साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मातृभूमिमा मातृत्वको आभास

करूणा श्रेष्ठ

Chovar Blues Mobile Size

सुगम सौन्दर्यको अनुपम प्राकृतिक छटाहरूले सुसज्जित ती मनोरम दृश्यमा अनमोल प्रत्येक समय र पलाको मापक गौरीशंकर हिमालको काखैमा  रहेको च्छोरोल्पा तालको तटमा सुमधुर भएर नाचिरहेको तामाकोशीको किनारमा एक टकले अडिक भएको मेरो मातृभुमि साच्चै नै रामायणमा भएको लक्ष्मणलाई मन परेको लङ्काभन्दा कम रहेनछ भन्ने भान आजको बन्दाबन्दिमा भईरहेको छ । हिजोसम्म एक झलकमात्रै हेर्न भ्याएको आधाउधि किसिम किसिमका आकृतिअरू आज भने प्रत्येकलाई नियालेर छर्लङ्ग भएकी छुँ । लाग्छ, हिजो निदाएकी म आज भने ब्युझेकी छुँ । मेरो मातृभुमि साच्चै  नै सुर्यको परावर्तित किरणमा वारि र पारिका गाउँबस्तीका प्रतिबिम्बलाई स्पष्ट रूपले मनमोहक बनाउने स्वस्फूर्त निर्देशक पनि बनिसकेछ के गर्नु मलाई नियाल्ने फुर्सद पो रहेनछ त उफ् मैले कति बेवास्ता गरेकी रहेछु । त्यसैले पनि त होला नि प्राकृतिक स्वरूपले नै मातृत्वको आभास कुनै हालतमा हराउन भने दिएको छैन । शिरैमा स्वर्ण ताजले सुसज्जित भएर ठिङ्ग उभिएर पाण्डवका दाजुभाइमध्येका भिमसेन एक टकले मेरो मातृभुमिमा आएका आँचलाई पदवि दिन तम्तयार भएको छ । साच्चै नै दुई देवलबीचको मेरो मातृभुमि, अनवरत यात्रापछिको गन्तव्य जस्तै छ ।

कैयौं समयपछि आजमात्रै  राम्रोसँग मेरो मातृभुमिको तस्बिर हेरिरहेकी छुँ जसलाई अदृश्य र दृश्यरूपी मस्तिष्क र कापीका पानाहरूमा उतारिरहेकी छुँ । यसरी नै हिजो आज विनाआवाजका चलचित्रहरू विनासिनेमाघरको पर्दा अगाडि दर्शक भएर एक्लै पनि हेरेर मुस्कुराइरहेकी छुँ । वास्तव मै हो हिजोको दिनहरूमा मैले मेरो मातृभुमिलाई कार्यव्यस्तताले दिन नसकेको समय अहिलेको समयमा दिन भ्याएकी छुँ । त्यसैले प्रशस्त समयको प्रयोग गरेर मेरो मातृभुमिको मायालाई जस्ताको तस्तै सारेकी छु । मभित्र चित्रकारको छाप भने कुनै पनि समयमा लगाएकी छैन तर पनि बन्दाबन्दीले गर्दा मनोचित्रकार भने अचम्मैले भएछु, मेरो मातृभुमिमा रहेको चासो र गुनासोको स्तम्भ चित्रमा खडा रहेर जीवन्त मानचित्रमा उतार्न भने अग्रसर भएकी छु ।  विगतका दिनमा म निरन्तर दौडेका ती दायाँ र बायाँका सिढीहरूमा पटकपटक लडे पनि होला तर हिजोआजका दिनहरूमा भने म फुर्सदिलो भएर पनि ती बाटाहरूमा लड्ने र दौडने आँट गर्दै गरिन । सायद, हिजो म हिड्दा, दौडदा र उफ्रदा ती सिँढी र बाटाहरूमा लडिरहँदा जुरुक्क उठ्न आँट, साहस र धैर्यताका बीजहरू बिजारोपण गरेको थियो तर आज ती बीजहरू हरिया भईसके जसलाई मलजल र गोडमेल गरे पुग्छ । त्यसैले त होला नि, म पनि त्यतैतिर केन्द्रित भएर नभ्याएकी हुँ ।  तर पनि मैले गरिरहेको कार्यहरू मेरै मातृभुमिको माधुर्यताको सुमधुर भाकाहरूमा प्रखर मायावी बनेर ती लावण्य फाँटहरूमा झुल्लिन भने पटक्कै पनि बिर्सेकी छैन । प्रत्येक बिहानीको सौर्यकिरणसँगै परावर्तित ती छायाँ मानसपटलमा प्रविष्ट गर्न भने कदापि भुलेकी छैन ।

यहीँ ठाउँ नै मेरो प्रवीण प्रवक्ता हो जसले मैले कैयौं वर्षमा पनि नसुनेका कथा, लेख तथा साहित्यिक रचनाहरूलाई सुन्ने मौका दिएको छ । कहिल्यै नआएका व्यवधानलाई पनि पहिलो प्राथमिकतामा राख्न तल्लीन बनाएको छ । कुनै पनि हालतमा नभेटएका वाङ्मय भने अनेक तरहका मिष्टभाषी भएको छ । भावपरक भातृत्व र मनस्ताप मातृत्वलाई भने यी दिल र दिमागमा मानसिक तृप्तिका लागि पनि दृढ संकल्पको प्रहार बनाएकी छुँ । यहीँ ठाउँले सिकाएका पाठहरूबाट मनमानी त मैले गरेकी नै छैन होला, गरे पनि त्यो मेरो विवशता बन्ने छ । हिजो गरेको क्रोधित सवालमा नपाएको जवाफ आज विनम्रताको विकल्प बनेको छ । त्यसैले त बेहिसाब बनेकोस्पर्श मेरो निम्ति स्मारक बनेको छ । कहिल्यै  नदेखिएका क्षितिजमा नाचिरहेको बादललाई पनि हर्न भ्याएकी छु । मेरो मातृभुमिको प्राङ्गणमा मेरी प्यारी जननीले झेल्नुभएको सास्ती र गर्नुभएको साह्रो परिश्रम अति नै अत्याचार र अन्याय भन्न नसुहाउला तर दुखको वेदना र अनुभुतीको अडकाउ भने पक्कै पनि हो । त्यसैले त विवशताको अंगालोमा छ रतिराग चाहे यो पूर्ण वा अपूर्ण, दखल भएको वा नभएको नै किन नहोस् । मेरो मातृभुमि नियाल्ने ती सन्झ्यालहरू कम होलान् तर आँखा भने हजारौँ छन् । बालापनदेखिको मेरा यी स्वप्नरूपी आँखाहरू मेरो मातृभुमिभित्रै मौलाएका छन् । त्यसैले मातृभुमिमा मातृत्वको आभास भने निरन्तर अनुपम र जीवन्त नै बन्ने छ, चाहे त्यो यिअपमयधल भएरै होस् वा खुलेरै पनि। मेरो आधिकारिक अख्तियारी मेरो मातृभुमिसँगै जोडिएको छ।

मसँग भएका सक्रिय वा निष्क्रिय जस्तो सुकै पाटाहरू हरहमेसा मेरो मातृभुमिसँगै सम्बन्धित छन् जसको परिपुर्ति अरू कसैले गर्न सक्दैनन् । म रिसाउँ वा खुसाउँ, रोउँ वा कराउँ सुन्ने र बुझ्ने कमै होलान् तर मेरी जननी र मेरो मातृभुमि मात्रै हो यसबारेमा माहिर भएको । त्यसैले बन्दाबन्दीको सुरूदेखि अन्तिमसम्म मातृभुमि र मातृत्वको आभास भने भईनै रहने छ यसमा म विश्वस्त हुने नै छुँ । त्यसैले हरेकपटक यी नै शब्द मनन गर्नेछु |

जय! माँ, जय! मातृस्थल ।।

जय! जननी, जय! जन्मस्थल ।।

 

प्रतिक्रिया
Loading...