
लेखक प्रगति राईद्वारा लिखित उपन्यास ‘थाङ्ग्रा’लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञ मुनाराज सेर्मा, दीपा राई पुन, जेवी विश्वकर्मा, कैलाश राई र लेखक स्वयम् प्रगति राईले संयुक्तरुपमा विमोचन गर्नुभयो ।
लोकार्पण समारोहमा उपन्यास ‘थाङ्ग्रा’ को बारेमा अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो । अन्तरक्रियामा सहभागी वक्ताहरु प्राज्ञ मुनाराज सेर्मा, जेवी विश्वकर्मा, कैलाश राई र लेखक प्रगति राईले ‘थाङ्ग्रा’ उपन्यासका बारेमा चर्चा गर्नुभएको थियो ।
‘थाङ्ग्रा’ मा उत्पीडित वर्ग, वंश अधिकार, अन्तरजातीय विवाह, युवा र महिला, प्रेम र कलाको चित्रण गरिएको वक्ताहरूले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण रामगोपाल आशुतोषले गर्नुभएको थियो ।
भोजपुर जिल्ला साकेला गाउँपालिकामा जन्मिनुभएकी लेखक राईका यसअघि २०६२ सालमा ‘बादी विज्ञप्ति’ कविता संग्रह, २०६९ सालमा ‘लेखककी स्वास्नी’ उपन्यास र २०७४ मा ‘बिर्सिएको मृत्यु’ प्रकाशित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
