साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको पैँतालीसौँ संस्करणमा सानु खनाल, रिता खराल र गाेमविक्रम सर्वोत्कृष्ट मुक्तककारका रूपमा चयन हुनुभएकाे छ । मुक्तक प्रतियोगिताकाे चौवालीसौँ संस्करणमा समीर राई `प्रेमिल’, रूपेशकुमार सदाय र विष्णु खरेल सर्वाेत्कृष्ट हुनुभएकाे थियो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको चार सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका तीन मुक्तककार समीर राई `प्रेमिल’, रूपेशकुमार सदाय र विष्णु खरेलका मुक्तकहरूलाई सर्वोत्कृष्ट घोषित गरेकाे हाे ।
एकपटक विजयी भइसक्नुभएका मुक्तककारहरूलाई अप्रतियोगीका रूपमा प्रतियोगितामा सहभागी हुन निर्णायक मण्डलका संयोजक डा. गाैतमले अनुराेध समेत गर्नु भएकाे छ ।
डा. लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा मुक्तमणिकाे विशेषण प्राप्त तीर्थराज अधिकारी, पद्मकन्या कलेजकी उपप्राध्यापक तथा समालाेचक ज्ञानु अधिकारी र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएकाे छ । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्ट, काव्य विभागले सहजीकरण गरेकाे थियो ।
मुक्तक प्रतियोगिताकाे पैँतालीसौँ संस्करणका लागि समसामयिक विषयमा खुल्ला रूपमा मुक्तक आह्वान गरिएकाे थियो । प्रतियोगीहरूले तीन फरक शीर्षक विषय छनाेट गरी मुक्तक पठाउनुभएकाेमा निर्णायक मण्डलले तीन जनालाई सर्वाेत्कृष्ट घाेषित गरेकाे हाे ।
प्रतियोगितामा रीतपूर्वक ५ वटामात्र मुक्तकहरू प्राप्त भएका थिए । मेल, म्यासेन्जर तथा फेसबुक पेजकाे कमेन्ट आएका मुक्तकहरूलाई प्रतियोगितामा सामेल गरिएकाे छैन । साथै एकपटक विजयी भइसक्नुभएका मुक्तककारका मुक्तकहरूलाई समेत प्रतियोगितामा समावेश गरिएकाे छैन ।
५० सातासम्म चल्ने यस प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । छानिएका ४ सय ५० मुक्तकको पुस्तकसमेत प्रकाशन गरिनेछ ।
विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।
पढ्नुहोस् पैँतालीसौँ चरणका विजयी मुक्तकहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।