साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको बाइसाैँ संस्करणमा बाबुराम न्यौपाने “उत्स”, भूपि सरोवर, जुनू छेत्री सर्वोत्कृष्ट मुक्तककारका रूपमा चयन हुनुभएकाे छ । त्यस्तै, जानुका गुरागाईँ, सुनिलप्रसाद देवकाेटा र अमर त्यागी उत्कृष्ट हुँदाहुँदै पनि थाेरै अङ्कले सर्वोत्कृष्ट हुनबाट बञ्चित हुनुभएकाे छ ।

मुक्तक प्रतियोगिताकाे बाइसाैँ संस्करणलाई प्रेम दिवस विशेष घाेषणा गर्दै प्रेम, विवाह र सम्बन्ध गरी तीन विषय दिएर मुक्तक आव्हान गरिएकाे थियो । गत माघ २८ गते नै बाइसाैँ चरणका लागि मुक्तक आव्हान गरिएकाेमा साइटलाई एक डाेमेनबाट अर्काे डाेमेनमा स्थानान्तर गर्दा प्राविधिक समस्याका कारण प्राप्त मुक्तकहरू सुरक्षित नरहेकाले क्षमायचनासहित पुरानै व्यहाेरानुसार पुनः मुक्तक आव्हान गरिएकाे थियो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको चार सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने बाबुराम न्यौपाने “उत्स”, भूपि सरोवर, जुनू छेत्रीका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गर्नुभएकाे हाे ।

डा. लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएकाे छ । तीन जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गर्नुभएकाे थियो ।

५० सातासम्म चल्ने यस प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । छानिएका ४ सय ५० मुक्तकको पुस्तकसमेत प्रकाशन गरिनेछ ।

विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।

मुक्तक प्रतियोगिताको अर्को संस्करण फागुन १५ गतेदेखि सुरू हुनेछ ।

पढ्नुहोस् विजयी मुक्तकहरूः