काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल ललितकला प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेको छ । संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानको नयाँ कार्य समिति गठन गर्नुभएको हो ।

प्रतिष्ठानको कुलपतिमा मूर्तिकार नारदमणि हार्तम्छाली नियुक्त हुनुभएको छ भने उपकुलपतिमा चित्रकार लालकाजी लामालाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्य सचिवमा पाल्साङ्मो लामालाई नियुक्त गरिएको छ ।

प्राज्ञहरूमा प्रदीप अधिकारी, सौरगंगा अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, देवेन्द्रकुमार काफ्ले नियुक्त हुनुभएकोछ । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त गरिएको छ ।