गीतकार तथा गायक हरि राईको नयाँ गीत आपा आमा सार्वजनिक भएको छ । आपा आमाहरूले आफ्ना नानीहरूका लागि कति त्याग र तपस्या गरी हुर्काएका हुन्छन्, तिनै कुराहरूलाई आघार मानी तयार पारिएको गीतमा हरि राईको शब्दमा गायक तथा सङ्गीत अशोक मुकारुङले लय भरेका छन् ।

गीतकार हरि राईको स्वरमा रेकर्ड भएको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।

राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड़िस्ट योगेन मुकारुङ र मिक्सिंङ मुस्कान मुकारुङले गरेका हुन्।

गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘हरि राई’ मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा योगेन मुकारुङको छायाँकन र जीवन मुकारुङको सम्पादन रहेको छ ।

खोटाङ जिल्ला चुइचुम्पा गाउँपालिका वडा नं ४ मा जन्मिनुभएका गायक तथा गीतकार हरि राई, विगत दुई दशकदेखि अमेरिकाको बोस्टनमा बसोबास गर्दै आनुभएको छ । परदेशको कार्यव्यस्तताका बीच समयलाई सदुपयोग गर्दै उहाँले नेपाली गीत सङ्गीतमा आफूलाई समर्पित गर्दै आउनुभएको छ ।

हालसम्म आधा दर्जन गीतमा स्वर र एक दर्जन गीत लेखिसक्नु भएको छ ।