नेपाली भाषा साहित्यको विकास र विस्तारका लागि स्थापित साहित्यिक चौतारी नेपालले अमेरिकामा पनि शाखा विस्तार गरेको छ । अमेरिका शाखाको नेतृत्व क्यालिफोर्निया निवासी साहित्यकार रीतादेवी प्रधान (जोशी) रुमाठलाई सुम्पिएको छ । चौतारी नेपालले संस्थाको पहिलो वार्षिकोत्सवको अवसरमा सो घोषणा गरेको हो ।
साहित्यकार रुमाठको अध्यक्षतामा गठित चौतारीको अमेरिका शाखामा खिमानन्द पोखरेल वरिष्ठ उपाध्यक्ष, प्रकाश पाण्डे महासचिव, प्रभा पोखरेल सचिव र दिपक पाठक कोषाध्यक्ष रहनुभएको छ भने सदस्यहरुमा खेम खनाल, गंगा अभिलाषी, अञ्जना न्यौपाने, शेखर दुलाल, तारा मिलन छन्त्याल र बालकुमारी घिमिरे रहनुभएको छ । यसैगरी वरिष्ठ सल्लाहकारमा राम लामा अभिलाषी, तीर्थराज अधिकारी, डा. गोपी उप्रेती, डा. सरला क्रिष्ट र सीता अर्याल रहनुभएको छ ।
विभिन्न साहित्यिक संस्थाको नेतृत्व तथा गतिविधिमा संलग्न साहित्यकार प्रधान दुई दशकभन्दा लामो समयदेखि क्यालिफोर्नियाको सानफ्रान्सिसकोमा बस्दै आउनुभएको छ । नेपाली र नेपालभाषा दुवैमा कलम चलाउने साहित्यकार प्रधानका कविता, कथा, हाइकु र बालसाहित्य गरी सात वटा कृति प्रकाशित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।