साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

मुक्तक प्रतियोगिताकाे अन्तिम चरणः पूर्णबहादुर, सम्झना र अमृत विजयी

साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको अट्चालीसौँ (अन्तिम) संस्करणमा पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, सम्झना थापा मगर र अमृत भट्टराई सर्वोत्कृष्ट मुक्तककारका रूपमा चयन हुनुभएकाे छ । मुक्तक प्रतियोगिताकाे सतचालीसौँ संस्करणमा अन्जिता राउतअनुग्रह राना मगर र शरद प्रधानाङ्ग सर्वाेत्कृष्ट हुनुभएकाे थियो ।

मुक्तकमणि तीर्थराज अधिकारीकाे नेतृत्वमा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी काेइराला र मुक्तक सम्पादक निशा केसी सम्मेलित ती सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका तीन मुक्तककार पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, सम्झना थापा मगर र अमृत भट्टराईका  मुक्तकहरूलाई सर्वोत्कृष्ट घोषित गरेकाे हाे ।

पचास सातासम्म सञ्चालन गर्ने उदेश्यकका साथ सुरू भएकाे साप्ताहिक मुक्तक प्रतियोगितालाई प्राविधिक समस्याका कारण अट्ठालीसाैँ चरणमै समापन गर्नुपरेकाे प्रधानसम्पादक काेइरालले जनाउनुभएकाे छ । उहाँले निकट भविष्यमै अट्ठचालिसवटै चरणका विजेता मुक्तकहरूलाई पुस्तकका रूपमा प्रकाश गरिने पनि जनाउनुभएकाे छ ।

“प्राविधिक कारणले प्रतियोगितालाई पचास सातासम्म पुर्याउन सकिएन, त्यसका लागि साहित्यपोस्टका तर्पफबाट माफी माग्दछु ।”, काेइरालाले भन्नुभयाे, “पाठक तथा मुक्तककारहरूकाे सहयोग हुँदैन थियाे भने अट्ठचालीसौँ चरणसम्म ल्याइपुर्याउन  सम्भव थिएन । यस प्रतियोगिता तथा साहित्यपोस्टलाई प्रत्येक्ष तथा अप्रत्येक्ष रूपमा सहयोग पुर्याउने हुने सम्पूर्णमा आभारी छाैँ ।”

मुक्तक प्रतियोगिताकाे अट्ठचालीसौँ संस्करणका लागि समसामयिक विषयमा खुल्ला रूपमा मुक्तक आह्वान गरिएकाे थियो । प्रतियोगीहरूले तीन फरक शीर्षक  विषय छनाेट गरी मुक्तक पठाउनुभएकाेमा निर्णायक मण्डलले तीन जनालाई सर्वाेत्कृष्ट घाेषित गरेकाे हाे ।

niti book inside post

प्रतियोगितामा रीतपूर्वक २२ वटामात्र मुक्तकहरू प्राप्त भएका थिए । मेल, म्यासेन्जर तथा फेसबुक पेजकाे कमेन्ट आएका मुक्तकहरूलाई प्रतियोगितामा सामेल गरिएकाे छैन । साथै एकपटक विजयी भइसक्नुभएका मुक्तककारका मुक्तकहरूलाई समेत प्रतियोगितामा समावेश गरिएकाे छैन ।

अट्ठचालीसवटै साताका विजयी मुक्तकहरूबाट तीनवटा सर्वोत्कृष्ट  मुक्तकहरू छानिने छन् । त्यसरी छानिएका मुक्तकका स्रष्टाहरूलाई एक कार्यक्रमकाे आयोजना गरी सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार प्रदान गरिने साहित्यपोस्ट काव्य विभागले जनाएकाे छ ।

अट्ठालीसवटै चरण विजेताहरूलाई साहित्यपोस्ट परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

पढ्नुहोस् अट्ठचालीसौँ चरणका विजयी मुक्तकहरूः

प्रतिक्रिया
Loading...