
तानसेन गुठीद्वारा आयोजित एक कार्यक्रममा स्रष्टा शान्ता शाक्यको लघुकथासंग्रह ‘लाय्लामाया क्वय्’ सार्वजनिक गरिएको छ ।
गुठीको बत्तीसौं साधारणसभामा आयोजित सो समारोहमा नेपालभाषाका वरिष्ठ साहित्यकार फणिन्द्ररत्न बज्राचार्य, प्रमुख अतिथि देवनाथ गोंगल र गुठीका अध्यक्ष प्रमी श्रेष्ठले सामूहिक रुपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
वरिष्ठ साहित्यकार बज्राचार्यले स्रष्टा शाक्यका लघुकथामा सामाजिक जीवनका पक्षहरू राम्ररी आएको बताउनुभयो ।
प्रमुख अथिति गोंगल र गुठीका अध्यक्ष श्रेष्ठले स्रष्टा शाक्यको लेखन अझ खारिंदै जाओस् भनेर शुभकामना दिनुभयो ।
कृतिका स्रष्टा शाक्यले आफूले नेपालभाषामा पहिलोपटक प्रयास गरेको बताउँदै सामाजिक जीवनका विभिन्न सन्दर्भहरूलाई नै लघुकथाको विषय बनाएको उल्लेख गर्नुभयो ।
सिर्जना अभियान समाजद्वारा प्रकाशित सो कृतिमा समसामयिक विषयमा लेखिएका ५० वटा लघुकथा छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

