साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको पच्चीसाैँ संस्करणमा सुनिलप्रसाद देवकोटा”नानाजी”, शिवराज घर्ती मगर र रघु थापा सर्वोत्कृष्ट मुक्तककारका रूपमा चयन हुनुभएकाे छ । मुक्तक प्रतियोगिताकाे तेइसाैँ संस्करणमा र्गा वनवासी शिवाकाेटी, शेखर आचार्य र धर्मिला कार्की सर्वाेत्कृष्ट हुनुभएकाे थियो ।

मुक्तक प्रतियोगिताकाे पच्चीसाैँ संस्करणका लागि स्वतन्त्ररूपमा मुक्तक आव्हान गरिएकाे थियो । प्रतियोगीहरूले तीन फरक शीर्षक  छनोट गरी एक विषयमा एक मुक्तक पठाउनुभएकाेमा निर्णायक मण्डलले तीन जनालाई सर्वाेत्कृष्ट घाेषित गरेकाे हाे ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको चार सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुनिलप्रसाद देवकोटा”नानाजी”, शिवराज घर्ती मगर र रघु थापा का रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेकाे हाे ।

डा. लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएकाे छ । तीन जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गर्नुभएकाे थियो ।

५० सातासम्म चल्ने यस प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । छानिएका ४ सय ५० मुक्तकको पुस्तकसमेत प्रकाशन गरिनेछ ।

विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।

मुक्तक प्रतियोगिताको अर्को संस्करण भाेलि अर्थात् चैत १३ गतेदेखि सुरू हुनेछ ।

पढ्नुहोस् विजयी मुक्तकहरूः