झोराहाट, फागुन १३/ झोराहाट नाटकघरमा “झोराहाटमा साहित्य”को फागुन महिनाको शृङ्खला सम्पन्न गरियो ।

नागरिक कवि लेखनाथ घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा लामो समयदेखि साहित्य र पत्रकारितामा समर्पित इनरुवाका अग्रज स्रष्टा शशीप्रसाद बजगाईँलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा इटहरीका अग्रज स्रष्टा कृष्णविनोद लम्साल, धरानका परिक्रमा श्रेष्ठ , इटहरीकी मिश्रा गुरुङ, विराटनगरकी पुष्पा सायरा र दमकका हरि पराजुलीले आ-आफ्ना शक्तिशाली सिर्जना वाचन गर्नुभएको थियो ।

पूर्वका विभिन्न स्थानबाट ८६ जना स्रष्टा , शुभेच्छुक र अभियन्ताहरु उपस्थित रहनु भएको कार्यक्रमको सभापतित्व समूहका सचिव छत्र काफ्ले र संचालन समूहका अध्यक्ष भरत गुरागाईँ बर्बरिकबाट भएको थियो ।