परिचयः

प्रस्तुत बास्‍ना आउने बासुरी कथा राेशन पोख्रेलले  लेख्नुभएको हो। यो एक बाल उपन्यास हो। यस उपन्यासका चित्रकार दुजमान चित्रकार हुनुहुन्छ। यसको प्रकाशन साङ्ग्रिला पुस्तक प्रा‌.लि. बाट भएको हो। यसको संस्करण २०७७ मा भएको थियो । यसको सम्पादन कृष्णदीप सिग्देलबाट भएको हो । यस किताबको मुद्रण सौगात प्रिन्टबाट भएको हो । त्यसै गरी  यस किताबमा भएका पृष्ठको सजावट समन श्रेष्ठबाट भएको हो। यसमा जम्मा ७ वटा भागहरू रहेका छन् । त्यसैगरी यसमा जम्मा ७१वटा पानाहरू छन् । यो किताब निकै रमाइलो र राम्रो छ । यस बाल उपन्यासमा नेपाली समाजका वास्तविक पक्षमा कल्पनाकाे मिश्रण गरिएकाे कारणले उपन्यास राेचक बन्न पुगेकाे छ ।

पात्रः

यस उपन्यासको  मुख्य पात्र बासु भने सहायक पात्रहरू केशव र माया हुन् र अरू सुइखुट्टे, केटो, भगवान् श्रीकृष्ण, भुलन, साइकल पसलको साहु र अस्पतालका कर्मचारीहरू आदि पात्रहरू घरीघरी मात्र देखिन्छन् । मुख्य बालपात्र बासुकाे एउटा इच्छा पूरा गर्नकाे लागि उसका बुवा केशवले गरेकाे सङ्घर्ष, गास कटाएर भए पनि पैसाकाे जाेहाे गरेकाे प्रसङ्ग निकै मार्मिक रहेकाे छ । त्यसैले यस उपन्यासका एक सङ्‍घर्षशील, धैर्यवान, असल र इमानदार पात्रकाे रूपमा केशव आएका छन् ।

कथावस्तुः

मायाले  बासु भनेर बोलाउँदा पनि  बासु आएन । बासु झ्यालमा बसेर टोलाई रहेको थियो । आजभोलि ऊ प्रायः झ्यालैमा बसेर टोलाई रहन्छ। बाहिर सडक हेरेर बस्छ। जहाँ  गाडीहरू पि पि गर्दै हिँडिरहेका हुन्छन् । पहिले-पहिले बासुलाई गाडीको पि पि आवाज र गाडी खुब मन पर्थ्यो। गाडीको पछिपछि दाैडिन्थ्यो ऊ। उसलाई  गाडीकाे धुवाँ पनि निकै मन पर्थ्यो। मायाको अगाडि  बासुले कुरा लुकाउन खोज्याे । तर उसले त्यो शब्द आफ्नो मुखबाट उच्चारण गर्‍याे  साइकल। हो उसले  केही दिनदेखि एउटा केटोले साइकल चलाएको देखिरहेको थियो। त्यो केटो वासुकै उमेरको देखिन्थ्यो । ऊ साँझपख जहिले पहिलो चारपाङ्ग्रे साइकल चलाउँदै आउँथ्यो। उसले बुबालाई आफ्नो लागि साइकल किनिदिन भन्नु भनेर मायालाई भनेको थियो । साँझपख केशव पनि आए । उनको पेसा  भारी बोक्ने थियो । धेरै भारी बोकेर हाेला उनी निकै बूढाा देखिन्थे। मायाले केशवलाई बासुको  माग बताइन्।  यसअधि  बासुले यस्तो केही मागेको थिएन । त्यसैले केशवको मनले नाई भन्न मानेन। उनले जन्मदिनको दिन किनिदिउला भने तर उनलाई  पैसा कसरी जम्मा गर्ने भन्ने कुराले  रातभरि निद्रा लागेन ।  वासुलाई भने  साइकल पाउछु भनेर रातभरी निन्द्रा लागेन।  दुवैलाई बिहान पख  मात्र निन्द्रा लाग्यो । बासु रातभरि ननिदाएका आँखा लिएर गयाे तर 

उसकाे मन फुरुङ्ग नै थियो । उसले जे गर्दापनि साइकलकै कल्पना गर्न थाल्यो। उता केशव भने झन् चिन्तित देखिन्थे। चिन्तित अनुहारसँग कतिबेला  दोबाटोमा पुगेछन् पत्तै भएन। उनले एउटा कृष्ण मन्दिरलाई देखे । उनी कतै जाँदा जहिले त्यो मन्दिरलाई परिक्रमा गरेर जान्थे । किन हो उनलाई त्याे दिन मन्दिर  छिर्न मन लाग्यो।  उनी मन्दिरभित्र छिरे र कृष्णजीको दर्शन गरे । दर्शन गरिसकेपछि उनी फेरि त्यहाँबाट बाहिर निस्के । उनले आफ्ना साथीहरूलाई सम्झिए। उनका साथीहरू पनि  पैसा दिने हैसियतका कोही पनि थिएनन् ।  बिस्तारै उनले अरू बेलाभन्दा अन्य धेरै काम गर्न थाले अनि उनले नियमित रुपमा बाहिर खानी चिया पनि खान छाडिदिए निकै खर्च कटाएर छोराको जन्म दिनका लागि साइकल किन्ने पैसाको जोहो गर्न थाले ।  छोराको जन्म दिन नजिकिँदै थियो दुबैजनाले पैसा गरे  तर पैसा जम्मा ४३ सय मात्र थियो ।  उनी त्यो पैसा लिएर छोराको जन्मदिनको दिन घरबाट निस्किएँ ।  विशेष गरी अलि धेरै काम गर्न पाइन्छ कि र पैसा पनि जम्मा हुन्छ कि भनेर उनी बाहिर निस्केका थिए ।  उनी काम खाेज्न गए तर सहर सुनसान थियो। उनी पहिले साइकल पसले सित साइकलको मूल्य साेधेँ । साइकलको मूल्य ५ हजार थियो त्यसमा एउटा घन्टी थपिदिन्छु भने तर पैसा घटाउन मिल्दैन भने ।  त्यस पछाडि उनी त्यहाँबाट निस्किए र उनले एउटा काठको दराज बोक्ने काम पाएँ तर निकै गरुङ्गो थियाे त्याे ।  त्यहाँबाट केही पैसा जम्मा भएपछि उनले एकजना मानिसकाे सुडकेस बोके। त्यसबाट पनि केही पैसा पाए कामबाट ५००० त पुग्यो उनी साइकल किन्नका लागि उनी  निकै उत्साहित भएर साइकल पसलतिर जाँदै थिए । निकै राति भइसकेको थियो पसले ८ बजेपछि केही समय बस्छु भनेको थियो । उनी पसलतिर लम्किदै थिए त्यतिबेलै बाटोमा दुर्घटना भयो एउटा बाँसुरी बजाउने केटालाई टिप्परले ठक्कर दियो फेरि पछाडि लगेर केटालाई किचेर मार्न खाेज्दै थियो । केशवले अनुरोध गरेर त्यो केटोलाई बचायो । त्यसपछि केशवले आकस्मिक कक्षमा भर्ना त गरे तर उनीसँग भएको सबै पैसा त्यो उपचारमै सकियो केही पैसा पछि दिन्छु भनी अनुरोध गरेर उसको उपचार गरेँ ।  छोराको जन्मदिन भएका कारण घर जानैपर्ने थियो । उनी दुखी मन लिएर गर फर्के । 

घर उज्यालो थियो र उपहारले भरिएको थियो त्यहाँ पहेँलो साइकल पाएर छोरो वासु निकै उत्साहित भएर चलाइरहेको थियो र साइकलसँगै रमाइरहेको थियो । केशव आश्चर्यचकित भएर कसले ल्याइदिएको हो यो साइकल भनेर सोधे ।  तपाईलाई पठाउनुभएको होइन र एकजना केटाले तपाईंले पठाउनुभएको भनेर यहाँ छाडिदिएकाे थियो मायाले जवाफ दिइन्। भोलिपल्ट बिहान उठेर उनी साइकल पसलमा गए त्यहाँ पहेँलाे साइकल थिएन ।  पसलेले तपाईले पठाउनुभएको केटाले साइकल किनेर लगिसक्यो भने ।  उनलाई झनै अचम्म लाग्यो । त्यसपछि उनी अस्पतालतिर गए ।  त्यहाँ गएर उनले आफूले भर्ना गरेको केटाको बारेमा सोधे । अघिल्लो दिन अस्पताल बिदा भएको कारणले गर्दा त्यहाँ भएका कर्मचारीहरूले आफू अस्पतालमा अनुपस्थित भएकाे जनाए । उनले अनुरोध गरेर आफू बेडसम्म जाने कुरा गरे र गए ।  त्यहाँ काेही पनि बिरामी थिएन । एउटा बाँसुरी थियो जुन बासुँरीबाट पारिजातको बाँस्ना आइरहेको थियो।  त्यस केटाले उपहारको रुपमा केशवलाई छाडेर गएका रहेछन् ।  बासुरीको सुगन्ध निकै मगमग आइरहेको थियो ।  पारिजातको सुगन्धले उनी मन्त्रमुग्ध भए र उनी त्यहाँबाट गए । के ती बिरामी मानिस भगवान् श्रीकृष्ण थिए ?  त्यसपछि यस बाल उपन्यासको कथावस्तु पनि अन्त्य भयो ।                                                   

परिवेश:                                                                                        

प्रस्तुत उपन्यास बास्‍ना आउने बाँसुरीमा बासुको घरकाे झ्याल र सुत्ने कोठा, बाटो, भगवान्  श्रीकृष्णको मन्दिर, साइकल पसल, काठको कारखाना आदि स्थलगत परिवेशका रूपमा आएका छन्। बासुको रहर भने पहेलो साइकल किनेर चलाउने मात्र थियो। उनको बुबाले उसलाई जन्मदिनको दिन किन दिन्छु भनेका थिए । उनले एक व्यक्तिलाई  दुर्घटनाबाट बचाएको हुनाले उनीसँग पैसा नभएपनि  भगवान कृष्णको कृपाले। बाँसुले साइकल पायो केशवले पारिजातको वास्ना आउने बासुरी पाए। यी सबै घटनाहरू  अवस्थागत परिवेशका रूपमा आएका छन्। यी सबै घटनाहरू १ देखि २ महिनाकाे अन्तरालमा भएको अनुमान गर्न सकिन्छ । विशेष गरी यस बाल उपन्यासले ग्रामीण समाजकाे निम्‍नवर्गीय  परिवेशकाे चित्रण गरेकाे छ ।

निष्कर्ष तथा सिफारिसः

यो बालउपन्यास मेरो विचारमा एक मार्मिक उपन्यास हाे ।  असल कर्मले नै सफलता प्राप्त गर्न सकिन्छ  । निरन्तर परिश्रम गर्दै गएमा पक्कै पनि परिवारका आवश्यकता पूरा गर्न सकिन्छ । काम कहिल्यै ठुलाे वा सानाे हुँदैन भन्ने सन्देश यस कृतिले दिएकाे छ । सिफारिसको कुरा गर्नुपर्दा यो पुस्तक जुनसुकै उमेरका  मानिसका लागि पढ्न लायक छ । यो पुस्तकले हाम्राे नेपाली समाजमा भएका धनी र गरिब बिचकाे भिन्नतालाई पनि देखाएकाे छ । हरेक बालबालिकालाई हाँस्ने खेल्ने र रमाउने रहर हुन्छ तर परिवारकाे कमजाेर आर्थिक अवस्थाका कारण उनीहरू आफ्नाे मनमा रहेका रहरहरू मार्नुपर्ने अवस्था नेपाली समाजमा रहेकाे छ तर उनीहरूले आफ्नाे मनका रहर समयमा मिलाएर भन्न सकेकाे खण्डमा अभिभावकले आफ्नाे गास कटाएर भए पनि छाेराछाेरीका रहर पूरा गर्नतिर लाग्छन् । जसकाे उदाहरणका रूपमा केशव देखापरेका छन् । बालबालिकाले पनि परिवारकाे अवस्था ख्याल गरेर माग गर्नुपर्छ र अभिभावकले सम्भव नहुने करामा आफ्ना बच्चालाई सम्झाउनुपर्छ भन्ने सन्देश  यस उपन्यासले दिएकाे छ । त्यसैले याे उपन्यास म मेरा साथीहरू र उनीहरूका अभिभावक लगायत सबैलाई पढ्नका लागि सिफारिस गर्दछु।

संविद ढकाल

कक्षाः ५ ‘याङ्ग्रा’, डियरवाक सिफल स्कुल