पहिले कडा आलोचना गरेँ । अरुका पनि हेरेँ । पछि थाह भयो,  धेरै जसो चर्को आलोचना गर्नेहरु त देश बाहिरबाट पो रहेछन् ।  पहिले “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भनौँ । माता र धर्तिमाताको माया गरौँ । अरु बाँकी हुँदै जान्छ । आमाको माया गर्नेले केही न केही त अवश्य गर्छ ।  र सबै जना मिलेर यो मन्त्र भनौँ  “सं गच्छध्वं सं वदध्वं  सं वो मनांसि जानताम्, देवा भागं यथा पूर्वे संजानाना उपासते” ।

अहिले कोरोनाको कहरले विश्व नै ठप्प भयो । धेरै जसो छटपटी भयो । मानसिक तनाव भयो । यो समयमा योगको चर्चा ह्वात्तै बढ्यो । योगले शारीरिक, मानसिक, भावनात्क र आध्यात्मीक रुपमा पल्लवित पार्दछ । कहिले त विहान चार बजेदेखि १० सम्म बज्यो । कतै सिकाउँदै कतै सिक्दै । झन् धेरै व्यस्त बनायो । भित्रैदेखि खुसी भइयो ।

क्वारेन्टिनमा, इईसोलेसनमा, होम आइसोलेसनमा बसेकालाई योगको थोरै टिप्स बाँड्न पाइयो ।  जब एक ढोका बन्द हुन्छ अर्को ढोका खुल्छ ।  हाम्रै पुस्ताले देख्न र भोग्न पायो अनेक । आउनुहोस् भूमि बन्दना गरौँ ।

‘समुद्र वसने देवी पर्वत स्तन मण्डले,विष्णु पत्नी नमस्तुभ्यं पाद: स्पर्श क्षमस्वमे ।‘