कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले मिति २०७९ फागुन ६ मा कालीभक्त पन्तको एकतीसौँ स्मृति दिवस पारेर कालीभक्त नेपाली अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार कुमार बस्नेतलाई दिने घोषणा गरेको छ । उक्त कार्यक्रम फलेवास नगरपालिका – ६ स्थित प्रतिष्ठानको भवनमा सम्पन्न भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको अध्यक्षता र फलेवास न.पा.का उपमेयर श्री शोभा क्षेत्रीको आतित्थ्यतामा भएको कार्यक्रममा स्व. कालीभक्त, स्व. कृष्णा पन्त तथा स्व. दुर्गादेवी पन्त पाण्डेका नाममा स्थापित विभिन्न छात्रवृत्तिहरु वितरण गरिएको थियो । नेपालमा रू १,०१,०००।– (विदेशमा १००१ अमेरिकि डलर) राशी र सम्मानपत्रसहितको उक्त पुरस्कार यसअघि सत्यमोहन जोशी (२०७५), कृष्ण कँडेल (२०७६), तुलसी दिवस (२०७७) र प्रा.डा. चूडामणि बन्धु (२०७८) लाई प्रदान गरिएको थियो ।
उक्त पुरस्कारका संस्थापक कालीभक्त पन्तका साहिँला छोराबुहारी गोविन्दप्रसाद पन्त र उर्मिलादेवी पन्त हुनुहुन्छ भने पुरस्कारको अन्तर्राष्ट्रिय समितिका संयोजक साहित्यकार महेश्वर पन्त हुनुहुन्छ । पुरस्कार फागुन १५ गते काठमाडौंमा विषेश समारोह आयोजना गरी पुरस्कृत व्यक्तित्व कुमार बस्नेतलाई प्रदान गरिने संस्थाले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।