कल्याणराज शर्माद्वारा सम्पादित पुस्तक ‘बेल्ट एन्ड रोड इनिसियटिभ एन्ड साउथ एसिया’ प्रकाशनमा आएको छ । पुस्तकमा चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) र दक्षिण एसियाली मुलुकहरूको विषयमा उल्लेख गरिएको छ ।
नयाँ दिल्लीस्थित नलेज वर्ल्ड पब्लिसर्स प्राइभेट लिमिटेडबाट प्रकाशित पुस्तकका सम्पादक शर्माले सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले घोषणा गरेको बीआरआई अहिले विश्वकै लागि महत्त्वपूर्ण परियोजना रहेको उल्लेख गरेका छन् । उनले नेपाल र चीनजस्तै धेरै मुलुकहरूमा विकासको आवश्यकतालाई वैकल्पिक विकास सहकार्यको रुपमा भरपर्दो साथ मिलेको बताएका छन् ।
पुस्तकमा नेपालसहित दक्षिण एसिया र दक्षिण पूर्व एसियाका लेखकहरूको लेखसमेत समाविष्ट गरिएको छ । जसलाई एकै स्थानमा ल्याएर सम्पादन गर्ने काम सम्पादक शर्माले गरेका छन् ।
सम्पादक शर्माले सन् २०११ मा चीनको फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।