पाल्पाका स्रष्टा पुष्कर अथक् रेग्मीका दुई कृति सार्वजनिक भएका छन् । काठमाडौंस्थित गोङ्गबुमा आयोजित एक कार्यक्रमका बिच बालकथा सङ्ग्रह ‘अर्ती’ र बालकाव्य सङ्ग्रह ‘अक्षमाला’ सार्वजनिक भएका हुन् ।
शीतकाव्य समाज वागमती प्रदेशका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा सम्पन्न कृति विमोचन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा. नं. ११ का निवर्तमान वडा अध्यक्ष उत्तम अधिकारी रहेका थिए । दुबै कृतिको समीक्षा पुराणवाचक, साहित्यकार एवम् समीक्षक पण्डित नारायणाचार्य कौशिकले गरेका थिए । उनले दुबै कृतिको पद्यात्मक शैलीमा सटीक समीक्षा गरेर उपस्थित सबैलाई मुग्ध तुल्याएका थिए ।
कार्यक्रममा भूगोल साहित्य समाजका अध्यक्ष एवम् ‘छेस्का कविता’का परिकल्पनाकार विनोद नेपाल, षड्ऋतुका परिकल्पनाकार सीताविष्ट कार्की, चन्द्रा न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कल्पना भट्टराईले कृतिभित्रका केही रचनावाचन गरेकी थिइन् ।
दामोदर ढकाल ‘दीपक’ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन ‘जिज्ञासु’पौडेल तीलकले गरेका थिए ।
स्रोतः शब्दपथ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
