काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । संस्कृति मन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञाप्रतिष्ठानको नयाँ कार्य समिति गठन गर्नुभएको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानको कूलपतिमा कवि भूपाल राई नियुक्त हुनुभएको छ । यस्तै उपकूलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त हुनुभएको छ । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त गरिएका छन् ।