साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मुक्तक प्रतियोगिताकाे अठ्ठाइसौँ चरणः नगेन्द्र, अनु र राम्जी विजयी

पढ्नुहाेस् विजयी मुक्तकहरूः

साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको अठ्ठाइसौँ संस्करणमा नगेन्द्र सुवेदी, अन्जु सापकाेटा ‘अनु’, राम्जी रानाभाट सर्वोत्कृष्ट मुक्तककारका रूपमा चयन हुनुभएकाे छ । मुक्तक प्रतियोगिताकाे सत्ताइसौँ संस्करणमा दिव्य गिरी, काैशिला अधिकारी र प्रदीप प्रखर पाेखरेल सर्वाेत्कृष्ट हुनुभएकाे थियो ।

मुक्तक प्रतियोगिताकाे सत्ताइसाैँ संस्करणका लागि स्वतन्त्ररूपमा मुक्तक आव्हान गरिएकाे थियो । प्रतियोगीहरूले तीन फरक शीर्षक  छनोट गरी एक विषयमा एक मुक्तक पठाउनुभएकाेमा निर्णायक मण्डलले तीन जनालाई सर्वाेत्कृष्ट घाेषित गरेकाे हाे ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको चार सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका तीन मुक्तककार नगेन्द्र सुवेदी, अन्जु सापकाेटा ‘अनु’, राम्जी रानाभाट का मुक्तकहरूलाई सर्वोत्कृष्ट घोषित गरेकाे हाे ।

डा. लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा मुक्तमणिकाे विशेषण प्राप्त तीर्थराज अधिकारी, पद्मकन्या कलेजकी उपप्राध्यापक तथा समालाेचक ज्ञानु अधिकारी र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएकाे छ । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्ट, काव्य विभागले सहजीकरण गरेकाे थियो ।

५० सातासम्म चल्ने यस प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । छानिएका ४ सय ५० मुक्तकको पुस्तकसमेत प्रकाशन गरिनेछ ।

विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।

पढ्नुहोस् विजयी मुक्तकहरूः

प्रतिक्रिया
Loading...