साहित्यकार, सर्जक तथा लेखक तारादेवी सुनुवारले आफ्नो जन्मदिनको अवसर पारेर सुनुवार भाषाको गीत ‘फेनेरेल्फु रेल्षा :आ’ सार्वजनिक गरेकी छन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच सुनुवारले आफ्नो मातृभाषाको गीत ‘फेनेरेल्फु रेल्षा :आ’ आफ्नै युट्युबमार्फत् सार्वजिनक गरेकी हुन् ।

उक्त गीतको लेखक तारादेवी सुनुवार आफैँ हुन् भने बृहसमान सुनुवारको डाइरेक्सन र कोरियोग्राफीमा भिडियो रहेको छ । गीतमा गायक पुष्कर सुनुवार र तारादेवी सुनुवारको आवाज सुन्न सकिन्छ ।

गीतमा म्युजिक एरेन्ज पुष्कर सुनुवारको रहेको छ भने मिक्स मास्टरमा विप्लव अधिकारी रहेका छन् । गीतको भिडियोमा बृहसमान सुनुवार, अन्जु सुनुवारलगायतका कलाकारले अभिनय गरेका छन् । गीतको भिडियो र इडिटिङ मोहन सुनुवारले गरेका छन् ।

गीत सार्वजनिकीकरण कार्यक्रमको सभापतित्व सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले गर्नुभएको थियो । कार्यक्रममा नेपाली चलचित्र निर्देशक, लेखक तथा निर्माता प्रकाश सायमीकाे प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारलगायतले राष्ट्रिय बाणिज्य बैङ्कको तह ९ मा पदोन्नती हुनुभएका फौदबहादुर सुनुवारलाई बधाई ज्ञापन गर्नुभएको थियो ।