वरिष्ठ साहित्यकार प्रा.डा. मोहन हिमांशु थापाको निधन भएको छ । वि.सं. १९९३ मा गोकर्णमा जन्मिएका थापाको तीन दिनअघि नै निधन भए तापनि विदेशमा रहेका छोराको प्रतीक्षामा पार्थिव शरीर राखिएको थियो । फागुन ६ गते दिउँसो ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कुरा पारिवारिक स्रोतले बताएको छ ।

मोहन हिमांशु थापा

गोकर्णमा जन्मनु भएका थापा हाल ललितपुरको नखिपोटमा बस्दै आएका थिए । त्यही निवासमा ३ दिनअघि रक्तचापका कारण उनको निधन भएको हो ।

प्रा.डा. थापा क्षत्री भएर पनि नेपाल (नेवारी) भाषामा दख्खल राख्थे । उनी त्यही भाषा कलेजमा पढाउनेसमेत गर्थे । उनका ‘खुकुरीमाथि एक चौटा बादल’ कवितासङ्ग्रहसहित ‘साहित्य परिचय’ लगायतका समालोचनाका पुस्तकहरू प्रकाशित छन् ।

समचार स्रोतः शब्दपथ