सरकारले प्रज्ञा प्रतिष्ठानमा गरेका नियुक्तिहरू असमावेशी भएको भन्दै जनता समाजवादी पार्टी जसपाले आपत्ति जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपाले आपत्ति जनाएको हो ।
जसपा नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक विज्ञप्ति निकाल्दै ‘जातीय/सामुदायिक समानुपातिक समवेशीताको मर्म विपरीत’ नियुक्ति गरिएको भन्दै जसपाले ध्यानाकर्षण गराएको छ।
नियुक्तिहरू संविधानको मर्म, भावना र समावेशीताको सिद्धान्त विपरीत भएकाले त्यसलाई बदर गर्न पनि जसपाले माग गरेको छ ।

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
