आठराई (तेह्रथुम), फागुन १ / तेह्रथुम जिल्लाको आठराईस्थित संक्रान्ति बजारमा बृहद् काव्यमा र सुष्मा दाहालको मध्यान्तर कविता सङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न गरियो ।
प्रगतिशील लेखक सङ्घ तेह्रथुम, साहित्य सङ्गम आठराई र आठराई गाउँपालिकास्तरीय साहित्य सुदृढीकरण समितिको संयुक्त आयोजनामा भयको सो कार्यक्रममा गापा अध्यक्ष दिलकुमार पाहिम प्रमुख अतिथि र प्रलेस तेह्रथुमका अध्यक्ष देवीप्रसाद संग्रौलाको अध्यक्षतामा भएको थियो ।
तीन जनाले तीन थान व्यानर पढेर उद्घाटन गरिएको सो कार्यक्रममा उदयपुर, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, तेह्रथुम लगायतका जिल्लाका साहित्यकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कवयित्री सुष्मा दाहालको कविता सङ्ग्रह मध्यान्तरको आरपी गाउँले दिलकुमारी बुढाथोकी र योगेश काफ्लेले समीक्षा प्रस्तुत गर्नु भएको थियो ।
स्रष्टा सम्मान कार्यक्रममा इलामका डा देवी दुलाल क्षेत्री, मोरङकी तिला लेकाली, पाँचथरको बिएन कन्दङ्वा, तेह्रथुमका भीम घिमिरे; दीपक ककटेल आयाम प्रमाणपत्रसहित सम्मानित भएका थिए भने प्राज्ञ रविमान लम्सालले सम्मानित स्रष्टाहरूको परिचय दिनु भएको थियो ।
उक्त अवसरमा तेह्रथुम आठराईमा बसेर साहित्यिक योगदान पुर्याउने स्व. अनिरुद्ध तिम्सिना, देवीप्रसाद संग्रौला, रविमान लम्जेल, राजन तिम्सिना, जया ढुङ्गेल, मीनराज गुरुङ, दिलकुमारी बुढाथोकी, बी अभिषेक, बासु बराल, गोपीचन्द्र मिश्रलाई सम्मानित गरिएको थियो ।
आठराई गाउँ पालिका स्तरीय साहित्य सुदृढीकरण समितिका सचिव धर्म गौतमको स्वागत मन्तव्यबाट शुरू भएको सो कार्यक्रममा चिन्तामणि उप्रेती, राजेन्द्र सर्वहारा, केबी विरही, रवि तिम्सिना, डिल्लीराम प्रदेशी, निरज भट्टराई, नदी केदार कटुवाल, कृष्णप्रसाद थपलिया, मीना अधिकारी, जमुना गौतम, टिङ्कु भट्टराई, माधव भट्टराई, खड्ग बोहरा, रोशन अधिकारी, नवीन केरूङ, केशव रिमाल, माधव पोखरेल गोज्याङ्ग्रे, खगेन्द्र पोमु, ‘मध्यान्तर’को लेखिका सुष्मा दाहाल, भानुभक्त निरौला, दीपक कट्टेल आयाम, भीमप्रसाद मिश्र, भीम घिमिरे, बिएन कन्दङ्वा, तिला लेकाली, देवी क्षेत्री दुलाल, मित्र नेपाली लगायतका स्रष्टाहरूले शुभकामना मन्तव्यसहित रचना वाचन गरेका थिए ।
प्रलेस तेह्रथुमका सचिव राजन तिम्सिनाको सञ्चालनमा भएको उक्त कार्यक्रममा लोकगीत प्रस्तुतिका साथै स्थानीय कलाकारद्वारा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
तेह्रथुमको आठराईबाट माधव पोखरेल गोज्याङ्ग्रेको रिपोर्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।