यही फागुन ९ गते २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भारतीय दूतावासले नेपाल भारत बहुभाषी कवि गोष्ठीको आयोजना गर्यो ।

यस गोष्ठीमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले दीप प्रज्जवलन गरी गोष्ठी उद्घाटन गरिएको थियो ।

कार्यक्रममा अक्षर यात्रा महाराष्ट्र भारत, त्रिवि हिन्दी विभाग, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि क्याम्पस सहआयोजक रहेका थिए ।

त्रिवि हिन्दी विभाग प्रमुख डा संजीता वर्मा सभापति रहेको कार्यक्रममा भारतीय दूतावासका सत्येन्द्र दहियाले सहजीकरण गरेका थिए ।

बहुभाषिक कवि गोष्ठीमा नेपाल र भारतबाट आएका कविहरूले मातृभाषामा कविता वाचन गरेका थिए ।
वाचन गर्ने कविहरूमा नवराज कट्टेल (संस्कृत), मुकुन्दप्रसाद लामिछाने (संस्कृत), हृषवदेव घिमिरे (नेपाली ), रन्जना निरौला (नेपाली ), सुमन वर्षा (नेपाली), डा. संजीता वर्मा (हिन्दी), मनोज (हिन्दी), सन्तोष पोखरेल (अङ्ग्रेजी), डा. लक्ष्मी जोशी (डोटेली), रन्जना कवच (हिन्दी), रमन पाण्डे (हिन्दी), गोपाल ठाकुर (भोजपुरी), पूर्व भारतीय राजदूत डा. रामभक्त ठाकुर (भोजपुरी), इम्तियाज बफा (उर्दू), अब्दुल मोबिन खाँ (उर्दू), गोविन्द सिंह (पंजाबी), डा. उर्मिला चाकुरकर (मराठी), डा. प्रीति सिन्दे (मराठी), डा. ज्योति (मराठी), आशा (मराठी), दिनकर सुरेन्द्र जोशी (मराठी), आशा (मराठी), दिलासा पाटिल(मराठी), विटा जि सांगली अध्यक्ष अक्षरयात्री(मराठी), सीता राव (मराठी), पारू तिमल्सिना (अङ्ग्रेजी), विक्रम त्रिपाठी(अवधि), आलोक तिवारी (अवधि), डा. गंगाप्रसाद अकेला (मैथिली) थिए ।

दुई अङ्ग्रेजी कवि बाहेक सबै मातृभाषी कविहरू थिए । कार्यक्रम चार घण्टासम्म चलेको थियो ।